मुख्य समाचार
ईरानका सर्वोच्च नेता अली खामेनेईले हजारौं मानिसहरु आन्दोलनमा मारिएको स्वीकारेका छन्
ईरानका सर्वोच्च नेता अली खामेनेईले हजारौं मानिसहरु आन्दोलनमा मारिएको स्वीकारेका छन्

— ईरानका सर्वोच्च नेता अली खामेनेईले हजारौं मानिसहरु आन्दोलनमा मारिएको स्वीकारेका छन् ।

शनिबार सार्वजनिक मन्तव्य जारी गर्दै उनले आन्दोलनमा हजारौं मानिस मारिएको र केही मानिसहरु अमानवीय रुपमा मारिएको स्वीकार गरे ।

‘ईजरायल र अमेरिकासँग जोडिएकाहरुले ठूलो क्षति निम्त्याए र हजारौंको हत्या गरे,’ खामेनेईलाई उद्रृत गर्दै ईरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ, ‘हामी अमेरिकी राष्ट्रपतिलाई यो मृत्युमा अपराधी मान्छौं । उनले ईरानमाथि क्षति र अपमान थोपरेका छन् ।’ ईरान सरकारले यसअघि पनि शत्रुहरुले दंगालाई समर्थन गरेको आरोप लगाउँदै आएको छ ।

शनिबार आफ्नो सम्बोधनमा खामेनेईले पछिल्लो अस्थिरतामा अमेरिका दोषी रहेको बताए । उनले यसअघि सामाजिक सञ्जालमा लेखेका थिए, ‘अमेरिकाको लक्ष्य ईरानलाई निल्नु हो ।’ ईरानमा २८ डिसेम्बरदेखि जारी सत्ताविरोधी आन्दोनलमा ज्यान गुमाउनेको यकिन संख्या बाहिरिएको छैन । फरक—फरक निकायले फरक फरक आंकडा बाहिर ल्याइरहेका छन् ।

यसअघि तेहरानका अस्पतालमा कार्यरत चिकित्सहरुलाई उद्रृत गर्दै बेलायती सञ्चारमाध्यम टाइम्सले कम्तिमा १२ हजारको मृत्यु भएको जनाएको थियो । अमेरिकास्थित ईरानी मानव अधिकार अभियन्ता समाचार एजेन्सी (एचआरएएनए) ले ३ हजार ९० जनाको मृत्यु भएको पुष्टि गरेको छ । तर, इन्टरनेट प्रतिबन्धका कारण स्पष्ट सूचना पाउन मुस्किल भएको उसले जनाएको छ ।

केही समयअघि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानका प्रदर्शनकारीहरुलाई आन्दोलन जारी राख्न आग्रह गरेका थिए । आन्दोलनमा सरकारले दमन गरेमा अमेरिकाले सैन्य हस्तक्षेप गर्नसक्ने चेतावनी पनि उनले दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्। 'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै समाप्त हुन सक्ने दाबी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान अब लामो समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको बताए। त्यसैगरी, निर्वाचन अघिसम्म इन्धनको मूल्य घट्ने सम्भावना नरहेको संकेत पनि उनले गरे। 'मलाई लाग्छ निर्वाचनको लगत्तै युद्ध सकिनेछ, किनभने उनीहरू ...
: पाकिस्तानले 'मक्का रक्षा सम्झौता' का तीन सदस्य राष्ट्रमध्ये कुनै एकमाथि आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको संयुक्त आक्रमण मानिने स्पष्ट पारेको छ। उक्त प्रावधानका विषयमा कसैलाई पनि कुनै अन्योल नरहन पाकिस्तानले चेतावनी दिएको छ। बीबीसी फारसीलाई उद्धृत गर्दै पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले साउदी अरबमाथि यमनका हुथी विद्रोहीहरूले शृङ्खलाबद्ध हमला गरेपछि यो सम्झौता लागू हुन सक्ने ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन मदिरा, केही दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यस कदमले भन्सार महसुलबाट सुरु भएको व्यापार युद्धलाई अझ उग्र बनाएको छ। दशकौंदेखि आपसमा जोडिएको दुई देशको व्यापारिक सम्बन्धमा यस निर्णयले गम्भीर खटपट ल्याएको छ। यसले सीमाका दुवैतर्फका व्यवसायी तथा उपभोक्ताहरूलाई ठूलो असर पुर्याउने सम्भावना बढाएको छ। यो आयात ...
। इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सीहरूले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल आक्रमण भएको दाबी गरेका छन् । इरानी मिसाइलहरूले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य आधार शिविरलाई निशाना बनाएको दाबी छ । इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् । तीमध्ये केही भिडियोमा ‘इरानी मिसाइलहरू ...