मुख्य समाचार
दाहालले मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताए
दाहालले मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताए

— नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताएका छन् ।

आज यहाँ केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले राजनीतिक दलहरू निर्वाचनका लागि सम्पूर्ण रूपमा तयार हुनुपर्ने बताउँदै संसद् पुनःस्थापनाको पछाडि नलाग्न जोड दिए ।

निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न सरकारलाई आग्रह गर्दै पूर्वप्रधानमन्त्री दाहालले देशमा विद्यमान राजनीतिक अस्थिरता र अन्योलता समाधान गरी सुशासन कायम गर्नुपर्ने विचार व्यक्त गरे । उनले समान वैचारिक दृष्टिकोण रहेका बाम शक्तिबीच ध्रुवीकरण प्रारम्भ भएको बताउँदै केही दिनभित्र अन्य पार्टीसँग पनि एकता गरिने जानकारी दिए ।

सहसंयोजक माधवकुमार नेपालले पार्टीको राजनीतिक दर्शनमा समाजवादी कार्यक्रम प्रष्ट रहेकाले जनताको भरोसा तथा विश्वास बढेको बताए । पूर्वप्रधानमन्त्री नेपालले राजनीतिक विचार र सिद्धान्त मिलेका दल एकीकृत गर्दै वामपन्थी ध्रुवीकरणलाई अगाडि बढाइने उल्लेख गरे ।

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत् बज्राचार्य नेतृत्वको टोलीलाई नेकपामा स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाली कम्युनिस्ट पार्टीबाट विश्वदेव पाण्डे प्रदेश सभाको प्रत्यक्षतर्फमा रुपन्देही २ बाट उम्मेदवार भएका छन् । उनलाई नेकपा संयोजक पुष्पकमल दाहालले आइतबार बिहान टिकट हस्तान्तरण गरेका हुन् । उनी यसअघि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका स्वकीय सचिव रहिसकेका छन् । भट्टराईले नयाँ शक्तिको रुपमा नेकपा समाजवादी नयाँ शक्ति गठन गरेपछि केही समय काम गरेका उनी नेकपामा फर्किएका थिए ।
— फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छान्न राजनीतिक दलहरू व्यस्त छन् । ६ माघमा उम्मेदवारले मनोनयन दर्ता गर्नुपर्नेछ । जेन–जी आन्दोलनको रापतापका कारण यस पटक नयाँ–पुराना दलहरूले युवा उम्मेदवारलाई प्राथमिकतामा राख्ने प्रयास गरेका छन् । दलहरूले निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट प्रत्यक्षतर्फ उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् । सिफारिस नामहरूमा दलका उम्मेदवार छनोट समितिले अन्तिम सूची बनाउने तयारी ...
— पशुपतिमा रहेको बागमती नदीमा भगवान माधव नारायण र देवी स्वस्थानीका बर्तालु हरूले पवित्र स्नान गरे। प्राचीन शहर साँखुबाट बर्तालु हरू पशुपतिनाथ आइपुगेका थिए। भगवान माधव नारायण र देवी स्वस्थानीलाई समर्पित एक महिना लामो पर्व पौष शुक्ल पूर्णिमा (पूर्णिमाको दिन) मा सुरु हुन्छ र नेपाली पात्रो अनुसार माघ शुक्ल पूर्णिमामा समाप्त हुन्छ।
— नजिकै इटहरी र विराटनगरमा कुनै चुनावी चहलपहल छैन, धरानमा भने एकाबिहानै हर्क साम्पाङको गीत घन्किन्छ, श्रम संस्कृति पार्टीका नेता, कार्यकर्ता भोट माग्दै सडकमा निस्किन्छन् । हर्कको आफ्नै स्वरमा रहेको ‘श्रम गरौं नेपाली हो, भोकै मर्ने दिन आइसक्यो’ गीतको धुनले मतदाताले बुझ्छन्, श्रम संस्कृति पार्टीका अध्यक्ष यहीं कतै आइपुगे । धरान–९, दुर्गा चोकमा शुक्रबार दिउँसो ११ बजे ...
— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रत्यक्षतर्फका ७ उम्मेदवार टुंग्याएको छ । कर्णालीका १२ निर्वाचन क्षेत्रमध्ये ५ क्षेत्रमा धेरैजनाको नाम सिफारिस भएपछि उम्मेदवारको टुंगो लागेको छैन । अहिलेसम्म कर्णालीमा पूर्वमाओवादीबाट ५ र साविक एकीकृत समाजवादीबाट २ जनाले उम्मेदवारको टिकट पाएका छन् । नेकपाबाट सुर्खेत क्षेत्र नं.–१ मा जीतबहादुर राना ...