मुख्य समाचार
पर्सा जिल्ला अदालतमा १ करोड धरौटी बुझाएर रिहा भए रास्वपा सभापति लामिछाने
पर्सा जिल्ला अदालतमा १ करोड धरौटी बुझाएर रिहा भए रास्वपा सभापति लामिछाने

: वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको मुद्दामा १ करोड रुपैयाँ धरौटी पर्सा जिल्ला अदालतमा बुझाएर रास्वपा सभापति रवि लामिछाने रिहा भएका छन्।


जिल्ला सरकारी वकिलको कार्यालय पर्साले उक्त सहकारीको ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबीसहित लामिछानेसहित २९ जनाविरुद्ध गत जेठ ३० गते सहकारी ठगी तथा संगठित अपराध मुद्दाको अभियोगपत्र जिल्ला अदालतमा दर्ता गरेको थियो। साथै उनिविरुद्ध संगठित अपराध निवारण ऐन २०७० को दफा ९ को खण्ड (क) र (ग) बमोजिम थप सजायसमेत सरकारी वकिलको कार्यालयले अदालत समक्ष माग गरेको थियो।


त्यही मुद्दामा पर्सा जिल्ला अदालतमा न्यायाधीश रुद्र सुवेदीको इजलासमा मंगलबार थुनछेक बहस भएको थियो। बयान र थुनछेक बहसका लागि मंगलबार पर्सा जिल्ला अदालतमा लामिछाने स्वयं उपस्थित भएका थिए। सुवेदीको इजलासले थुनछेक बहसपछि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी रकम माग गरेको थियो। त्यसपछि उनि १ करोड रुपैयाँ रकमको प्रभु बैंकको ग्यारेन्टी बुझाएर मंगलबार नै रिहा भएको पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकले जानकारी दिए।

वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको अनुसन्धान सकेर पर्सा प्रहरीले सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो। त्यसैका आधारमा सरकारी वकिलको कार्यालयले अध्ययनपछि लामिछानेसहित २९ जनाउपर जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो।

मंगलबार अदालतमा धरौटी बुझाएर रिहा भएलगत्तै लामिछाने आफ्नो निर्वाचन क्षेत्र चितवन–२ मा मनोनयन दर्ता गराउन वीरगन्जबाट प्रस्थान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फागुन २१ हुने हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले उम्मेदवारी दिएका छन्। उनले झापा ३ बाट उम्मेदवारी दर्ता गराएका हुन्। भद्रपुरस्थित जिल्ला समन्वय समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर राप्रपा अध्यक्ष लिङ्देनले उम्मेदवारी दिएका हुन् । उनको समर्थकमा पुनम राजवंशी र प्रस्तावक अभिषेक ढुंगाना रहेका छन् ...
: नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेका छन्। मंगलबार नेता–कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर बस्नेतले उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेद्वारी दर्ता गर्ने क्रममा बस्नेतले निर्वाचन हुने दिशामा मुलुक अघि बढ्नु सकारात्मक भएको बताए। उनले संविधानमाथि भएको हमलाबाट जोगाउँदै जेनजी आन्दोलनमा क्षति भएका सार्वजनिक संरचनाको पुननिर्माणमा जुट्नुपर्ने उल्लेख ...
: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टीबाट सर्लाही क्षेत्र नम्बर २ मा राजेन्द्र महतोले आफ्नो मनोनयन दर्ता गराएका छन् । उनले तेस्रो पटक यस क्षेत्रबाट प्रतिनिधि सभाको लागि उम्मेदवारी दर्ता गराएका हुन्। २०६४ मा जित हासिल गरेका महतो २ पटक महेन्द्र राय यादवसँग पराजित भएका थिए ।
: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन अनन्तले नेपाल भूराजनीतिक द्वन्द्वको पचेटामा पर्ने खतरा रहेको बताएका छन्। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार गृह जिल्ला रोल्पाबाट उम्मेदवारी दर्ता गराएपछि सदरमुकाम लिवाङमा आयोजित सभालाई सम्बोधन गर्दै पुनले दक्षिण एसियाली मुलुकहरू श्रीलंका र बंगलादेशपछि नेपालमा विदेशी शक्तिको खिचातानी देखिएको बताए। आगामी निर्वाचनमा राष्ट्रवादी शक्तिलाई ...
। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाही जिल्लाका चार निर्वाचन क्षेत्रमा गरी कुल १३३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न राजनीतिक दलका ६१ र स्वतन्त्र ७२ उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका हुन् । जिल्ला निर्वाचन कार्यालयका नायब सुब्बा मनिषकुमार साहका अनुसार निर्वाचन क्षेत्र नं १ ...