: उदयपुरको उदयपुरगढी गाउँपालिका-७ अधेरिमा आइतबार दिउँसो ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मदन भण्डारी लोकमार्ग हुँदै कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बागमती प्रदेश ०६-०१ ख ०५०५ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको हो।
उनीहरूको अहिलेसम्म सनाखत हुन सकेको छैन । दुवै जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजन चापागाईंले बताए। ट्रक सडकबाट ५० मिटर तल अधेरी खोलामा झरेको जनाएको छ। दुर्घटना भई गम्भीर घाइते भएका चालक तथा सह-चालकलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर लैजाने क्रममा साँझ ५ बजे मृत्यु भएको उनले बताए। घटनाको थप अनुसन्धान भइरहेको उनले बताए।