मुख्य समाचार
देउवा-कोइरालासँग छलफल गरेर पार्टीलाई एकढिक्का बनाएर चुनावमा जान्छौं
देउवा-कोइरालासँग छलफल गरेर पार्टीलाई एकढिक्का बनाएर चुनावमा जान्छौं

— कांग्रेस उपसभापति पुष्पा भुसालले उम्मेदवार मनोनयनअघि पूर्वसभापति शेरबहादुर देउवा, शेखर कोइरालालगायत पार्टीका अग्रज नेतालाई मिलाएरै लैजाने बताएकी छन् ।

सभापति गगन थापाले देउवासँग छलफल गर्ने र सबैलाई एकढिक्का बनाएर लैजानका लागि दौडधुप गरिरहेको उनको भनाइ छ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले माघ ६ गते उम्मेदवार मनोनयन दर्ता गर्ने मिति तोकेको छ ।

'आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई वैधानिकता दिएपछि अब आधिकारिकताको कुरा सक्कियो,' भुसालले कान्तिपुरसँग भनिन्, 'पहिलो चरणमा पार्टीलाई मिलाउँछौं । देउवा, शेखर सहतिका नेताहरुसँग छलफल गरेर सबैलाई एकमत बनाउँछौं र उम्मेदवार छनोट गर्छौं । सबैलाई समान हिसाबले एकताबद्ध बनाउने गृहकार्यमा लागेका छौं ।’

निर्वाचन आयोगले आधिकारिकता दिएपछि यसलाई सबैलाई मान्नुपर्ने र पार्टी विभाजनको रुपमा हेर्न नहुने उनको तर्क छ । पार्टीभित्र गुटको अन्त्य भएकाले सबै निर्वाचन क्षेत्रमा जित्ने उम्मेदवार छनोट गरेर चुनावी प्रतिस्पर्धामा उत्रिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएको विरोधमा शेरबहादुर देउवा पक्षधरहरूले सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन्। आयोगको निर्णय अवैधानिक र दुराशयपूर्ण भएको दाबी गर्दै देउवा पक्षधर नेताहरू प्रदर्शनमा उत्रिएका हुन्। देउवा पक्षले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसेर आयोगको निर्णय अस्वीकार गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार देउवा पक्षधरहरूले आइतबार माइतीघर मण्डलामा आयोगको निर्णयविरुद्ध ...
— निर्वाचन आयोगले मनोनयनको मिति सार्ने वा निर्धारित मितिपछि पनि त्यसलाई निरन्तरता दिने विषयमा छलफल थालेको छ। आयोग स्रोतका अनुसार एमाले र कांग्रेसको देउवा समूहले मनोनयनको मिति सार्ने बारे आयोगमा कुरा राखेका थिए। निर्धारित कार्यतालिका अनुसार आयोगले ६ गतेलाई मनोनयनको मिति तोकेको छ। आयोगले भने मनोनयनलाई निरन्तर राख्दै ७ र ८ गते पनि जारी राख्ने विषयमा छलफल ...
— उदयपुर निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्दै आएका कांग्रेस नेता डा. नारायण खड्काले उम्मेद्वार सिफारिस सूचीबाट आफ्नो नाम हटाउन अनुरोध गरेका छन्। पूर्वमन्त्री समेत रहेका खड्काले फेसबुक स्टाटस लेख्दै आफ्नो नाम हटाउन कांग्रेस केन्द्रीय कार्यालयलाई अनुरोध गरेका हुन्। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस कोशी प्रदेश कार्यसमितिबाट उदयपुर क्षेत्र नम्बर १ मा ...
— खोला किनारा क्षेत्रमा दायाँबायाँ २० मिटर मापदण्डसम्बन्धी पुनरावलोकन रिट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएस‌ँगै माइतीघर मण्डलामा सरोकारवालाहरुले प्रदर्शन गरेका छन् । उनीहरुले यसअघि भएको फैसला मान्य नहुने भन्दै न्याय दिनुपर्ने प्ले कार्डसहित प्रदर्शन गरेका छन् । आज न्यायाधीशहरू सुनिल कुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण ...
— नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्वश्रममन्त्री रामेश्वर राय यादवसहित सर्लाहीका दर्जनौँ नेता–कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन्। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबार आयोजित कार्यक्रममा नेकपाका प्रभावशाली नेता यादवसहित दर्जनौँ नेता–कार्यकर्तालाई जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले खादा–मालासहित पार्टी प्रवेश गराएका हुन्। मधेश आन्दोलनबाट उदाएर राष्ट्रिय राजनीतिमा प्रभावशाली छवि बनाएका यादवसँगै सर्लाही क्षेत्र नं. ...