मुख्य समाचार
निर्वाचनका लागि पाल्पा क्षेत्र नम्बर २ मा एमाले युवा नेता ठाकुरप्रसाद गैरेलाई पन्छाएर एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पुनरागमन
निर्वाचनका लागि पाल्पा क्षेत्र नम्बर २ मा एमाले युवा नेता ठाकुरप्रसाद गैरेलाई पन्छाएर एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पुनरागमन

— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पा क्षेत्र नम्बर २ मा एमाले युवा नेता ठाकुरप्रसाद गैरेलाई पन्छाएर एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पुनरागमन भएको छ।

एमाले सचिवालयले शनिबार उम्मेदवार टुंगो लगाउँदा पाल्पा–२ बाट सिफारिस भएका चारमध्ये एमाले उपाध्यक्ष पौडेलको नाम टुंगो लागेपछि गैरे बाहिरिएका हुन्।

गैरेले यसअघि प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत २७ हजार ८ सय १७ मत प्राप्त गरेर विजयी भएका थिए। उनका मुख्य प्रतिस्पर्धी एकीकृत समाजवादी (कांग्रेस–माओवादी गठबन्धन) का उम्मेदवार सोमप्रसाद पाण्डेले २३ हजार ८ सय ५१ मत प्राप्त गरेका थिए।

यही क्षेत्रमा २०७४ को निर्वाचनमा पाण्डेले १० हजार मतान्तर (एमाले–माओवादी गठबन्धन) सहित जितेका थिए। गैरेले २०७९ मा पहिलो पटक निर्वाचन लड्ने मौका पाएका थिए।

आगामी फागुन २१ गते हुने निर्वाचनको चहलपहल खासै नदेखिएको पाल्पाली माझ गैरे पन्छाएर पौडेलले टिकट पाउने टुंगो पुगेपछि सामाजिक सञ्जालसमेत एकाएक तातेको छ।


क्षेत्रीय कमिटीको बैठकबाट पौडेलको सिफारिसलाई कतिपय एमाले कार्यकर्ताले युवा नेता गैरेले ११ औँ महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट सचिवमा उम्मेदवारी दिएकाले आउने प्रतिनिधिसभा सदस्यमा टिकट नदिने प्रपञ्चका रूपमा समेत आकलन गरेका थिए। २०५६ देखि रुपन्देहीबाट चुनाव लड्दै आएका एमाले उपाध्यक्ष पौडेलको नाम कसरी सिफारिस भयो?

रुपन्देही क्षेत्र नम्बर २ मा पौडेलले २०७९ को निर्वाचनमा २७ हजार १ सय ६५ मत लिएर चुनाव जितेका थिए। उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले २५ हजार ७ सय ८१ मत पाएका हुन्। उनीहरूबीचको मतान्तर १ हजार ३ सय ६६ मात्र थियो।



यसअघि पनि चुनाव जित्न हम्मेहम्मे परेको अवस्थालाई चित्रण गर्दै पौडेलले यसपालि पाल्पा–२ सुरक्षित ठानेर रोजेका हुन्। पौडेललाई एमाले पाल्पाले पहिलो नम्बरमा सिफारिस गरेको थियो। दोस्रो नम्बरमा गैरेको नाम थियो।

पौडेलको पुर्ख्यौली घर स्याङ्जा हो। उनी बसाइँ सरेर बुटवल झरेका हुन्। तर, अहिलेको पूर्ण बसोवास ललितपुरस्थित भैंसीपाटीमा छ।

यसअघि वर्षौँसम्म अवसर नपाएका गैरेको संसदीय यात्रालाई बीचमै ब्रेक लगाएपछि भने जिल्लाकै एमाले कार्यकर्ताले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन्।

एमाले उपाध्यक्ष पौडेल रूपन्देही–२ बाट पनि एकल सिफारिस भएका थिए। रूपन्देही–२ मा बुटवल उपमहानगरपालिकाको वडा नम्बर १ देखि १३, सैनामैना नगरपालिकाको १–४ र तिलोत्तमा नगरपालिकाको १–६ वडा समेटिएका छन्।

एमाले उपाध्यक्ष पौडेलले २०५१ सालमा पाल्पाबाट संसदीय यात्रा प्रारम्भ गरेपछि अहिलेसम्म आठ पटक मन्त्री बनिसकेका छन्। पाल्पा क्षेत्र नम्बर १ मा भने नेकपा एमालेले २०७९ को निर्वाचनमा विजयी बनेका नारायण आचार्यलाई नै पुनः उम्मेदवार बनाउने टुंगो लगाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सल्यानमा सडक खन्ने क्रममा खसेको ढुंगाले च्यापिएर एक मजदुरको मृत्यु भएको छ। बन्गाड कुपिण्डे नगरपालिका १० मा शिव आधारभूत विद्यालयलदेखि खानीगाउँसम्म सडक निर्माण गर्ने क्रममा खसेको ढुंगाले च्यापिएर ६० वर्षीय टेकबहादुर पुनको मृत्यु झएको हो। सडक खन्ने क्रममा शुक्रबार ढुंगाले च्यापिएर पुन गम्भीर घाइते भएका थिए । उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको बन्गाड ...
— निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएको विरोधमा शेरबहादुर देउवा पक्षधरहरूले सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन्। आयोगको निर्णय अवैधानिक र दुराशयपूर्ण भएको दाबी गर्दै देउवा पक्षधर नेताहरू प्रदर्शनमा उत्रिएका हुन्। देउवा पक्षले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसेर आयोगको निर्णय अस्वीकार गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार देउवा पक्षधरहरूले आइतबार माइतीघर मण्डलामा आयोगको निर्णयविरुद्ध ...
— निर्वाचन आयोगले मनोनयनको मिति सार्ने वा निर्धारित मितिपछि पनि त्यसलाई निरन्तरता दिने विषयमा छलफल थालेको छ। आयोग स्रोतका अनुसार एमाले र कांग्रेसको देउवा समूहले मनोनयनको मिति सार्ने बारे आयोगमा कुरा राखेका थिए। निर्धारित कार्यतालिका अनुसार आयोगले ६ गतेलाई मनोनयनको मिति तोकेको छ। आयोगले भने मनोनयनलाई निरन्तर राख्दै ७ र ८ गते पनि जारी राख्ने विषयमा छलफल ...
— उदयपुर निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्दै आएका कांग्रेस नेता डा. नारायण खड्काले उम्मेद्वार सिफारिस सूचीबाट आफ्नो नाम हटाउन अनुरोध गरेका छन्। पूर्वमन्त्री समेत रहेका खड्काले फेसबुक स्टाटस लेख्दै आफ्नो नाम हटाउन कांग्रेस केन्द्रीय कार्यालयलाई अनुरोध गरेका हुन्। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस कोशी प्रदेश कार्यसमितिबाट उदयपुर क्षेत्र नम्बर १ मा ...
— खोला किनारा क्षेत्रमा दायाँबायाँ २० मिटर मापदण्डसम्बन्धी पुनरावलोकन रिट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएस‌ँगै माइतीघर मण्डलामा सरोकारवालाहरुले प्रदर्शन गरेका छन् । उनीहरुले यसअघि भएको फैसला मान्य नहुने भन्दै न्याय दिनुपर्ने प्ले कार्डसहित प्रदर्शन गरेका छन् । आज न्यायाधीशहरू सुनिल कुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण ...