मुख्य समाचार
नेपालले महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटको फराकिलो हार
नेपालले महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटको फराकिलो हार

— नेपालले महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा आइतबार थाइल्यान्डसँग ८ विकेटको फराकिलो हार व्यहोरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेर नेपालले दिएको १२३ रनको झिनो लक्ष्य थाइल्यान्डले मात्र १६ दशमलव ५ ओभरमा २ विकेटको इतिमा पूरा गर्‍यो । थाइल्यान्डको जितमा नात्थीकन ५थमले अविजित अर्धशतकीय पारी खेलिन् । उनले ३९ बलमा १ छक्का र ९ चौकासहित ५७ रन जोडिन् । यस्तै नानपत कोचारियोङकाईले ३२ रन बनाउँदा अफिसरा शुवानचोनराथीले २८ रनको योगदान दिइन् ।

नेपालका लागि सीता रानामगरले २ विकेट निकाल्नुबाहेक अन्य कुनै पनि बलरले कसिलो बलिङ गर्न सकेनन् । त्यसअघि नेपाल त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा पूरा ब्याटिङ गरी १ सय २२ रनमा अलआउट भयो ।

सम्झना खड्का र विन्दु रावलले उत्कृष्ट सुरुवात दिलाए पनि मध्यक्रममा धरासायी हुँदा नेपालले त्यसको फाइदा उठाउन सकेन। सम्झना र विन्दुले ६ ओभरभित्रै ५४ रन जोडेका थिए । तर सम्झना आउट भएपछि नेपालको रनमा अंकुश लागेको थियो भने लगातर विकेट पनि झरिरह्यो ।

सम्झनाले ११ बल खेलि ६ चौका प्रहार गरी २६ रन बनाइन् । विन्दुले ५६ बल खेलि ६ चौका प्रहार गरी ४४ रन बनाए । विन्दुको यो व्यक्तिगत उच्च स्कोर पनि हो । २०१९ मा कुवेतविरुद्ध अविजित २८ रन बनाउनु यसअघिको उनको उच्च स्कोर थियो ।

उपकप्तान पुजा महतो १७ बल खेलि १२, कप्तान इन्दु बर्मा ६ बल खेलि ६, कविता कुँवर ४ बल खेलि २ रनमा आउट भइन् । पूर्व कप्तान रुविना क्षेत्रीले २ छक्का र १ चौका प्रहार गरि १७ रनमा आउट भइन् । कविता जोशी ७ बल खेलि ३ रनमा आउट भइन् ।

सीता रानामगर शुन्यमै आउट भइन् । रिया शर्मा ४ र सुमन विष्ट शुन्यमा आउट भइन् । थिपात्चा पुथावोङले ४ विकेट लिइन् । उनले ४ ओभरमा २७ रन खर्चेकी थिइन् । ओनिचा कामचोम्फुले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिइन् ।



नेपाल सन् २०११ यता थाइल्यान्डमाथि अहिलेसम्म विजय हात पार्न सकेको छैन । गत वर्ष त्रिकोणात्मक शृंखलामा थाइल्यान्डसँगको तीनै खेलमा नेपाल पराजित रहेको थियो । गत वर्षको मार्चमा बैंककमा भएको एसिया छनोटमा विजेता र उपविजेता बन्दै थाइल्यान्ड र नेपाल यस प्रतियोगिताका लागि छनोट भएका थिए ।

१० राष्ट्र सहभागि प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले थाइल्यान्डपछि, जनवरी २२ मा नेदरल्यान्ड्ससँग, जनवरी २४ मा जिम्बावेसँग तथा जनवरी २६ मा स्कटल्यान्डसँग प्रतियोगिताको खेल्ने छ । नेपालले जिम्बावे र स्कटल्यान्डसँग पहिलो पटक खेल्न लागेको हो ।

समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्यु गिनी र अमेरिका रहेका छन् । दुबै समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्ने छन् । सुपर सिक्समा एकले अर्को टोलीसँग सामना गरेपछि शीर्ष चार टोली जुन–जुलाईमा इंग्ल्यान्ड र वेल्समा हुने ट्वान्टी–२० विश्वकपमा पुग्ने छन् ।

यस प्रतियोगिता अघिको अभ्यास खेलमा नेपाललाई आयरल्यान्डले ९९ रनले र अमेरिकाले ६ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नटिंघम फरेस्टले शनिबार इंग्लिस प्रिमियर लिगको शीर्षमा रहेको आर्सनललाई गोलरहित बराबरीमा रोकेको छ । आर्सनलले एक अंकमा चित्त बुझाए पनि त्यसले धेरै घाटा भने गर्ने छैन। शनिबारकै अन्य खेलमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी म्यानचेस्टर युनाइेटडको हातबाट २–० ले पराजित भएको हुनाले आर्सनल अनुकुल स्थितिमै रहेको हो । यस्तै चौथोमा रहेको लिभरपुल पनि बर्नलीको हातबाट ...
— घरेलु फुटबलका सदाबहार प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा ओर्लेको त्रिभुवन आर्मी क्लबले राष्ट्रिय लिग फुटबलको आफ्नो पहिलो खेलमा शनिबार प्रभावशाली जित निकालेको छ । दशरथ रंगशालामा भएको खेलमा आर्मीले मनाङ मर्स्याङ्दी क्लबलाई ५–० ले सजिलै हराएको हो । अन्य दुई खेलमा भने माथिल्लो स्तरको फुटबलमा पहिलो पटक खेलिरहेका चित्लाङ एफसी र प्लानिङ ब्वाइज युनाइटेड पनि विजयी ...
: आईसीसी महिला टी २० विश्वकप ग्लोबल क्वालिफार्यसको पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ। किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डकी कप्तानले टस जितेर बलिङ गर्ने निर्णय लिएकी हुन्। यस प्रतियोगितामा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा बङ्गलादेश, आयरल्याण्ड, नामिबिया, पपुवान्युगिनी र अमेरिका रहेका छन्। त्यस्तै समूह ‘बी’मा घरेलु टोली नेपालसँगै थाइल्याण्ड, ...
— धनकुटा हात्तीखर्कका खेलप्रेमी युवाको सक्रियतामा खेल मैदानकालागि चन्दा संकलनबाट जग्गा खरिद गरिएको छ । छथर जोरपाटी १ हात्तीखर्कका युवाले २३ लाख ५० हजार रुपैयाँ चन्दा संकलन गरी टारीमा खेल मैदानकालागि साढे ६ रोपनी जग्गा खरिद गरेका हुन्। वर्षौदेखि खेल पूर्वाधार अभाव झेल्दै आएका टारी क्षेत्रका युवाले सात महिनादेखि सहयोग संकलन अभियान चलाएका थिए। टारीमेला खेलकुद विकास ...
— नेपाली क्रिकेट टोलीलाई पूर्व सांसद एवं नोबेल अस्पतालका प्रबन्ध निर्देशक सुनिल शर्माले ३० लाख प्रदान गरेका छन् । गत सेप्टेम्बरमा यूएईको शारजाहमा भएको वेस्ट इन्डिजसँगको तीन खेलको ट्वान्टी–२० शृंखलामा विजय हात पारे नेपाली टोलीलाई ३० लाख प्रदान गर्ने घोषणा गरेका थिए । टेस्ट राष्ट्रसँग पहिलो पटक शृंखला खेल्ने क्रममा नेपालले वेस्ट इन्डिजसँगको सो शृंखला ऐतिहासिक ...