: मधेश प्रदेशसभाबाट तीन जना सांसदले राजीनामा दिएका छन्। प्रतिनिधिसभा सांसदको उम्मेदवार बनेका तीन जना प्रदेशसभा सदस्यले राजीनामा दिएका हुन्।
मधेश प्रदेशसभाबाट निवर्तमान सभामुख रामचन्द्र मण्डल, पूर्व मुख्यमन्त्री सतिष कुमार सिंह र पूर्व राज्यमन्त्री रहबर अन्सारीले राजीनामा दिएको छ। मधेश प्रदेशसभाका अनुसार मण्डल र अन्सारीले माघ ४ गते नै राजीनामा बुझाएका हुन्। यता पूर्व मुख्यमन्त्री सतिष कुमार सिंहले ५ गते बिहान सभामुख रामअशिष यादवलाई गएर राजीनामा बुझाएका हुन्।
निवर्तमान सभामुख मण्डल नेकपा एमालेबाट धनुषा क्षेत्र नं. १, पूर्व राज्यमन्त्री अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा क्षेत्र नं. १ र सतिष कुमार सिंहले सप्तरीको निर्वाचन क्षेत्र नं. २ बाट स्वभिमान पार्टीबाट निर्वाचनमा सहभागी हुने भएको जानकारी दिएका छन्। सिंहलाई नेकपा एमालेले सहयोग गर्ने भएको छ।