मुख्य समाचार
नेपाल र बंगलादेशबीच वाणिज्य सचिव स्तरीय ८औं बैठक सम्पन्न
नेपाल र बंगलादेशबीच वाणिज्य सचिव स्तरीय ८औं बैठक सम्पन्न

। नेपाल र बंगलादेशबीच वाणिज्य सचिव स्तरीय ८औं बैठक सम्पन्न भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार २९ र ३० पुसमा सम्पन्न बैठकमा ७औं बैठकमा भएका निर्णय तथा सहमति कार्यान्वयन प्रगति समीक्षा गरी आगामी सहकार्यका विषयमा दिशानिर्देश गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बैठकमा व्यापार, लगानी, पारवहन, भन्सार सहजीकरण र प्राविधिक सहकार्य सम्बन्धी विषयमा बृहत छलफल भएको थियो ।

बैठकमा नेपालको प्रतिनिधित्व मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे र बंगलादेशको वाणिज्य मन्त्रालयका सचिव महबुबुर रहमानले गरेका थिए ।

बैठकमा नेपालले द्विपक्षीय व्यापार अभिवृद्धिका लागि भन्सार एवं गैरभन्सार शुल्क तथा अन्य अवरोध घटाउनुपर्ने वा हटाउनुपर्ने बताएको छ ।

द्विपक्षीय भुक्तानी व्यवस्था सहज, छरितो एवं भरपर्दो हुनुपर्ने समेत नेपालको भनाइ थियो । अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नतिका सन्दर्भमा क्षेत्रीय तथा बहुपक्षीय संयन्त्रमा सहकार्य बढाउनुपर्ने विषयमा समेत नेपालको जोड थियो ।

बंगलादेशको पक्षबाट पारवहन पूर्वाधार सुदृढीकरण, राजस्व प्रक्रिया सरलीकरण र व्यापार सहजीकरणमा प्रतिबद्धता व्यक्त गर्दै द्विपक्षीय आर्थिक साझेदारी विस्तारमा जोड दिएको बताइएको छ ।

बैठकमा अग्राधिकार व्यापार सम्झौता (पीटीए) को मस्यौदा, रुल्स अफ ओरिजिन (आरओओ) तथा वस्तु सूचीबारे छलफल तथा वार्ता गरी टुंगोमा पुग्न तीन महिनाभित्र ट्रेड नेगोसिएसन कमिटी बैठक नेपालमा आयोजना गर्ने सहमति भएको छ ।

दुवै पक्षबीच भन्सार प्रक्रिया सरलीकरण, भुक्तानी प्रणाली सुधार लगायतमा सहकार्य सहमति समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: दसैं–तिहारका लागि चीनबाट ल्याउन लागिएका लत्ताकपडा, जुत्ताचप्पल, विद्युतीय सामग्री र सजावटका सामान उत्तरी नाकामै अड्किएका छन्। सामान बजारमा आउने बेला प्रमुख मार्ग अवरुद्ध हुँदा एकातिर व्यापारीको लगानी फँस्ने सम्भावना छ भने अर्कोतिर चाडपर्वको बजार महँगिएको छ। भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले भन्सार कार्यालय, सडक तथा अन्य संरचनामा क्षति पुर्‍याएपछि रसुवागढी नाका बन्द भएको ...
— यस वर्ष दसैं, तिहार र छठको अवसरमा नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिएको छ । अघिल्ला दुई वर्ष सुकिला (प्रयोगमा रहेका) नोट मात्र वितरण गरेको राष्ट्र बैंकले यस वर्ष नयाँ नोट नै सटही सुविधा दिएको हो । राष्ट्र बैंकले नयाँ नोट साट्न विगतमा जस्तो सूचना जारी गर्ने चलन यसपालि हटाएको छ । इच्छुक सर्वसाधारणले राष्ट्र ...
। चाडपर्वका बेला उपभोक्तालाई सहज ग्यास उपलब्ध गराउन ग्यास उद्योगीहरूले जुनसुकै ब्रान्ड (कम्पनी) को ग्यास सिलिन्डर साट्न सक्ने व्यवस्था गर्न लागेको बताएका छन् । यससँगै काठमाडौं उपत्यकाका उपभोक्ताले जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर आफूलाई पायक पर्ने स्थानबाट ग्यास लिन पाउने भएका छन् । यसका लागि उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । एउटामात्र सिलिन्डर भएका उपभोक्ताले बजारमा ...
: आफूसँग भएका जहाजसमेत पूर्णक्षमतामा सञ्चालन गर्न नसकेको नेपाल वायुसेवा निगमले फेरि लिजमा जहाज थप्ने प्रक्रिया अघि बढाउने तयारी गरेको छ। निगमका ५ चिनियाँ जहाज वर्षौंदेखि व्यावसायिक उडानमा छैनन् , एउटा ट्विनअटर लामो समयदेखि ग्राउन्डेड छ भने अन्तर्राष्ट्रिय उडानका चारमध्ये एउटा वाइडबडी इटालीमा मर्मतका क्रममा लामो समयदेखि उतै छ। निगमका अनुसार अवस्थाअनुसार अन्तर्राष्ट्रिय उडानमा अहिले तीनवटा ...
। कृषि, वन तथा पर्यावरण मन्त्रालयले ‘पशु वधशाला र मासु जाँच (दोस्रो संशोधन) नियमावली २०५७’ को मस्यौदा सार्वजनिक गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै विधायन ऐन २०८१ को दफा ६ को उपदफा (२) को प्रयोजनार्थ उक्त मस्यौदामाथि सर्वसाधारण र सरोकारवालाबाट राय, सुझाव तथा पृष्ठपोषण माग गरेको हो । सार्वजनिक गरिएको संक्षिप्त विवरण अनुसार यस मस्यौदाको मुख्य ...