मुख्य समाचार
गोरखामा आवेदन फाराम भर्ने म्याद थप गर्दा पनि निर्वाचन प्रहरी अपुग भएको छ
गोरखामा आवेदन फाराम भर्ने म्याद थप गर्दा पनि निर्वाचन प्रहरी अपुग भएको छ

: गोरखामा आवेदन फाराम भर्ने म्याद थप गर्दा पनि निर्वाचन प्रहरी अपुग भएको छ। २२८३ जनाका लागि दरखास्त माग भएपनि आवेदनका लागि थप भएको म्याद शनिबार साँझसम्म दुई हजार जना पनि नपुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिप्रका लगायत जिल्लाका विभिन्न प्रहरी युनिटहरुमा शनिबार १० बजेसम्म दरखास्त लिएको थियो। सबैमा गरी दुई हजार जति आवेदन आएको डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावका लागि आह्वान गरिएको निर्वाचन प्रहरी भर्नामा दोस्रो पटक दुई दिन म्याद थप्दा पनि माग भए जति आवेदन नपरेको जिल्ला प्रहरी प्रमुख भरत विकले जानकारी दिए।


उनका अनुसार दोस्रो पटक थप भएको म्याद शनिबार समाप्त भएको छ। शनिबार बेलुकी अबेरसम्म आवेदन फाराम लिँदा पनि करिब दुईसय जना अपुग हुने देखिएको छ। अब तेस्रो पटक म्याद थप नगरिने बरु धेरै छनौट भएका जिल्लाबाट लिन सकिने उनले बताए।



गत पुस २५ गते जिल्ला प्रहरी कार्यालय गोरखाले सूचना प्रकाशित गर्दै २२८३ जना प्रहरी भर्ना गर्ने जनाएको थियो। फर्म भर्ने अन्तिम दिन माघ १ गतेसम्म जम्मा १७२२ जनाको मात्र आवेदन परेपछि पुन दुई दिनका लागि म्याद थप गरी सूचना जारी भएको डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
आवश्यक भन्दा कम आवेदन परे दुःखद भएको प्रहरीको भनाइ छ। ‘खै कसरी आकर्षण कम भयो कुन्नि ? वैदेशिक रोजगारीको प्रभाव पनि हुन सक्छ, सेवा सुविधा कम भएकाले युवा आकर्षित नभएको पनि हुन सक्छ’, एसपी विकले भने, ‘देशभरि धेरै जसो ठाउँको अवस्था यस्तै छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाली कम्युनिस्ट पार्टीबाट विश्वदेव पाण्डे प्रदेश सभाको प्रत्यक्षतर्फमा रुपन्देही २ बाट उम्मेदवार भएका छन् । उनलाई नेकपा संयोजक पुष्पकमल दाहालले आइतबार बिहान टिकट हस्तान्तरण गरेका हुन् । उनी यसअघि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका स्वकीय सचिव रहिसकेका छन् । भट्टराईले नयाँ शक्तिको रुपमा नेकपा समाजवादी नयाँ शक्ति गठन गरेपछि केही समय काम गरेका उनी नेकपामा फर्किएका थिए ।
— फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छान्न राजनीतिक दलहरू व्यस्त छन् । ६ माघमा उम्मेदवारले मनोनयन दर्ता गर्नुपर्नेछ । जेन–जी आन्दोलनको रापतापका कारण यस पटक नयाँ–पुराना दलहरूले युवा उम्मेदवारलाई प्राथमिकतामा राख्ने प्रयास गरेका छन् । दलहरूले निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट प्रत्यक्षतर्फ उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् । सिफारिस नामहरूमा दलका उम्मेदवार छनोट समितिले अन्तिम सूची बनाउने तयारी ...
— पशुपतिमा रहेको बागमती नदीमा भगवान माधव नारायण र देवी स्वस्थानीका बर्तालु हरूले पवित्र स्नान गरे। प्राचीन शहर साँखुबाट बर्तालु हरू पशुपतिनाथ आइपुगेका थिए। भगवान माधव नारायण र देवी स्वस्थानीलाई समर्पित एक महिना लामो पर्व पौष शुक्ल पूर्णिमा (पूर्णिमाको दिन) मा सुरु हुन्छ र नेपाली पात्रो अनुसार माघ शुक्ल पूर्णिमामा समाप्त हुन्छ।
— नजिकै इटहरी र विराटनगरमा कुनै चुनावी चहलपहल छैन, धरानमा भने एकाबिहानै हर्क साम्पाङको गीत घन्किन्छ, श्रम संस्कृति पार्टीका नेता, कार्यकर्ता भोट माग्दै सडकमा निस्किन्छन् । हर्कको आफ्नै स्वरमा रहेको ‘श्रम गरौं नेपाली हो, भोकै मर्ने दिन आइसक्यो’ गीतको धुनले मतदाताले बुझ्छन्, श्रम संस्कृति पार्टीका अध्यक्ष यहीं कतै आइपुगे । धरान–९, दुर्गा चोकमा शुक्रबार दिउँसो ११ बजे ...
— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रत्यक्षतर्फका ७ उम्मेदवार टुंग्याएको छ । कर्णालीका १२ निर्वाचन क्षेत्रमध्ये ५ क्षेत्रमा धेरैजनाको नाम सिफारिस भएपछि उम्मेदवारको टुंगो लागेको छैन । अहिलेसम्म कर्णालीमा पूर्वमाओवादीबाट ५ र साविक एकीकृत समाजवादीबाट २ जनाले उम्मेदवारको टिकट पाएका छन् । नेकपाबाट सुर्खेत क्षेत्र नं.–१ मा जीतबहादुर राना ...