: नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार बनाएको छ। एमालेको केन्द्रीय सदस्यसमेत रहेका थेबेलाई अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गतेका लागि प्रतिनिधिसभा उम्मेदवार बनाएका हुन्।
यसअघि ताप्लेजुङमा उपमहासचिव योगेश भट्टराईले टिकट पाउँदै आएका थिए। यसपटक ओलीले थेबेलाई टिकट थमाएका हुन्। आफूले टिकट नपाएपछि भट्टराई असन्तुष्ट बनेका छन्। उनले पार्टीमा फरक मत पनि दर्ता गराएको बताइएको छ।