मुख्य समाचार
ग्रिनल्याण्डबारे ट्रम्पको प्रतिक्रिया- डेनमार्कले जे काम गर्न सकेको छैन, अब हामी पूरा गर्नेछौं
ग्रिनल्याण्डबारे ट्रम्पको प्रतिक्रिया- डेनमार्कले जे काम गर्न सकेको छैन, अब हामी पूरा गर्नेछौं

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डबारे फेरि प्रतिक्रिया दिएका छन्। उनले भनेका छन्, "डेनमार्कले जे काम गर्न सकेको छैन, अब त्यो हामी पूरा गर्नेछौं।"


ट्रम्पले सोमबार ट्रुथ सोशलमा लेखे,"नेटोले विगत २० वर्षदेखि डेनमार्कलाई भन्दै आएको छ, 'तिमीले ग्रीनल्याण्डबाट रूसी खतरा हटाउनुपर्छ।' दुर्भाग्यवश डेनमार्कले यसबारे केही गर्न असफल भएको छ। अब समय आएको छ र यो गरिनेछ!"


केही युरोपेली देशहरूले ग्रिनल्याण्डलाई अमेरिकामा समावेश गर्ने ट्रम्पको प्रस्तावको विरोध गरेका बेला उनको यस्तो प्रतिक्रिया आएको हो।

यसअघि ट्रम्पले ग्रिनल्याण्डलाई समर्थन गर्ने आठ युरोपेली देशमा १० प्रतिशत भन्सार लगाउने कुरा पनि गरेका थिए।

आइतबार डेनिस प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले युरोपलाई ब्ल्याकमेल गर्न सकिँदैन भने।

अमेरिकी राष्ट्रपतिको ग्रीनल्याण्डलाई अमेरिकामा समावेश गरिएन भने रूस वा चीनले यसलाई कब्जा गर्ने तर्क छ।

ग्रिनल्याण्ड डेनमार्क भित्रको अर्ध-स्वायत्त टापु हो। डेनमार्क र केही युरोपेली देशहरूले ट्रम्पको प्रस्तावको विरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: उत्तरी चीनको भित्री मंगोलियास्थित एक कारखानामा भएको शक्तिशाली विस्फोटमा दुईजनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन्। पाँचजना अझै बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ। आइतबार स्थानीय समयअनुसार दिउँसो करिब ३ बजे भित्री मंगोलियाको बाओगाङ युनाइटेड स्टील प्लान्टमा विस्फोट भएको हो। विस्फोट यति तीव्र थियो कि आसपासका क्षेत्रहरूमा समेत कम्पन महशुस गरिएको ...
: अमेरिकी अधिकारीहरूले सिरियामा अमेरिकी सैन्य हमलामा अल कायदाका एक नेता मारिएको दाबी गरेका छन्। अधिकारीहरूले उक्त नेताको सिरियामा आक्रमण गरी तीन अमेरिकीहरूको हत्या गर्ने इस्लामिक स्टेट आतंककारीसँग सीधा सम्बन्ध रहेको बताएका छन्। अमेरिकी केन्द्रीय कमान्डले एक विज्ञप्तिमा शुक्रबार उत्तरपश्चिम सिरियामा भएको आक्रमणमा बिलाल हसन अल-जसिम मारिएको भनेको छ। विज्ञप्तिमा अमेरिकी र सिरियाली कर्मचारीहरूलाई मार्ने र घाइते ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाउने धम्की दिएपछि आठवटा युरोपेली देशले विरोध गरेका छन् । यसअघि ग्रिनल्यान्ड गाभ्ने आफ्नो योजनामा असहमत हुने देशहरुमाथि भन्सार शुल्क बढाइने चेतावनी उनले दिएका थिए । ट्रम्पले डेनमार्क, नर्वे, स्विडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्डस् र फिनल्यान्डमाथि १ फेब्रुअरीदेखि भन्सार शुल्क १० प्रतिशतले बढाउने बताइसकेका छन् । उनले यो शुल्क २५ ...
— ग्रिनल्यान्डवासीले राजधानी नुकमा भेला भएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रिनल्यान्ड अधिग्रहण योजनाको विरोध गरेका छन् । युरो न्युजले स्थानीय अधिकारीहरुलाई उद्रृत गर्दै यस प्रदर्शनमा ग्रिनल्यान्डको कुल जनसंख्याको झन्डै एक चौथाई सहभागी भएको जनाएको छ । ग्रिनल्यान्डमा झन्डै ५६ हजार जनसंख्या बसोबास गर्छ । यो प्रदर्शन ग्रिनल्यान्डको इतिहासकै ठूलो प्रदर्शन रहेको अधिकारीहरुले बताएका छन् । ग्रिनल्यान्डकी प्रधानमन्त्री ...
— ईरानका सर्वोच्च नेता अली खामेनेईले हजारौं मानिसहरु आन्दोलनमा मारिएको स्वीकारेका छन् । शनिबार सार्वजनिक मन्तव्य जारी गर्दै उनले आन्दोलनमा हजारौं मानिस मारिएको र केही मानिसहरु अमानवीय रुपमा मारिएको स्वीकार गरे । ‘ईजरायल र अमेरिकासँग जोडिएकाहरुले ठूलो क्षति निम्त्याए र हजारौंको हत्या गरे,’ खामेनेईलाई उद्रृत गर्दै ईरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ, ‘हामी अमेरिकी राष्ट्रपतिलाई यो मृत्युमा अपराधी ...