: नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाने भएका छन्। प्रतिनिधि सभाको निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ५ बाट उम्मेदवारी दर्ताका गर्न आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भद्रपुर अवतरण गर्ने उनको सचिवालयले जनाएको छ।
ओली जेनजी आन्दोलनपश्चात पहिलो पटक काठमाडौं उपत्यकाबाहिर निस्कन लागेका हुन्।
पार्टी केन्द्रीय सदस्य तुलसी कार्कीका अनुसार भद्रपुरमै क्षेत्र नं १ का नेता कार्यकर्तासँग अध्यक्ष ओलीले केहीबेर क्षेत्रको पछिल्लो अवस्थाका बारेमा जानकारी लिनेछन्। यसैगरी ३ नं क्षेत्रका बारेमा पनि उनले भद्रपुरमै जानकारी लिने कार्कीले बताए।
क्षेत्र नं २ का बारेमा अध्यक्ष ओलीले विर्तामोडमा जानकारी लिने कार्यक्रम छ। क्षेत्र नं ४ को निर्वाचन तयारीका सन्दर्भमा सुरुंगामा जानकारी लिनेछन्। आफ्नो निर्वाचन क्षेत्र दमक ५ का नेता कार्यकर्तासँग दमक मै भेटघाट गर्ने कार्कीले बताए।
अध्यक्ष ओलीले जेन जी विध्वंसका बेला जलाइएको आफ्नो दमकस्थित निवासमा पनि जाने तयारी रहेको एमालेले जनाएको छ।