मुख्य समाचार
ग्रिनल्यान्डवासीले राजधानी नुकमा भेला भएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रिनल्यान्ड अधिग्रहण योजनाको विरोध
ग्रिनल्यान्डवासीले राजधानी नुकमा भेला भएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रिनल्यान्ड अधिग्रहण योजनाको विरोध

— ग्रिनल्यान्डवासीले राजधानी नुकमा भेला भएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रिनल्यान्ड अधिग्रहण योजनाको विरोध गरेका छन् ।

युरो न्युजले स्थानीय अधिकारीहरुलाई उद्रृत गर्दै यस प्रदर्शनमा ग्रिनल्यान्डको कुल जनसंख्याको झन्डै एक चौथाई सहभागी भएको जनाएको छ । ग्रिनल्यान्डमा झन्डै ५६ हजार जनसंख्या बसोबास गर्छ । यो प्रदर्शन ग्रिनल्यान्डको इतिहासकै ठूलो प्रदर्शन रहेको अधिकारीहरुले बताएका छन् ।

ग्रिनल्यान्डकी प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सेनसहित सांसद् तथा सरकारी अधिकारीहरु यस प्रदर्शनमा सहभागी थिए ।

प्रदर्शनकारीहरुले राष्ट्रिय झन्डासँगै ‘ग्रिनल्यान्ड बिक्रीमा छैन’ लेखिएको प्लेकार्ड बोकेका थिए । प्रदर्शनकारीले ग्रिनल्यान्डको राजधानी नुकस्थित अमेरिकी कन्सुलेटको कार्यालयसम्म नाराबाजी गरेका थिए ।


ग्रिनल्यान्डकी सांसद् सदस्य टिल्ली मार्टिनुसेनले आफ्नो बहुलट्ठी योजनाबाट ट्रम्प प्रशासन पछाडि हट्ने आशा व्यक्त गरेकी छिन् । ‘सुरुमा उनीहरुले आफुलाई हाम्रा साथी र सहयात्रीजस्तो प्रचार गरेका थिए । उनीहरु डेनमार्कभन्दा आफुले ग्रिनल्यान्डलाई राम्रो बनाउने दाबी गरिरहेका थिए,’ उनले भने, ‘अहिले उनीहरु हामीलाई चेतावनी दिइरहेका छन् ।’

ग्रिनल्यान्डको पक्षमा शनिबारै डेनमार्कमा पनि प्रदर्शन भएको छ । कोपेनहेगनमा भएको यस प्रदर्शनमा पनि ठूलो संख्यामा मानिसहरु सहभागी थिए ।



एक्सन एड डेनमार्कसहित विभिन्न संस्थाहरुको सहकार्यमा आयोजित यस प्रदर्शनमा डेनमार्कस्थित ग्रिनल्यान्डवासीको ठूलो सहभागीता रह्यो । डेनिस अधिकारीहरुका अनुसार झन्डै १७ हजार ग्रिनल्यान्डवासी डेनमार्कमा बस्छन् ।

ग्निल्यान्डलाई अमेरिकामा गाभ्ने निर्णयसँग स्वयंम् अमेरिकावासी नै खुसी छैनन् । रोयटर्स र आईपीएसओएसले केही समयअघि गरेको सर्वेक्षणले केवल १७ प्रतिशत अमेरिकीहरुमात्रै ग्रिनल्यान्ड गाभ्ने ट्रम्पको योजनामा सहमत रहेको देखाएको थियो । ट्रम्पले यस सर्वेक्षण नै गलत रहेको प्रतिक्रिया दिएका छन् ।

यसैबीच, ट्रम्पले आठवटा युरोपेली देशमाथि १० प्रतिशत भन्सार शुल्क बढाउने निर्णय गरेका छन् । गरेको समाचार बाहिरिएको थियो ।

ग्रिनल्यान्डको स्वायत्तताको पक्षमा उभिएका देशहरु डेनमार्क, नर्वे, स्विडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्डस् र फिनल्यान्डमाथि १ फेब्रुअरीदेखि लागु हुनेगरी १० प्रतिशत भन्सार शुल्क बढाएका हुन् ।

उनले यो शुल्क २५ प्रतिशतले बढ्नसक्ने चेतावनी पनि दिएका छन् । फ्रान्सका राष्ट्रपति इममानुयल माक्रोनले, बेलायतका प्रधानमन्त्री कैर स्टार्मरसहित आठवटै देशका सरकार प्रमुखले भन्सार शुल्क बढाउने निर्णयको विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्। 'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै समाप्त हुन सक्ने दाबी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान अब लामो समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको बताए। त्यसैगरी, निर्वाचन अघिसम्म इन्धनको मूल्य घट्ने सम्भावना नरहेको संकेत पनि उनले गरे। 'मलाई लाग्छ निर्वाचनको लगत्तै युद्ध सकिनेछ, किनभने उनीहरू ...
: पाकिस्तानले 'मक्का रक्षा सम्झौता' का तीन सदस्य राष्ट्रमध्ये कुनै एकमाथि आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको संयुक्त आक्रमण मानिने स्पष्ट पारेको छ। उक्त प्रावधानका विषयमा कसैलाई पनि कुनै अन्योल नरहन पाकिस्तानले चेतावनी दिएको छ। बीबीसी फारसीलाई उद्धृत गर्दै पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले साउदी अरबमाथि यमनका हुथी विद्रोहीहरूले शृङ्खलाबद्ध हमला गरेपछि यो सम्झौता लागू हुन सक्ने ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन मदिरा, केही दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यस कदमले भन्सार महसुलबाट सुरु भएको व्यापार युद्धलाई अझ उग्र बनाएको छ। दशकौंदेखि आपसमा जोडिएको दुई देशको व्यापारिक सम्बन्धमा यस निर्णयले गम्भीर खटपट ल्याएको छ। यसले सीमाका दुवैतर्फका व्यवसायी तथा उपभोक्ताहरूलाई ठूलो असर पुर्याउने सम्भावना बढाएको छ। यो आयात ...
। इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सीहरूले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल आक्रमण भएको दाबी गरेका छन् । इरानी मिसाइलहरूले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य आधार शिविरलाई निशाना बनाएको दाबी छ । इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् । तीमध्ये केही भिडियोमा ‘इरानी मिसाइलहरू ...