— नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सिन्धुपाल्चोक-१ बाट निवर्तमान सांसद माधव सापकोटालाई उम्मेदवार बनाउने भएको छ । नेकपाका संयोजक पुष्पकमल दाहालले सापकोटालाई सिन्धुपाल्चोक-१ को टिकट दिएका छन् ।
आइतबार बिहान दाहालले सापकोटालाई ललितपुरस्थित आफ्नो निवासमा बोलाएर टिकट हस्तान्तरण गरेका हुन् । टिकट हस्तान्तरण गरेपछि दाहालले भनेका थिए, 'ल बधाई छ । सफलताको शुभकामना । तपाईंले जित्नुहुन्छ भन्ने पूरै विश्वास छ ।'
सापकोटा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि सिन्धुपाल्चोक-१ बाट नै निर्वाचित भएका थिए ।