मुख्य समाचार
मधेश प्रदेश नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले सांसद पदबाट राजीनामा
मधेश प्रदेश नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले सांसद पदबाट राजीनामा

। मधेश प्रदेश नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले सांसद पदबाट राजीनामा दिएका छन् ।

महोत्तरी क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यको चुनाव लड्न उनले सांसद पदबाट राजीनामा दिएका हुन् ।

भोलि प्रतिनिधिसभा अन्तर्गतको उम्मेदवारी दर्ता हुँदैछ । त्यसअघि दलहरूले धमाधम आफ्ना उम्मेदवारहरूको टुंगो लगाइरहेको छ ।

यसैबीच प्रदेशसभा र स्थानीय तहबाट राजीनामा दिएर उम्मेदवारी दिनेहरूको संख्या पनि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा–२ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोप) बाट डा. बाबुराम भट्टराईले उम्मेदवारी दिएका छन् । मंगलवार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा नारायण खत्री र समर्थकमा रिजन राना मगर छन् । चुनाव नलड्ने बताउँदै आएका उनले आइतबार ...
। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनलाई भव्य र सभ्य बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् । मनोनयन दर्ताको अघिल्लो दिन सोमबार अपिल जारी गर्दै उनले भनेका छन्, ‘जोजो चुनिन चाहनुहुन्छ उहाँहरूको मनोनयनपत्र दाखिल गर्ने समय आएको छ ।’ मंगलबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन हुँदैछ । यही माघ ४ गते राति १२ ...
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एक थान सांसद पदका लागि मात्रै आफू रुकुम पूर्वबाट चुनाव लड्न नआएको दाबी गरेका छन् । शहीद वेपत्ताका सपना अलपत्र परेपछि र जेनजी आन्दोलनपछि देश गम्भीर संकटमा परेपछि आफू पुन: रुकुमपूर्वका जनता माझ आएको उनले बताए । उम्मेदवारी दर्ता गरेपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले शहीद वेपत्ताका सपना पूरा ...
नेकपा एमालेका तर्फबाट इलाम-२ बाट सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन्
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कालिकोटमा पुनः महेन्द्रबहादुर शाहीलाई नै उम्मेदवार बनाएको छ । फागुन २१ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि नेकपाले शाहीलाई टिकट दिइएको हो । यसअघि कालीकोटबाट नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई एकल सिफारिस गरिएको थियो । तर प्रचण्डले रुकुमपूर्वबाट चुनाव लड्ने घोषणा गरेपछि शाहीलाई उम्मेदवार बनाइएको छ । कालीकोटबाट प्रचण्ड नलड्ने भएपछि ११ ...