। नेपाली कांग्रेसले देशभरका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ ।
उम्मेदवार मध्ये १०६ जना अर्थात् ६४ प्रतिशत उम्मेदवार नयाँ रहेको प्रवक्ता देवराज चालिसेले बताए । ‘पार्टी बदलिएको सन्देश हामीले उम्मेदवार चयन मार्फत दिएका छौं,’ उनले भने, ‘उम्मेदवारी चयनमा समावेशीता र युवालाई ध्यान दिएका छौं ।’
सभापति गगन थापाले सर्लाही–४ बाट उम्मेदवारी दिनु पनि सन्देश नै भएको उनको भनाइ छ ।
‘मुलुकको कार्यकारीले तराई प्रतिनिधित्व गर्नुपर्छ भन्ने हिसाबले पार्टी सभापतिलाई सर्लाही लगेका हौं,’ चालिसेले भने ।