। युरोपियन च्याम्पियन्स लिग फुटबलमा प्रिमियर लिगको शीर्ष क्लब आर्सनलले लगातार सातौं जित निकाल्दै अपराजित यात्रा कायमै राखेको छ ।
गएराति भएको खेलमा आर्सनलले इटालियन क्लब इन्टर मिलानलाई ३-१ ले हराउँदै शतप्रतिशत जितको यात्रा कायमै राखेको हो ।
आर्सनलको जितमा ग्याब्रियल जेससले २ गोल गर्दा भिक्टर ग्योकेरेसले १ गोल गरे । इन्टरका पेटार सुसिकले गोल गरे ।
खेलको १०औ मिनेटमा जेससले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । १८औं मिनेटमा सुसिकले गोल गरे । जेससले ३१औं मिनेटमा फेरि गोल गर्दै पहिलो हाफमा टोलीलाई २-१ ले अगाडि राखे ।
ग्योकेरेसले ८४औं मिनेटमा गोल गर्दै आर्सनलको ३-१ को जित पक्का गरे ।
यो जितपछि आर्सनलले ७ खेलमा ७ जितसहित २१ अंक जोडेको छ । पराजित इन्टर १२ अंकसहित नवौं स्थानमा छ ।
सिटीको हार, टोटनहमको जित
गएराति नै भएको अर्को खेलमा प्रिमियर लिगकै अर्को क्लब म्यान्चेस्टर सिटीले भने हार बेहोरेको छ । सिटी बोडो ग्लिम्पटसँग ३-१ ले पराजित भएको हो ।
बोडोको जितमा क्यासपर होगले २ गोल गरे भने जेन्स हजले १ गोल गरे । सिटीका रायन चेर्कीले १ गोल गरे ।
क्यासपर होगले २२औं र २४औं मिनेटमा गोल गर्दै पहिलो हाफमा २-० ले अगाडि राखे । ५८औं मिनेटमा हजले गोल थपे । ६०औं मिनेटमा चेर्कीले गोल फर्काएपनि पर्याप्त भएन ।
६२औं मिनेटमा रोड्रीले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा सीमित भएको थियो ।
जितपछि बोडो ग्लिम्पटले ७ खेलमा ६ अंक जोडेर २७औं स्थानमा छ । पराजित सिटी ७ खेलमा १३ अंकसहित सातौं स्थानमा छ ।
यस्तो गएरातिको अर्को खेलमा प्रिमियर लिग क्लब टोटनहमले बोरुसिया डर्टमन्डलाई २-० गोलअन्तरले पराजित गर्यो ।
जितपछि टोटनहम ७ खेलमा १४ अंकसहित चौथो स्थानमा छ । डर्टमन्ड ११ अंकसहित १२औं स्थानमा छ ।