मुख्य समाचार
राष्ट्रिय लिगमा मछिन्द्रको लगातार दोस्रो जित, मनाङ मर्स्याङ्दीको दोस्रो हार
राष्ट्रिय लिगमा मछिन्द्रको लगातार दोस्रो जित, मनाङ मर्स्याङ्दीको दोस्रो हार

। मछिन्द्र क्लबले राष्ट्रिय लिग फुटबलमा सोमबार मनाङ मर्स्याङ्दी क्लबलाई २-१ ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ ।

मनाङ मर्स्याङ्दीको भने यो लगातार दोस्रो हार हो ।




मछिन्द्रले लालिगुराँस एसोसिएसन समान ६ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । समान अंक भएपनि लालिगुराँस गोल अन्तरमा शीर्ष स्थानमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा सनिश श्रेष्ठले आठौं मिनेटमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए ।




तर पहिलो हाफको इन्जुरी टाइममा मनाङका लागि विशेष लामाले बराबरी गोल गर्दै खेल रोमाञ्चक बनाएका थिए ।



दोस्रो हाफमा मछिन्द्रले एक गोल गर्दै ३ अंक जोड्यो । जोनाथान जोरिलाले ५७औं मिनेटमा निर्णायक गोल गरे ।

सोमबार भएको पहिलो खेलमा कास्कीको लालिगुराँसले बाराको नव जनजागृतिलाई ४-१ ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो ।

यस्तै एनआरटीले पनि सातदोबाटो युथ क्लबलाई ३-१ ले पराजित गर्दै पहिलो जित हात पारेको छ ।

लिगमा मंगलबार दुई खेल हुनेछ । पहिलो खेल नेपाल पुलिस क्लब र चित्लाङ एफसीबीच बिहान ११ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेल प्लानिङ ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी एफसीबीच दिउँसो ३ बजे सुरु हुनेछ । दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेम्स मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई शृङ्खलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार राति सम्पन्न खेलमा नेपाल घरेलु टोली नेदरल्यान्डस्ससँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १५८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४४.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले अविजित ६१ रन बनाए । नोआ ...
: काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलंकासँग पराजित भएको छ । पाकिस्तानको इस्लामाबादमा भएको खेलमा नेपाल श्रीलंकासँग ३–२ ले पराजित भएको हो । नेपाल श्रीलंकासँग पहिलो, चौथो र पाँचौं सेटमा हार व्यहो¥यो । नेपालले दोस्रो र तेस्रो लगातार २ सेट जित्दा चौथो सेटमा निकै प्रतिस्पर्धात्मक खेलमा हार व्यहोर्‍यो । त्यसपछि पाँचौं सेटमा भने नेपालले ८ ...
: एसियन गेम्स–२०२६ को महिला भलिबल अन्तर्गत नेपालले समूह ‘ए’ मा रहेर खेल्ने भएको छ । जापानमा हुने प्रतियोगितामा नेपालले समूह ‘ए’ मा रहेर जापान र इन्डोनेसियासँग खेल्ने छ । समूह ‘बी’ मा चीन, काजाकिस्तान र फिलिपिन्स रहेका छन् । समूह ‘सी’ मा थाइल्यान्ड, चाइनिज ताइपेइ, कीर्गिस्तान र मंगोलिया रहेका छन् । समूह ‘डी’ मा ...
: आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १५८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। उट्रेचमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४४.४ ओभरमा १५७ रन बनाउँदै अलआउट भयो। आज पनि नेपालको ब्याटिङ चलेन। नेपालका लागि मध्य क्रममा आएका आरिफ शेखले सर्वाधिक ४१ रन बनाए। उनले ९० बलमा ४ ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेट लिग–टुअन्तर्गत नामिबियासँगको खेलमा नेपालको ब्याटिङमै समस्या देखिएको छ। नेदरल्यान्ड्समा मंगलबार भएको विश्वकप क्रिकेट लिग–टुको त्रिकोणात्मक शृंखलाको आफ्नो पहिलोे खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको हो। नेपालले दिएको १ सय ५८ रनको मध्यम लक्ष्य नामिबियाले ३७.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो। नामिबियालाई फराकिलो जित दिलाउन जान ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम