मुख्य समाचार
राष्ट्रिय लिगमा मछिन्द्रको लगातार दोस्रो जित, मनाङ मर्स्याङ्दीको दोस्रो हार
राष्ट्रिय लिगमा मछिन्द्रको लगातार दोस्रो जित, मनाङ मर्स्याङ्दीको दोस्रो हार

। मछिन्द्र क्लबले राष्ट्रिय लिग फुटबलमा सोमबार मनाङ मर्स्याङ्दी क्लबलाई २-१ ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ ।

मनाङ मर्स्याङ्दीको भने यो लगातार दोस्रो हार हो ।




मछिन्द्रले लालिगुराँस एसोसिएसन समान ६ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । समान अंक भएपनि लालिगुराँस गोल अन्तरमा शीर्ष स्थानमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा सनिश श्रेष्ठले आठौं मिनेटमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए ।




तर पहिलो हाफको इन्जुरी टाइममा मनाङका लागि विशेष लामाले बराबरी गोल गर्दै खेल रोमाञ्चक बनाएका थिए ।



दोस्रो हाफमा मछिन्द्रले एक गोल गर्दै ३ अंक जोड्यो । जोनाथान जोरिलाले ५७औं मिनेटमा निर्णायक गोल गरे ।

सोमबार भएको पहिलो खेलमा कास्कीको लालिगुराँसले बाराको नव जनजागृतिलाई ४-१ ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो ।

यस्तै एनआरटीले पनि सातदोबाटो युथ क्लबलाई ३-१ ले पराजित गर्दै पहिलो जित हात पारेको छ ।

लिगमा मंगलबार दुई खेल हुनेछ । पहिलो खेल नेपाल पुलिस क्लब र चित्लाङ एफसीबीच बिहान ११ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेल प्लानिङ ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी एफसीबीच दिउँसो ३ बजे सुरु हुनेछ । दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेम्स मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटमा नेपालको समूहमा रहेको नेदरल्यान्ड्सले लगातार दोस्रो जित निकालेको छ
आगामी महिना भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी–२० विश्वकपमा बंगलादेश सहभागी नहुन सक्ने चर्चाका बीच स्कटल्यान्डलाई भने सहभागिताबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी नआएको खुलेको छ
। यूएईमा सुरु भएको अफगानिस्तान र वेस्ट इन्डिजबीचको टी-२०आई शृंखलाअन्तर्गत दुबईमा भएको पहिलो खेलमा अफगानिस्तान विजयी भएको छ । अफगान टिमले वेस्ट इन्डिजलाई ३८ रनले पराजित गरेको हो। आगामी महिनामा हुने टी–२० विश्वकपको तयारीस्वरूप भएको यस खेलमा अफगानिस्तानले बलियो प्रदर्शन गर्‍यो। अफगानिस्तानले दिएको १८२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र ...
: साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालले दोस्रो हार व्यहोरेको छ। थाइल्यान्डको बैंककस्थित नोनथाबुरी स्टेडियमको फुटसल एरिनामा भएको खेलमा नेपाल बंगलादेशसँग ३–० ले पराजित भएको हो। बंगलादेशका लागि कप्तान सबिना खातुन, कृष्णरानी सरकार र लिपी अख्तरले गोल गरे। नेपाललाई हराउँदै बंगलादेश अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यसअघिको ३ खेलमा नेपालले १ जित, १ हार र ...
: आयरल्यान्डले पपुवा न्युगिनी (पीएनजी)लाई हराउँदै आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसमा विजयी सुरुवात गरेको हो। माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको समूह ए अन्तर्गतको दोस्रो खेलमा आयरल्यान्डले पीएनजीलाई ४१ रनले हराउँदै विजयी सुरुवात गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४६ रन बनाएको थियो। आयरल्यान्डले दिएको १४७ रनको ...