मुख्य समाचार
संसारकै अनौठो पसल, जहाँ १ मिनेटसम्म चोर्न पाइन्छ
संसारकै अनौठो पसल, जहाँ १ मिनेटसम्म चोर्न पाइन्छ

। जापानको राजधानी टोकियोमा पछिल्लो समय एउटा अनौठो पसलले सबैको ध्यान तानिरहेको छ। त्यो पसल त्यत्तिकै चर्चित भएको होइन। यो सायद दुनियाँकै एउटामात्रै त्यस्तो पसल हो, जसमा खुलमखुल्ला चोरी गर्न पाइन्छ।

उक्त पसलभित्र प्रवेश गरेसँगै जोकोहीलाई सामान चोर्नका लागि ६० सेकेन्डको समय दिइन्छ । त्यो समयभित्रमा पसलमा भएको जुनसुकै सामानहरु उठाउन पाइन्छ। तर आफूलाई मन लागेको चिज चोरी गर्न पाउने यो अवसर जति रोमाञ्चक लाग्छ त्यत्तिकै चुनौतीपूर्ण पनि छ । किनभने यसमा कडा नियमहरू राखिएका छन्।


‘जापान टुडे’का अनुसार उक्त अनौठो पसलको नाम टिओएस हो। जापानी भाषामा यो ‘चोरी’ भन्ने अर्थ दिने अक्षरको उच्चारणमध्ये एक हो। यो स्टोर आगामी मार्च १३ देखि १६ सम्म चार दिनका लागि पुनः खोलिँदैछ। गत वर्ष पहिलो पटक सञ्चालनमा आउँदा यो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको थियो। त्यतिबेला मानिसहरु पसलमा गएर चोरी गर्न पाउने आशामा घण्टौँसम्म लामो लाइनमा उभिएका थिए। यो अनौठो अवधारणा एक रेडियो कार्यक्रमसँग आबद्ध कलाकारहरूको पहलमा सुरु गरिएको हो।

के छन् शर्त ?

चोर्न पाउने यो पसलमा प्रवेश गर्न १ हजार येन शुल्क तिर्नुपर्छ। भित्र पस्नेबित्तिकै भूमिगत बजारझैँ वातावरण महसुस हुन्छ। प्रवेश पाएसँगै आगन्तुकलाई ६० सेकेन्डको समय दिइन्छ। त्यस समयमा कपडा, एक्सेसरी वा ग्याजेटहरु लगायतका जुनसुकै सामान चोर्न पाइनेछ।

तर यो खेलको सबैभन्दा कठिन पक्ष भनेको पूर्ण मौनता राख्नु हो। पसलका हरेक कुनामा जडान गरिएका अत्यन्त संवेदनशील माइक्रोफोनले सानोभन्दा सानो आवाज पनि पक्रिन सक्छन्। यदि सानोमात्रै पनि आवाज आएमा चोरी गर्नका लागि अयोग्य भइन्छ र त्यस व्यक्तिला२ तुरुन्तै बाहिर निकालिन्छ। यसरी असफल भएमा समाइसकेका सामान पनि फिर्ता गर्नुपर्छ र प्रवेश शुल्क पनि पच हुन्छ।

चोर्नेहरुको अनु

गत वर्ष यो अवधारणा सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भएपछि त्यो पसलमा ठूलो भीड लागेको थियो। कतिपय अवस्थामा मानिसहरूलाई पसलमा प्रवेश पाउन घण्टौँसम्म लाइनमा कुर्नुपरेको थियो।

स्टोरलाई गोप्य र अन्डरग्राउन्ड बजारको शैलीमा तयार पारिएकाले भित्र छिर्नेहरूको उत्साह र तनाव दुबै बढ्छ। ६० सेकेन्डभित्र सामान छान्नु, उठाउनु र कुनै पनि आवाज नगरी बाहिर निस्कनु सहभागीहरूका लागि सजिलो काम हुँदैन।

यो अनुभव गरिसकेकाहरूका अनुसार सबैभन्दा चुनौतीपूर्ण कुरा सामान उठाउनु होइन, आफूलाई पूर्ण रूपमा शान्त र नियन्त्रणमा राख्नु नै हो।

– एजेन्सी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्‍याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर हुँदा मुद्रास्फीति नियन्त्रण गर्न थप वृद्धि गर्ने बताएको छ। बजारले अपेक्षा गरे अनुरूप नै बैङ्कले २५ आधार बिन्दुको वृद्धि गरेर १.२५ प्रतिशत पुर्‍याइएको हो । युरोपेली केन्द्रीय बैङ्क र अमेरिकी फेडेरल रिजर्भको हालैको कडा नीतिपछि यो निर्णय ...
संसारको आधाभन्दा बढी जनसङ्ख्याका लागि चामल मुख्य खाना हो । मानिसहरूले खाने चामलमा ८५ प्रतिशतभन्दा बढी स्टार्च हुन्छ । यसमा १० प्रतिशत प्रोटिन र २ प्रतिशत फ्याट हुन्छ । चामलमा भिटामिन र अन्य तत्वहरू पनि हुन्छन् । चामलमा फ्याटको मात्रा कम हुने भएकाले यसमा कम ध्यान दिइएको थियो । तर फ्याटले पोषण, स्वाद र गुणस्तरमा प्रभाव ...
: जापानको आइची प्रिफेक्चर र नागोया सहरमा आयोजना हुने २०औं एसियाली खेलकुदका लागि चीनले युवा र अनुभवी खेलाडीको मिश्रणसहितको शक्तिशाली टोली निर्माण गरेको छ। चीनले सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुने प्रतियोगिताका लागि ८१५ खेलाडी समेटिएको टोली घोषणा गरेको छ। चिनियाँ टोलीका खेलाडीको औसत उमेर २४ वर्ष छ। चीनको समग्र प्रतिनिधिमण्डल एक हजार २७४ ...
। जापानको फुकुओकामा नेपाली युवती लक्ष्मी राजवंशीको हत्या प्रकरणमा तीन नेपाली पक्राउ परेका छन् । जापान प्रहरीका अनुसार हत्या अभियोगमा फुकुओका सहरको हाकाता वार्डस्थित एक व्यावसायिक विद्यालयमा अध्ययनरत २८ वर्षीय सन्जु तामाङ, सागा प्रिफेक्चरको तोसु सहरमा बस्ने २५ वर्षीय अमिस्ता तामाङ र सोही सहरमा बस्ने २२ वर्षीय प्रबिन लामा पक्राउ परेका हुन् । जापानको फुकुओकामा १९ अगस्टमा ...
। जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को कार्यकारी टोलीलाई जतिसक्दो चाँडो फेरबदल गर्ने विचार गरिरहेको स्थानीय सञ्चारमाध्यमहरूले सोमबार रिपोर्ट गरेका छन् । सोमबार ताकाइचीले टोकियोस्थित आफ्नो कार्यालयमा वरिष्ठ एलडीपी अधिकारीहरूसँग अपेक्षित नेतृत्व फेरबदलअघि पार्टी व्यवस्थापनबारे विचार आदानप्रदान गरेको पार्टी स्रोतलाई उद्धृत गरी क्योदो न्यूजले रिपोर्ट गरेको छ । बैठकमा एलडीपी नीति ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम