मुख्य समाचार
आर्मीले मनाङ मर्स्याङ्दी क्लबलाई ५–० ले सजिलै हराए
आर्मीले मनाङ मर्स्याङ्दी क्लबलाई ५–० ले सजिलै हराए

— घरेलु फुटबलका सदाबहार प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा ओर्लेको त्रिभुवन आर्मी क्लबले राष्ट्रिय लिग फुटबलको आफ्नो पहिलो खेलमा शनिबार प्रभावशाली जित निकालेको छ ।

दशरथ रंगशालामा भएको खेलमा आर्मीले मनाङ मर्स्याङ्दी क्लबलाई ५–० ले सजिलै हराएको हो । अन्य दुई खेलमा भने माथिल्लो स्तरको फुटबलमा पहिलो पटक खेलिरहेका चित्लाङ एफसी र प्लानिङ ब्वाइज युनाइटेड पनि विजयी रहे ।

पहिलो खेलमा चित्लाङले नव जनजागृति युवालाई २–१ ले हराएको हो । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा चित्लाङले २८ औं मिनेटमा म्याथ्यु बाबाटुन्डेको गोलमा अग्रता लिएको थियो । उदित नारायण चौधरीले ३६ औं मिनेटमा जनजागृतिका लागि गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफको ६२ औं मिनेटमा सोलुमन एडेयिन्काले चित्लाङका लागि दोस्रो गोल गरे । यो नै अन्ततः निर्णायक साबित भयो ।

दशरथ रंगशालामा पहिलो खेलमा भने आर्मीका लागि नवीन लामाले १५ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे । त्यसपछि निरञ्जन धामीले ३४ औं मिनेटमा दोस्रो गोल थपेपछि आर्मी दुई गोलले अगाडि रह्यो । खेलको ७७ औं मिनेटमा नवयुग श्रेष्ठले तेस्रो गोल गरे । निरञ्जनले ७७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे । दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा जिलेस्पीजंग कार्कीले पाँचौं तथा अन्तिम गोल गरेका थिए ।

यो जितपछि आर्मी प्रतियोगिताको पहिलो चरण अन्त्यतिर पुग्दा तीन अंकसहित शीर्षस्थानमा रह्यो । टोलीको पछाडि फ्रेन्ड्स र प्लानिङ ब्वाइज छ ।


दशरथ रंगशालामै भएको अर्को खेलमा प्लानिङ ब्वाइजले पुलिसलाई १–० ले हराएको हो । माथिल्लो स्तरको घरेलु फुटबलमा प्रशिक्षक सञ्जिव सिंहको पनि यो डेब्यु रह्यो । उनका लागि शंकर थारुले ५३ औं मिनेटमा निर्णायक गोल गरे ।

आइतबार तीन खेल हुनेछ । त्यसमध्ये पहिलो खेलमा संकटाले काँक्रेबिहारको सामना गर्नेछ । यो खेल च्यासलमा हुनेछ । च्यासलमै हुने दोस्रो खेलमा फ्रेन्ड्स र एपीएफ भिड्ने छन् । जावलाखेल र भगवती क्लबबीचको खेल भने सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । त्यसमध्ये एपीएफ भने आफ्नो पहिलो खेल खेल्दै छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम