मुख्य समाचार
संसारकै अनौठो पसल, जहाँ १ मिनेटसम्म चोर्न पाइन्छ
संसारकै अनौठो पसल, जहाँ १ मिनेटसम्म चोर्न पाइन्छ

। जापानको राजधानी टोकियोमा पछिल्लो समय एउटा अनौठो पसलले सबैको ध्यान तानिरहेको छ। त्यो पसल त्यत्तिकै चर्चित भएको होइन। यो सायद दुनियाँकै एउटामात्रै त्यस्तो पसल हो, जसमा खुलमखुल्ला चोरी गर्न पाइन्छ।

उक्त पसलभित्र प्रवेश गरेसँगै जोकोहीलाई सामान चोर्नका लागि ६० सेकेन्डको समय दिइन्छ । त्यो समयभित्रमा पसलमा भएको जुनसुकै सामानहरु उठाउन पाइन्छ। तर आफूलाई मन लागेको चिज चोरी गर्न पाउने यो अवसर जति रोमाञ्चक लाग्छ त्यत्तिकै चुनौतीपूर्ण पनि छ । किनभने यसमा कडा नियमहरू राखिएका छन्।


‘जापान टुडे’का अनुसार उक्त अनौठो पसलको नाम टिओएस हो। जापानी भाषामा यो ‘चोरी’ भन्ने अर्थ दिने अक्षरको उच्चारणमध्ये एक हो। यो स्टोर आगामी मार्च १३ देखि १६ सम्म चार दिनका लागि पुनः खोलिँदैछ। गत वर्ष पहिलो पटक सञ्चालनमा आउँदा यो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको थियो। त्यतिबेला मानिसहरु पसलमा गएर चोरी गर्न पाउने आशामा घण्टौँसम्म लामो लाइनमा उभिएका थिए। यो अनौठो अवधारणा एक रेडियो कार्यक्रमसँग आबद्ध कलाकारहरूको पहलमा सुरु गरिएको हो।

के छन् शर्त ?

चोर्न पाउने यो पसलमा प्रवेश गर्न १ हजार येन शुल्क तिर्नुपर्छ। भित्र पस्नेबित्तिकै भूमिगत बजारझैँ वातावरण महसुस हुन्छ। प्रवेश पाएसँगै आगन्तुकलाई ६० सेकेन्डको समय दिइन्छ। त्यस समयमा कपडा, एक्सेसरी वा ग्याजेटहरु लगायतका जुनसुकै सामान चोर्न पाइनेछ।

तर यो खेलको सबैभन्दा कठिन पक्ष भनेको पूर्ण मौनता राख्नु हो। पसलका हरेक कुनामा जडान गरिएका अत्यन्त संवेदनशील माइक्रोफोनले सानोभन्दा सानो आवाज पनि पक्रिन सक्छन्। यदि सानोमात्रै पनि आवाज आएमा चोरी गर्नका लागि अयोग्य भइन्छ र त्यस व्यक्तिला२ तुरुन्तै बाहिर निकालिन्छ। यसरी असफल भएमा समाइसकेका सामान पनि फिर्ता गर्नुपर्छ र प्रवेश शुल्क पनि पच हुन्छ।

चोर्नेहरुको अनु

गत वर्ष यो अवधारणा सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भएपछि त्यो पसलमा ठूलो भीड लागेको थियो। कतिपय अवस्थामा मानिसहरूलाई पसलमा प्रवेश पाउन घण्टौँसम्म लाइनमा कुर्नुपरेको थियो।

स्टोरलाई गोप्य र अन्डरग्राउन्ड बजारको शैलीमा तयार पारिएकाले भित्र छिर्नेहरूको उत्साह र तनाव दुबै बढ्छ। ६० सेकेन्डभित्र सामान छान्नु, उठाउनु र कुनै पनि आवाज नगरी बाहिर निस्कनु सहभागीहरूका लागि सजिलो काम हुँदैन।

यो अनुभव गरिसकेकाहरूका अनुसार सबैभन्दा चुनौतीपूर्ण कुरा सामान उठाउनु होइन, आफूलाई पूर्ण रूपमा शान्त र नियन्त्रणमा राख्नु नै हो।

– एजेन्सी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जापान सरकारले नयाँ तालिम तथा रोजगारी प्रणालीअन्तर्गत स्वीकार गरिने विदेशी कामदारको संख्या सीमित गर्ने तयारी थालेको छ । क्योदो न्युजका अनुसार सन् २०२७ को आर्थिक वर्षमा कार्यक्रम सुरु भएपछि पहिलो दुई वर्षमा करिब ४ लाख २६ हजार विदेशी कामदार मात्र स्वीकार गर्ने विषयमा जापानी सरकारभित्र छलफल भइरहेको छ । जापानी समाजमा विदेशी नागरिकको संख्या बढ्दै ...
— फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत डडेल्धुराको फैसलाले लागुऔषध मुद्दामा ८ दिन कैद, १० हजार ४०० रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ गरेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उप–महानगरपालिका–३ मिलनचोक बस्ने २२ वर्षीय आयुष सिजापती रहेका छन् । उनलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारबाट जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको छ । प्रहरीका ...
। जापानको ‘स्की’ रिसोर्टमा शुक्रबार भालु देखा परेको रिपोर्ट प्राप्त गरेको बताइएको छ । गत अप्रिल देखि देशभर भालुको आक्रमणद्वारा १३ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ भने भालुहरू घर भित्र प्रवेश गर्ने, विद्यालयहरू नजिकै घुम्ने र सुपरमार्केटहरूमा तोडफोड गर्ने घटनाहरू नियमित रूपमा रिपोर्ट गरिएको छ । नागानो क्षेत्रको हकुबा ४७ माउन्टेन स्पोट्र्स पार्ककी काजुया शिराकावालाई ...
— जापानको उत्तरपूर्वी क्षेत्रमा सोबार राति गएको ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तिमा ३० जना घाइते भएका छन् । भूकम्पका कारण हजारौं मानिस आफ्नो घरबाट विस्थापित भएका छन् । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प स्थानीय समयअनुसार राति ११ बजेर १५ मिनेटमा गएको थियो । यसको केन्द्र आओमोरी क्षेत्रको तटभन्दा करिब ८० किलोमिटर टाढा जमिनभन्दा ५० ...
: नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौतामा हस्ताक्षर भएको छ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा बुधबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा सम्झौतामा हस्ताक्षर भएको हो। जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्ब जापानी येन (करिब ३१.७६ अर्ब रुपैयाँ)बराबरको ऋण सहायता उपलब्ध गराएको हो। जाइकामार्फत् प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, ...