: निर्वाचन आयोगको निर्णयविरुद्ध नेपाली कांग्रेसको संस्थापनपक्षले पेश गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। रिटको पेशी यही माघ ६ गतेलाई तोकिएको छ।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्षधर सर्वोच्च पुगेको हो।
रिट लिएर नेता पूर्णबहादुर खड्का,प्रकाशमान सिंह,विमलेन्द्र निधिलगायत सर्वोच्च अदालत पुगेका थिए। शेखर कोइराला समूहका नेताहरू भने सर्वोच्च गएनन्।
माघ २ गते थापा नेतृ्त्वको कांग्रेसलाई आधिकारिकता दिने आयोगको निर्णय संविधान,प्रचलित कानुन र कांग्रेसको विधान विपरीत रहेको भन्दै यसलाई बदरको माग गरिएको छ।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित थापालाई आधिकारिकता प्रदान गर्दै कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा दिएको छ।