मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनका लागि बाराका चारवटा निर्वाचन क्षेत्रबाट एक सय १२ जनाले उम्मेदवारी दर्ता
प्रतिनिधिसभा निर्वाचनका लागि बाराका चारवटा निर्वाचन क्षेत्रबाट एक सय १२ जनाले उम्मेदवारी दर्ता

: प्रतिनिधिसभा निर्वाचनका लागि बाराका चारवटा निर्वाचन क्षेत्रबाट एक सय १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालयका अनुसार बारा–१ मा २० जना, बारा–२ मा २९ जना, बारा–३ मा २४ जना र बारा–४ मा ३९ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

बारा–१ मा नेकपा एमालेबाट निवर्तमान प्रतिनिधिसभा सदस्य अच्युत मैनाली, नेपाली कांग्रेसबाट शम्भुबहादुर बुढाथोकी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश धिमाल, नेकपाबाट सन्तोष दंगाल, जनता समाजवादी पार्टी नेपालबाट रामबाबु यादव, जनमतबाट कमरुल्लाह अंसारीसहित २० जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।


बारा क्षेत्र नं. २ मा एमालेबाट बलबीर चौधरी, कांग्रेसबाट भैयाराम यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट चन्दन सिंह, नेकपाबाट रमेशप्रसाद यादव, जसपा नेपालबाट रामकिशोर यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लालबाबु साह तेली, जनमतबाट राजेश साहलगायतले उम्मेदवारी दर्ता गरेका छन् ।




बारा–३ मा एमालेबाट पूर्वमन्त्री ज्वालाकुमारी साह, कांग्रेसबाट पूर्वमन्त्री फरमुल्लाह मंसुर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अरविन्द साह, नेपाली कम्युनिस्ट पार्टीबाट भरतप्रसाद साह, जसपा नेपालबाट रामबाबु कुमार यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्रप्रसाद जैसवार, जनमतबाट प्रमोद गुप्ता, उज्यालो नेपाल पार्टीबाट तीर्थबहादुर गुरुङ, श्रम संस्कृति पार्टीबाट मुमताज बेगम, आम जनता पार्टीबाट लक्ष्मण लामा, राष्ट्रिय जनमोर्चाबाट बालकृष्ण शर्मालगायतको मनोनयन दर्ता भएको छ ।

बारा–४ मा भने पूर्वमन्त्री, पूर्व आईजीपीसहित ३९ जनाले मनोनयन दर्ता गरेका छन् । बारा–४ मा एमालेबाट पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान), कांग्रेसबाट श्यामबाबु गुप्ता, रास्वपाबाट रहबर अंसारी, जसपाबाट सन्जु साह कानु, राप्रपाबाट दिलिपकुमार शर्मा, जनमतबाट हसनजान मियाँ, समुन्नत नेपालबाट पूर्व आईजीपी सर्वेन्द्र खनाल, उज्यालो नेपालबाट सन्तोषकुमार गुप्ता, श्रम संस्कृति पार्टीबाट गोपालबहादुर खत्री, राष्ट्र निर्माण दल नेपालबाट समीम मियाँ अंसारी, राष्ट्रिय एकता दलबाट विनय यादवसहित ३९ जना छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फागुन २१ हुने हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले उम्मेदवारी दिएका छन्। उनले झापा ३ बाट उम्मेदवारी दर्ता गराएका हुन्। भद्रपुरस्थित जिल्ला समन्वय समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर राप्रपा अध्यक्ष लिङ्देनले उम्मेदवारी दिएका हुन् । उनको समर्थकमा पुनम राजवंशी र प्रस्तावक अभिषेक ढुंगाना रहेका छन् ...
: नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेका छन्। मंगलबार नेता–कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर बस्नेतले उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेद्वारी दर्ता गर्ने क्रममा बस्नेतले निर्वाचन हुने दिशामा मुलुक अघि बढ्नु सकारात्मक भएको बताए। उनले संविधानमाथि भएको हमलाबाट जोगाउँदै जेनजी आन्दोलनमा क्षति भएका सार्वजनिक संरचनाको पुननिर्माणमा जुट्नुपर्ने उल्लेख ...
: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टीबाट सर्लाही क्षेत्र नम्बर २ मा राजेन्द्र महतोले आफ्नो मनोनयन दर्ता गराएका छन् । उनले तेस्रो पटक यस क्षेत्रबाट प्रतिनिधि सभाको लागि उम्मेदवारी दर्ता गराएका हुन्। २०६४ मा जित हासिल गरेका महतो २ पटक महेन्द्र राय यादवसँग पराजित भएका थिए ।
: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन अनन्तले नेपाल भूराजनीतिक द्वन्द्वको पचेटामा पर्ने खतरा रहेको बताएका छन्। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार गृह जिल्ला रोल्पाबाट उम्मेदवारी दर्ता गराएपछि सदरमुकाम लिवाङमा आयोजित सभालाई सम्बोधन गर्दै पुनले दक्षिण एसियाली मुलुकहरू श्रीलंका र बंगलादेशपछि नेपालमा विदेशी शक्तिको खिचातानी देखिएको बताए। आगामी निर्वाचनमा राष्ट्रवादी शक्तिलाई ...
। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाही जिल्लाका चार निर्वाचन क्षेत्रमा गरी कुल १३३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न राजनीतिक दलका ६१ र स्वतन्त्र ७२ उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका हुन् । जिल्ला निर्वाचन कार्यालयका नायब सुब्बा मनिषकुमार साहका अनुसार निर्वाचन क्षेत्र नं १ ...