मुख्य समाचार
महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन थान रिट दर्ता
महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन थान रिट दर्ता

— महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन थान रिट दर्ता भएका छन् ।

युवराज सफल, आयुष बडालसहित र दिनेश त्रिपाठीका तर्फवाट पेस भएको रिट दर्ता भएको हो । रिटको पहिलो पेसी माघ ६ गतेका लागि तोकिएको छ ।

उनीहरूको रिटमा महान्यायाधिवक्ताले सम्पत्ति शुद्धीकरण र संगठित अपराधजस्ता मुद्दा फिर्ता लिन नमिल्ने र अभियोगपत्र संशोधन भनिए पनि मुद्दा फिर्ता नै लिने उद्देश्य भएको दाबी गर्दै रोक्न अन्तरिम आदेशको माग गरेका छन् । महान्यायाधिवक्ताले गाेर्खा मिडियासँग जोडिएका सहकारी ठगीमा सबै प्रतिवादीहरुको अभियोगपत्र स‌ंशोधन गर्ने निर्णय गरेकी थिइन् । सुरुमा उनले लामिछानेकाे हकमा मात्र यस्तो निर्णय गरेकी थिइन् भने शुक्रबार पुन: सच्चाउँदै सबै प्रतिवादी विरुद्धका दुई अभियोगपत्र स‌ंशाेधनका लागि स्वीकृति दिन निर्णय गरेकी थिइन् ।

नेपाल सम्पत्ति शुद्धीकरणमा जाेखिमको सूचीमा रहेको समयमा रेड कर्नर नोटिस जारी भएका जीबी राईसहित कम्तीमा ५० प्रतिवादीहरुको मुद्दा फिर्ता गर्ने निर्णय भएपछि विवाद भएको छ ।

महान्यायाधिवक्ता भण्डारीले चाहेकै भरमा कुनै एक मुद्दा यसरी संशोधन गर्दै जाने हो भने न्यायिक अराजकता हुने र स्वच्छ न्याय नै हराउने दाबी रिटमा छ । हरेक सरकारले आफूनिकट व्यक्तिहरूको मुद्दा यसै गरी टुंग्याउँदा न्यायिक प्रक्रिया नै संकटमा पर्ने भएकाले सर्वोच्चले हस्तक्षेप गर्नुपर्ने दाबी पनि रिटमा गरिएको छ ।

नेपाल बार एसोसिएसनले पनि शुक्रबार विज्ञप्ति जारी गर्दै महान्यायाधिवक्तालाई आफ्नो निर्णय तत्काल फिर्ता लिन माग गरेको थियो । बारले महान्यायाधिवक्ताको निर्णयले कानुनी शासनको उल्लंघन हुने उल्लेख गरेको छ । रिटमा फाैजदारी कार्यविधि स‌हिताको दफा ३६मा टेकेर अभियोगपत्र स‌ंशोधन गर्ने निर्णय गलत अभ्यास भएको दाबी गरिएको छ ।



‘मुद्दा फिर्तासम्बन्धी उक्त निर्णय प्रचलित कानुनी व्यवस्था र यसअघि सर्वोच्च अदालतले मुद्दा फिर्तासम्बन्धी प्रतिपादन गरेका सिद्धान्तविपरीत छ,' विज्ञप्तिमा भनिएको छ ।

'यस प्रकारको छनोटपूर्ण निर्णयले अदालतको क्षेत्राधिकार समेतमा आघात पुगी स्वतन्त्र न्यायपालिकाको अवधारणामा नै असर पुर्‍याउँछ,’ बारले भनेको छ, ‘यस विषयले फौजदारी न्याय प्रणालीमा नै गम्भीर विचलन ल्याई कानुनी शासनको उल्लंघन भई कार्यकारीको स्वेच्छाचारितालाई बढावा दिने स्पष्ट छ । अपराधको राजनीतीकरण र राजनीतिको अपराधीकरणले दण्डहीनतालाई प्रश्रय दिई फौजदारी न्यायको आत्मा मार्ने भएकाले कानुनी शासनको प्रत्याभूतिका लागि उक्त निर्णयको विरोध गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सल्यानमा सडक खन्ने क्रममा खसेको ढुंगाले च्यापिएर एक मजदुरको मृत्यु भएको छ। बन्गाड कुपिण्डे नगरपालिका १० मा शिव आधारभूत विद्यालयलदेखि खानीगाउँसम्म सडक निर्माण गर्ने क्रममा खसेको ढुंगाले च्यापिएर ६० वर्षीय टेकबहादुर पुनको मृत्यु झएको हो। सडक खन्ने क्रममा शुक्रबार ढुंगाले च्यापिएर पुन गम्भीर घाइते भएका थिए । उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको बन्गाड ...
— निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएको विरोधमा शेरबहादुर देउवा पक्षधरहरूले सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन्। आयोगको निर्णय अवैधानिक र दुराशयपूर्ण भएको दाबी गर्दै देउवा पक्षधर नेताहरू प्रदर्शनमा उत्रिएका हुन्। देउवा पक्षले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसेर आयोगको निर्णय अस्वीकार गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार देउवा पक्षधरहरूले आइतबार माइतीघर मण्डलामा आयोगको निर्णयविरुद्ध ...
— निर्वाचन आयोगले मनोनयनको मिति सार्ने वा निर्धारित मितिपछि पनि त्यसलाई निरन्तरता दिने विषयमा छलफल थालेको छ। आयोग स्रोतका अनुसार एमाले र कांग्रेसको देउवा समूहले मनोनयनको मिति सार्ने बारे आयोगमा कुरा राखेका थिए। निर्धारित कार्यतालिका अनुसार आयोगले ६ गतेलाई मनोनयनको मिति तोकेको छ। आयोगले भने मनोनयनलाई निरन्तर राख्दै ७ र ८ गते पनि जारी राख्ने विषयमा छलफल ...
— उदयपुर निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्दै आएका कांग्रेस नेता डा. नारायण खड्काले उम्मेद्वार सिफारिस सूचीबाट आफ्नो नाम हटाउन अनुरोध गरेका छन्। पूर्वमन्त्री समेत रहेका खड्काले फेसबुक स्टाटस लेख्दै आफ्नो नाम हटाउन कांग्रेस केन्द्रीय कार्यालयलाई अनुरोध गरेका हुन्। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस कोशी प्रदेश कार्यसमितिबाट उदयपुर क्षेत्र नम्बर १ मा ...
— खोला किनारा क्षेत्रमा दायाँबायाँ २० मिटर मापदण्डसम्बन्धी पुनरावलोकन रिट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएस‌ँगै माइतीघर मण्डलामा सरोकारवालाहरुले प्रदर्शन गरेका छन् । उनीहरुले यसअघि भएको फैसला मान्य नहुने भन्दै न्याय दिनुपर्ने प्ले कार्डसहित प्रदर्शन गरेका छन् । आज न्यायाधीशहरू सुनिल कुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण ...