मुख्य समाचार
साफ फुटसल च्याम्पियनसिपको पुरुषतर्फको खेलमा अन्तिम सेकेन्डमा गोल खाँदा नेपालले भारतसँग अंक बाँडे
साफ फुटसल च्याम्पियनसिपको पुरुषतर्फको खेलमा अन्तिम सेकेन्डमा गोल खाँदा नेपालले भारतसँग अंक बाँडे

: साफ फुटसल च्याम्पियनसिपको पुरुषतर्फको खेलमा अन्तिम सेकेन्डमा गोल खाँदा नेपालले भारतसँग अंक बाँडेको छ।

थाइल्यान्डको बैंककस्थित नोनथाबुरी स्टेडियमको फुटसल एरिनामा भएको खेलमा नेपाल र भारतले ३–३ बराबरी खेले ।

नेपालका लागि विक्रम नरसिंह रानाले पहिलो गोल गरे। त्यसको केही सेकेन्डमै नेपालले बराबरी गोल व्यहाेर्याे। भारतका लाल्टुएन्जेलाले बराबरी गोल फर्काए।



नेपालका लागि अमित लामाले दोस्रो गोल गरे। भारतका लागि अनमोल अधिकारीले दोस्रो बराबरी बनाए।

विजय श्रेष्ठले अन्तिम मिनेटमा हानेको गोलबाट नेपालले अग्रता बनाएको थियो। तर केही सेकेन्ड सम्हालिन नसक्दा नेपालले तेस्रो गोल बेहोर्दै भारतसँग अंक बाँड्यो। भारतका लागि निखिल राजेन्द्र मालीले अन्तिम सेकेन्डमा गोल गर्दै नेपालसँग अंक चोर्‍यो।

नेपालले पहिलो खेलमा श्रीलंकालाई २–१ ले पराजित गरेको थियो। पुरुष टिमले १ जित र १ बराबरीसहित ४ अंक जोडेको हो।

महिलातर्फ भने नेपालले एक जित, एक हार र एक खेलमा अंक बाँडेको हो। नेपाली महिला टिमले ३ खेलबाट ४ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...