मुख्य समाचार
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
दुर्गा प्रसाईं पोखराबाट पक्राउ

। मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् ।

निर्वाचन बहिष्कारदेखि विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरेर सरकारसँग सम्झौतासमेत गरेका प्रसाईंले निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाउनेदेखि सरकारी वेबसाइड ह्याक गरेर डाटा चोरी गर्नेसम्मको योजना बनाएर रकम लगानी गरेकोसम्म आरोप छ ।

कांग्रेसको विषेश महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको अभिव्यक्ति दिएका प्रसाइँले पैसा लगानी गरेर सरकारी वेबसाइड ह्याक गरेर डाटा चोरी गर्न अपराधको गम्भीर योजना बनाएको अडियोसमेत सार्वजनिक भएको थियो ।

प्रसाईंलाई पक्राउ गरी अनुसन्धान गर्न निर्वाचन आयोगले पत्राचारसमेत गरेको थियो । राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजकसमेत रहेका प्रसाईं सोमबार कार्यक्रमका लागि पोखरा आएका थिए ।

मानिस पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंको मानिस पक्राउ गरी उपस्थित गराइदिन पठाएको पत्रानुसार कास्की प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कांग्रेसको विशेष महाधिवेशन पक्षले आयोगलाई ५२ करोड बुझाएर नतिजा आफ्नो पक्षमा पारेको भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए । उनले सामाजिक सञ्जालमा पनि यो भिडियो पोस्ट गरेका थिए ।

मेडिकल व्यवसायी प्रसाईँले नागरिक बचाउ अभियानका नाममा देशभर कार्यक्रम गर्दै हिँड्ने गरेका थिए भने पछिल्लो समय राजावादी अभियानमा हिँडिरहेका छन् । राजसंस्था पुनर्स्थापना गर्ने भन्दै आन्दोलनका नेतृत्व गरेका प्रसाईँ तिन कुने घटनामा पक्राउ परेका थिए ।

कारागारबाट छुटेपछि जेनजी आन्दोलनका बेला पनि प्रसाईंको भूमिकालाई शंकास्पद ढंगले हेरिएको थियो भने उनलाई आन्दोलनको स्टेकहोल्डर्स भन्दै नेपाली सेनाले वार्तामासमेत बोलाएको थियो ।

जेनजी आन्दोलनको फाइदा उठाउन खोजेका प्रसाईँ असफल बनेपछि सुशीला कार्की नेतृत्वको सरकारको विरुद्धमा अभिव्यक्ति दिँदै आइरहेका छन् भने चुनाव बहिस्कार गर्ने भन्दै अभियान चलाइरहेका छन् । पटक पटक पक्राउ पर्दै छुट्दै गरेका प्रसाईंको अभिव्यक्ति र सरकारी डाटा चोरी गर्ने घटनाले उनी पक्राउ पर्दै फेरि प्रहरी हिरासतमा पुगेका छन् ।

निर्वाचन आयोगले उनलाई कारबाहीको दायरामा ल्याउन भन्दै पत्र काटेपछि प्रसाईँको सरकारी टाढा चोरी गर्ने योजना बुनेको अर्को अडियो पनि सार्वजनिक भएको थियो । प्रसाइँलाई काठमाडौं पठाउने तयारी गरेको कास्की प्रहरी प्रवक्ता तथा सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानको नाममा कार्यक्रम, विभिन्न प्रदर्शन गर्दै पछिल्लो समय निर्वाचन बहिस्कार गर्ने भनेका प्रसाइँसँग सरकारले माघ २ गतेमात्र सम्झौता गरेको थियो । कार्तिक २६ गते दुर्गा प्रसाईं नेतृत्वको अभियानले गृहमन्त्री अर्यालसँग २७ बुँदे माग राखेको थियो । त्यसमध्ये सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईँबीच १२ बुँदे सम्झौता भएको थियो ।

सरकारले आन्दोलनका क्रममा दुर्गा प्रसाईँ लगायतमाथि लागेका संगठित अपराध र फौजदारी मुद्दाहरू फिर्ता लिने प्रक्रियालाई सरकारले मन्त्रिपरिषद्को बैठकबाट तुरुन्तै अघि बढाउने बताएको थियो । सरकारसँग भएको सम्झौतामा किरात र बौद्ध धर्मसहितको हिन्दु अधिराज्य, प्रदेश संरचनाको खारेजी र राजसंस्थाको पुनस्र्थापना सम्बन्धी मागका सन्दर्भमा आवश्यक संवैधानिक र कानुनी सुधारका विषयमा अध्ययन गरी सुझाव पेस गर्न सरकारले एक ‘उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग’ गठन गर्ने निर्णय भएको थियो ।

लघुवित्त र सहकारीका ऋणीहरूलाई राहत दिन भन्दै साना बचतकर्ता र ऋणीहरूको हकमा आगामी असार मसान्तभित्र १ लाख रुपैयाँसम्म फिर्ता गराउन सरकारले राष्ट्रिय सहकारी प्राधिकरणलाई ऋण दिएर ‘चक्रवर्ती कोष’ स्थापना गर्ने पनि सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार हुने भएका छन् । केन्द्रीय सदस्य तथा क्षेत्रीय निर्वाचन परिचालन समिति संयोजक कुमारराज सुवेदीका अनुसार घिसिङले भोलि मध्याह्न जोरपाटी चोकमा जम्मा भएर मनोनयन दर्ताका लागि निर्वाचन कार्यालयमा जानेछन् । चुनाव उठ्नका लागि उनले मन्त्रीबाट राजीनामा दिएका थिए । त्यसयता रास्वपासँगको एकता भाँडिएपछि उनी ...
। नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि रूकुम पूर्वबाट निवर्तमान सांसद कुसुम थापा मगरलाई उम्मेदवार बनाउने भएको छ । २१ फागुनका लागि हुन गइरहेको निर्वाचनका लागि कांग्रेसले प्रत्यक्षतर्फ नेतृ थापालाई उम्मेदवार बनाउने भएको हो । नेतृ थापाले आफूलाई पार्टीले उम्मेदवार बनाएको पुष्टि गरेकी छन् । यो क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि चुनाव लड्दै ...
। कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी नेपालले सप्तरीका चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । पार्टीले जिल्लाको क्षेत्र नम्बर १ मा हर्खनारायण चौधरी, क्षेत्र नम्बर २ मा डा. दीपक चौधरी, क्षेत्र नम्बर ३ परमेश्वरलाल साह र क्षेत्र नम्बर ४ मा बिसोकुमार यादवलाई टिकट दिएको छ । उज्यालो पार्टीका सप्तरी जिल्ला संयोजक डा. सूर्यप्रसाद यादवले सबै उम्मेदवारले ...
। नेकपा एमालेकी नेतृ नविना लामाले पार्टीको टिकट वितरणको विधिप्रति असन्तुष्टि जनाएकी छन् । काभ्रे–१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा उनको नाम पनि सिफारिस भएको थियो । तर अनेरास्ववियुका पूर्व अध्यक्ष लामाले टिकट पाइनन् । आफूले टिकट नपाएपछि लामाले देखिनेगरी असन्तुष्टि जनाएकी छन् । एमालेले टिकट नदिएका उपमहासचिव योगेश भट्टराईको भिडियो सन्देश शेयर गरेर लामाले समर्थन जनाएकी ...
। नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले आशन्न प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन् । उनले सोमबार सामाजिक सञ्जालमार्फत् २१ फागुनमा हुने निर्वाचन नलड्ने घोषणा गरेका हुन् । ‘अहिलेको विश्व राजनीति र विशेष गरी नेपाल र नेपालीले चाहेको नवीन ढांचाको राजनीति र जन प्रतिनिधित्व गर्न अहिले कै पुस्ता आउनुपर्छ भन्ने मान्यता राख्दै यस पटकको निर्वाचनमा उम्मेदवार नबन्ने ...