मुख्य समाचार
रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता
रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता

। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेका छन् । सहकारी सम्बन्धी मुद्दाका लागि वीरगञ्ज पुगेका लामिछाने उपस्थित हुन नभ्याउने भएपछि वारेसमार्फत उम्मेदवारी दर्ता गराएको रास्वपा चितवनका सभापति कृष्णप्रसाद भुषालले अनलाइनखबरलाई जानकारी दिए ।

लामिछानेले रास्वपा महानगर सभापति सिता ज्ञवालीलाई वारेस दिएको र उनैले उम्मेदवारी दर्ता गराएको जिल्ला सभापति भुसालले जानकारी दिए । लामिछाने वीरगञ्जको काम सकेर चितवन फर्किने तयारी गरेको तर समय अभाव भएकोले वारेसबाट नै दर्ता गरिएको उनले बताए । लामिछानेले तेस्रोपटक चितवन क्षेत्र नं. २ बाट उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनलाई भव्य र सभ्य बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् । मनोनयन दर्ताको अघिल्लो दिन सोमबार अपिल जारी गर्दै उनले भनेका छन्, ‘जोजो चुनिन चाहनुहुन्छ उहाँहरूको मनोनयनपत्र दाखिल गर्ने समय आएको छ ।’ मंगलबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन हुँदैछ । यही माघ ४ गते राति १२ ...
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एक थान सांसद पदका लागि मात्रै आफू रुकुम पूर्वबाट चुनाव लड्न नआएको दाबी गरेका छन् । शहीद वेपत्ताका सपना अलपत्र परेपछि र जेनजी आन्दोलनपछि देश गम्भीर संकटमा परेपछि आफू पुन: रुकुमपूर्वका जनता माझ आएको उनले बताए । उम्मेदवारी दर्ता गरेपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले शहीद वेपत्ताका सपना पूरा ...
नेकपा एमालेका तर्फबाट इलाम-२ बाट सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन्
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कालिकोटमा पुनः महेन्द्रबहादुर शाहीलाई नै उम्मेदवार बनाएको छ । फागुन २१ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि नेकपाले शाहीलाई टिकट दिइएको हो । यसअघि कालीकोटबाट नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई एकल सिफारिस गरिएको थियो । तर प्रचण्डले रुकुमपूर्वबाट चुनाव लड्ने घोषणा गरेपछि शाहीलाई उम्मेदवार बनाइएको छ । कालीकोटबाट प्रचण्ड नलड्ने भएपछि ११ ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेश प्रदेशको राजधानी जनकपुरधाममा सभा आयोजना गरेको छ