मुख्य समाचार
टिकटको विषयमा असन्तुष्टि जनाउँदै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय आयोजक समिति सदस्य गणेशप्रसाद सिंहले पार्टी छाडे
टिकटको विषयमा असन्तुष्टि जनाउँदै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय आयोजक समिति सदस्य गणेशप्रसाद सिंहले पार्टी छाडे

: टिकटको विषयमा असन्तुष्टि जनाउँदै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय आयोजक समिति सदस्य गणेशप्रसाद सिंहले पार्टी छाडेका छन्।

फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले जाजरकोट क्षेत्र नम्बर १ मा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतलाई उम्मेदवार बनाएपछि असन्तुष्टि जनाउँदै सिंहले पार्टी परित्याग गरेका हुन्। उनको पार्टी परित्याग सँगै टिकट विवाद सतहमा आएको हो। सिंहको विद्रोहले बस्नेतलाई समस्या पार्ने देखिएको छ।

सिंहले आइतबार पार्टी अध्यक्षलाई सम्बोधन गर्दै पठाएको औपचारिक पत्रमा जाजरकोटबाट उम्मेदवार छनोट गर्दा स्वेच्छाचारी, आदेशात्मक र मालिक–मुखिया प्रवृत्तिको निर्णय लादिएको उल्लेख गरेका छन्। पार्टी एकता घोषणा सभा–सम्मेलन २०८२ कात्तिक १९ गते पारित अन्तरिम विधानको धारा ९९ विपरीत निर्णय गरिएको उनले पत्रमा उल्लेख गरेका छन्।



सिंहले पत्रमा लेखेका छन्, “१० पुसमा सम्पन्न जिल्ला पार्टी जाजरकोटको बैठकमा शक्ति बस्नेतले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने स्पष्ट धारणा व्यक्त गरेका थिए।” बैठकपछि जिल्ला पार्टीले सम्मानार्थ रूपमा बस्नेतसहित रामदीप आचार्य, गणेशप्रसाद सिंह, कृष्ण विसी, पार्वती थापा र महेश अधिकारीको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको थियो। तर, त्यसपछि भएको केन्द्रीय तहको निर्णयले जिल्ला तहको छलफल र सहमति बेवास्ता गरेको सिंहको आरोप छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले देशका लागि आवश्यक व्यक्ति र पार्टीलाई चुन्ने सही समय आएको बताएका छन्। रास्वपाले सोमबार जनकपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै शाहले देशका लागि काम गरेर देखाउने मान्छेको खाँचो रहेको भन्दै अहिले देशका लागि आवश्यक व्यक्ति र पार्टीलाई चुन्ने सहि समय आएको बताए। उनले काठमाडौं महानगरको प्रमुखको ...
: राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनबाट रास्वपा सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरेका छन्। सोमबार जनकपुरमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै लामिछानेले अघिल्लो चुनावमा आफूले सबैभन्दा धेरै मत पाएको भन्दै आगामी निर्वाचनमा पार्टीले सबैभन्दा बढी मत पाएर ठूलो पार्टी बन्ने दाबी गरे। केहीले रास्वपा मधेशमा कमजोर रहेको भन्ने गरे पनि अहिले पार्टी मधेशमा ...
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीकाबारेमा असहमति हुँदाहुँदै पनि पार्टी सम्पूर्ण रुपमा निर्वाचनमा होमिसकेको बताएका छन्
: नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले बर्दिया १ बाट चुनाव नलड्ने घोषणा गरेका छन्। बर्दियाको दुवै क्षेत्रमा पहाडी मूलका व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै गौतमले असन्तुष्टिसमेत पोखेका छन्। उनले बर्दियामा थारू जनघनत्त्व भएकाले सन्तुलन मिलाउनुपर्ने भन्दै उनले संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'लाई सम्बोधन गर्दै टिकट फिर्ता दिएको उल्लेख गरेका छन्। 'बर्दिया थारू जनघनत्व भएको जिल्ला हो। त्यहाँ ...
: २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमाले–जसपा नेपाल गठबन्धनका उम्मेदवार अशोक राईलाई कडा चुनौती दिँदै झिनो मतान्तरले दोस्रो स्थानमा रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की कोशी प्रदेश अध्यक्ष गोमा तामाङ (सरिन)ले सुनसरी क्षेत्र नम्बर–१ बाट दोस्रो पटक टिकट पाएकी छन्। अघिल्लो निर्वाचनमा अपेक्षाकृत नयाँ दल हुँदाहुँदै पनि गोमाले प्राप्त गरेको जनसमर्थनलाई निरन्तरता दिने विश्वासका साथ रास्वपाले ...