मुख्य समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संखुवासभा जिल्ला समितिको अध्यक्षमा रमोद श्रेष्ठ सर्वसम्मत निर्वाचित
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संखुवासभा जिल्ला समितिको अध्यक्षमा रमोद श्रेष्ठ सर्वसम्मत निर्वाचित

— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संखुवासभा जिल्ला समितिको अध्यक्षमा रमोद श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्।

सदरमुकाम खाँदबारीमा सम्पन्न जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन गरेको हो।

अधिवेशनले उपाध्यक्षहरूमा प्रेमशरण शास्त्री, मुना लिम्बू र राजकुमार कटुवाललाई चयन गरेको छ भने पार्टी प्रवक्तामा जयन्द्र शाक्य र सचिवमा किरण तामाङ सर्वसम्मत निर्वाचित भएका छन्। यसैगरी सहसचिवमा लिला थापा र कोषाध्यक्षमा बद्रीनाथ बजगाईं चयन भएका छन्।

जिल्ला अधिवेशनबाट सदस्यहरूमा ईश्वरी शाक्य, कुमार बानियाँ, लोकबहादुर श्रेष्ठ, मोहन शाक्य, प्रितम राई, लक्ष्मण श्रेष्ठ, चन्द्रप्रसाद दुलाल, कुलबहादुर कटुवाल र ठाकुरप्रसाद शर्मा सर्वसम्मत निर्वाचित भएको प्रवक्ता जयन्द्र शाक्यले दिए।

नवगठित जिल्ला कार्यसमितिले पार्टी संगठनलाई थप मजबुत बनाउँदै जिल्लाभर संगठन विस्तारमा सक्रिय रहने प्रतिवद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सल्यानमा सडक खन्ने क्रममा खसेको ढुंगाले च्यापिएर एक मजदुरको मृत्यु भएको छ। बन्गाड कुपिण्डे नगरपालिका १० मा शिव आधारभूत विद्यालयलदेखि खानीगाउँसम्म सडक निर्माण गर्ने क्रममा खसेको ढुंगाले च्यापिएर ६० वर्षीय टेकबहादुर पुनको मृत्यु झएको हो। सडक खन्ने क्रममा शुक्रबार ढुंगाले च्यापिएर पुन गम्भीर घाइते भएका थिए । उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको बन्गाड ...
— निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएको विरोधमा शेरबहादुर देउवा पक्षधरहरूले सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन्। आयोगको निर्णय अवैधानिक र दुराशयपूर्ण भएको दाबी गर्दै देउवा पक्षधर नेताहरू प्रदर्शनमा उत्रिएका हुन्। देउवा पक्षले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसेर आयोगको निर्णय अस्वीकार गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार देउवा पक्षधरहरूले आइतबार माइतीघर मण्डलामा आयोगको निर्णयविरुद्ध ...
— निर्वाचन आयोगले मनोनयनको मिति सार्ने वा निर्धारित मितिपछि पनि त्यसलाई निरन्तरता दिने विषयमा छलफल थालेको छ। आयोग स्रोतका अनुसार एमाले र कांग्रेसको देउवा समूहले मनोनयनको मिति सार्ने बारे आयोगमा कुरा राखेका थिए। निर्धारित कार्यतालिका अनुसार आयोगले ६ गतेलाई मनोनयनको मिति तोकेको छ। आयोगले भने मनोनयनलाई निरन्तर राख्दै ७ र ८ गते पनि जारी राख्ने विषयमा छलफल ...
— उदयपुर निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्दै आएका कांग्रेस नेता डा. नारायण खड्काले उम्मेद्वार सिफारिस सूचीबाट आफ्नो नाम हटाउन अनुरोध गरेका छन्। पूर्वमन्त्री समेत रहेका खड्काले फेसबुक स्टाटस लेख्दै आफ्नो नाम हटाउन कांग्रेस केन्द्रीय कार्यालयलाई अनुरोध गरेका हुन्। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस कोशी प्रदेश कार्यसमितिबाट उदयपुर क्षेत्र नम्बर १ मा ...
— खोला किनारा क्षेत्रमा दायाँबायाँ २० मिटर मापदण्डसम्बन्धी पुनरावलोकन रिट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएस‌ँगै माइतीघर मण्डलामा सरोकारवालाहरुले प्रदर्शन गरेका छन् । उनीहरुले यसअघि भएको फैसला मान्य नहुने भन्दै न्याय दिनुपर्ने प्ले कार्डसहित प्रदर्शन गरेका छन् । आज न्यायाधीशहरू सुनिल कुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण ...