मुख्य समाचार
उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा लगायत तडकभडक नगर्न चेतावनी
उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा लगायत तडकभडक नगर्न चेतावनी

। निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा लगायत तडकभडक नगर्न चेतावनी दिएका छन् ।

सञ्चारकर्मीहरूसँग सोमवार आयोगमा कुराकानी गर्दै उनले उम्मेदवारी कायम गर्न जाँदा बाजागाजा लगायतका तडकभडक नगर्न चेतावनी दिएका हुन् ।




तडकभडकलाई कानूनले पूर्ण रुपमा निषेध गरेको र आचारसंहीताले पनि निषेध गरेकाले त्यस्ता गतिविधिहरू नगर्न सचेत गराए ।

आचारसंहिता उल्लंघन गर्नेविरुद्ध आयोगले कठोर निर्णय लिने चेतावनी पनि उनले दिए । निष्ठापूर्वक आचारसंहीतालाई परिपालन गर्दै मनोनयन पत्र दाखिल गर्न उनले आग्रह गरे ।




‘उम्मेदवारी कायम गर्न जाँदा बाजागाजा लगायतका तडकभडक हुन्छ । यो पूर्ण रुपमा कानुनले निषेध गरेको छ । आचारसंहिताले निषेध गरेको छ,’ भण्डारीले भने ।

प्रमुख कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले अब हुने निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा हुने दाबी गरे ।

‘आचारसंहिताले निषेध गरेका कामहरू प्रयोग नगरीकन निष्ठापूर्वक आचारसंहितालाई परिपालन गर्दै मनोनयन पत्र दाखिल गर्न जानुभयो भने सबै सरोकारवाला लगायत मतदाताहरूको र त्यसलाई टड्कारो रुपमा हेरिरहनुभएका विदेशमा रहेका, नेपालको निर्वाचनप्रति चासो र सरोकार राख्ने व्यक्तिहरूको बीचमा पनि अब हुने निर्वाचन, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा निर्वाचन हुँदैछ,’ उनले भने, ‘यो निर्वाचनमा कुनै शंका, उपशंका गर्नुपर्दैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोइरालाले मोरङ ६ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
। २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले उम्मेदवारी दर्ता गराएका छन् । नेपालले रौतहट क्षेत्र नं. १ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
। रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार, उनीसँग अदालतले १ करोड धरौटी माग गरेको हो । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दायर भएको थियो । उक्त मुद्दामा न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले धरौटी माग गर्ने निर्णय ...
। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं- ५ ले आफूलाई फेरि सांसद बनाउने विश्वास व्यक्त गरेका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन गर्न पुगेका उनले पहिलोपटक सांसद बन्ने अवसर काठमाडौं ५ नै दिएकोले फेरि पनि सोही विश्वास रहेको भनेका हुन् । ‘काठमाडौं- ५ ले मलाई पहिलोपटक सांसद बनायो । त्यसैले मैले यो क्षत्र छोडेर कतै ...
। मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका प्रसाईंलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा छाड्न आदेश दिएको हो । त्यसपछि प्रसाईं छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए । निर्वाचन आयोगले ५२ करोड रुपैयाँ खाएर कांग्रेसको विशेष महाधिवेश पक्षलाई ...