मुख्य समाचार
कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले आफू मध्यमार्गी भएकाले पार्टीभित्र दबाब झेलिरहेको बताए
कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले आफू मध्यमार्गी भएकाले पार्टीभित्र दबाब झेलिरहेको बताए

: नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले आफू मध्यमार्गी भएकाले पार्टीभित्र दबाब झेलिरहेको बताएका छन्। मध्यमार्ग र सत्यको बाटो गाह्रो र अप्ठ्यारो भए पनि जित उसैको हुने उनले बताए। 'म सत्यको बाटो हिँडिरहेको छु। यसबाट विचलित हुन्न,' उनले भने।


कोइरालाले पार्टीलाई अतिवादले गाँजेको भन्दै आफू कुनै पनि अतिवादको घेरामा नपरी मध्यममार्गी बाटोबाट विचलित नहुने बताए।


पार्टीको कठिन अवस्थामा कोइरालाले मध्यमार्गी भूमिका निर्वाह गरी पार्टीलाई संकटबाट जोगाउनुपर्नेमा जोड दिएका थिए। छलफलमा बोल्ने नेताहरूले पार्टीको १५औं महाधिवेशन अन्योलता रहेको र त्यसको सुनिश्चितता हुनु पर्नेमा जोड दिएका थिए। तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नभएको धारणा राखेका थिए।

आज काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुनेसमेत बताएका छन्। कोइरालाले देश र लोकतन्त्र संकटमा रहेकाले निर्वाचनमा जानुको विकल्प नरहेको जानकारी दिए। उनले नेता कार्यकर्तालाई पनि सहभागी हुन आह्वान गरे।

उनले निर्वाचन सहजता लागि माघ ६ गतेको मनोनयनको मिति सार्न निर्वाचन आयोगलाई अनुरोध गरेको बताए। सरकारले निर्वाचनको वातावरण बनाएर सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेमा हालसम्म त्यसको प्रत्याभूति नभएको उनको भनाइ छ।

पार्टीमा देखिएको विवादको विषय अदालत प्रवेश गरिसकेकाले आफूलाई अदालतको निर्णय मान्ने हुने समेत बताए। नेता तथा कार्यकर्तालाई निर्वाचनसँगै १५औं महाधिवेशन को तयारी गर्न र तयारीमा लाग्न निर्देशनसमेत दिएका थिए।

उक्त कार्यक्रममा सुझाव दिने क्रममा जिल्लाका नेता तथा कार्यकर्ताहरूले निर्वाचन आयोगले अन्याय गरे पनि अदालतले न्याय गर्नेमा विश्वास रहेको जनाए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पदबाट राजीनामा दिएका छन्। काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोलले प्रमुख बालेन शाहले पदबाट राजीनामा दिएको जानकारी गराएकी हुन्। आइतबार बसेको ४६ औँ नगर कार्यपालिका बैठकमा उपप्रमुख डंगोलले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौं महानगरपालिको प्रचलित कानुनी व्यवस्था बमोजिम महानगर प्रमुख शाहले दिएको राजीनामा पत्र आफूलाई ...
: निर्वाचन आयोगले आचारसंहिता लागू हुने विषयमा सरकारलाई जानकारी गराएको छ। कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले आज बालुवाटारमा आयोजित एक कार्यक्रमबाझ यो जानकारी दिएको हो। आयोगका तर्फबाट आचार संहितबारे विशेष प्रस्तुतीकरण पनि गरिएको थियो। जसअनुसार, निर्वाचन आचारसंहिता आज राति १२ बजेबाट लागू हुनेछ। आयोगको आजै बसेको बैठकले निर्वाचन आचारसंहिता आज राति १२ बजेबाट लागू ...
: सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले पदबाट राजीनामा दिएका छन्। आइतबार बेलुका उनले उपमेयर अइन्द्रबिक्रम बेघालाई औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुनसरी-१ बाट उम्मेदवारी दिने तयारी गरेपछि उनले मेयर पदबाट राजीनामा दिएका हुन् । सम्पाङ श्रम संस्कृति पार्टीका अध्यक्षसमेत हुन्। राजीनामा बुझाउँदै सम्पाङले ...
: उदयपुरको उदयपुरगढी गाउँपालिका-७ अधेरिमा आइतबार दिउँसो ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मदन भण्डारी लोकमार्ग हुँदै कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बागमती प्रदेश ०६-०१ ख ०५०५ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको हो। उनीहरूको अहिलेसम्म सनाखत हुन सकेको छैन । दुवै जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ...
: नेपाल प्रहरीका ४८ प्रहरी उपरीक्षक (एसपी) र ६७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) सरुवा भएका छन्। प्रतिनिधि सभा सदस्यको उम्मेदवार मनोनयनको २ दिन अगाडि नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले एसपी/डीएसपीको हेरफेर गरेको हो। आइतबार रातिबाट आचारसंहिता लागू भएपछि कर्मचारी तथा सुरक्षाकर्मीको सरुवा बढुवा गर्न निर्वाचन आयोगको अनुमति लिनुपर्ने वा रोकिने भएपछि दिउँसै ...