: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा-५ मा उम्मेदवारी दिने भएका छन्। शनिबार सम्पन्न एमालेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई झापा-५ मा उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
केही क्षेत्र बाँकी राखेर उम्मेदवारको टुंगो लगाएको उनले बताए। अन्य दलसँग तालमेलका लागि केही क्षेत्रहरू हाललाई खाली राखिएको उपमहासचिव भट्टको भनाइ छ।