मुख्य समाचार
इलाम-२ मा भेषराज सुहाङसँग चुनाव लड्ने
इलाम-२ मा भेषराज सुहाङसँग चुनाव लड्ने

। नेपाली कांग्रेसले इलाम क्षेत्र नम्बर २ मा भेषराज आचार्यलाई उम्मेदवार बनाएको छन् ।

भोलि हुने उम्मेदवारी दर्ताअघि कांग्रेसले धमाधम उम्मेदवार तय गर्दैछ । सो क्रममा सभापति गगन कुमार थापाले आचार्यलाई इलाम–२ को टिकट दिएका हुन् ।

यो क्षेत्रमा गत ०८१ वैशाखमा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका थिए ।

त्यतिबेला कांग्रेसले यहाँ डम्बरबहादुर खड्कालाई उठाएको थियो । सुहाङले २७ हजार ७७२ मत ल्याउँदा खड्काले भने २१ हजार ९४२ मत प्राप्त गरेका थिए ।


अहिले भने कांग्रेसले उम्मेदवार फेरेको हो । कांग्रेसले टिकट दिएका आचार्य ०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा पनि उम्मेदवार भएका थिए ।

त्यतिबेला उनी सुवास नेम्वाङसँग पराजित भएका थिए । तिनै आचार्यलाई अहिले कांग्रेसलिे उम्मेदवार बनाएको हो ।

०७० को संविधानसभा निर्वाचनमा आचार्यले १२ हजार ८२८ मत पाउँदा नेम्वाङले १४ हजार ९३० मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोइरालाले मोरङ ६ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
। २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले उम्मेदवारी दर्ता गराएका छन् । नेपालले रौतहट क्षेत्र नं. १ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
। रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार, उनीसँग अदालतले १ करोड धरौटी माग गरेको हो । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दायर भएको थियो । उक्त मुद्दामा न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले धरौटी माग गर्ने निर्णय ...
। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं- ५ ले आफूलाई फेरि सांसद बनाउने विश्वास व्यक्त गरेका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन गर्न पुगेका उनले पहिलोपटक सांसद बन्ने अवसर काठमाडौं ५ नै दिएकोले फेरि पनि सोही विश्वास रहेको भनेका हुन् । ‘काठमाडौं- ५ ले मलाई पहिलोपटक सांसद बनायो । त्यसैले मैले यो क्षत्र छोडेर कतै ...
। मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका प्रसाईंलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा छाड्न आदेश दिएको हो । त्यसपछि प्रसाईं छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए । निर्वाचन आयोगले ५२ करोड रुपैयाँ खाएर कांग्रेसको विशेष महाधिवेश पक्षलाई ...