मुख्य समाचार
युरोपियन च्याम्पियन्स लिग फुटबलमा पोर्चुगिज क्लब स्पोर्टिङ सीपीले फ्रेन्च क्लब पीएसजीलाई २-१ ले पराजित
युरोपियन च्याम्पियन्स लिग फुटबलमा पोर्चुगिज क्लब स्पोर्टिङ सीपीले फ्रेन्च क्लब पीएसजीलाई २-१ ले पराजित

। युरोपियन च्याम्पियन्स लिग फुटबलमा पोर्चुगिज क्लब स्पोर्टिङ सीपीले फ्रेन्च क्लब पीएसजीलाई २-१ ले पराजित गरेको छ ।

स्पोर्टिङको जितमा लुइस जेभियर स्वारेजले दुवै गोल गरे । पीएसजीका लागि भिचा भरत्सखेलियाले १ गोल गरे ।


स्वारेजले ७४औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ७९औं मिनेटमा भरत्सखेलियाले बराबरी गोल फर्काए ।

९०औं मिनेटमा स्वारेजले विजयी गोल गरे । स्पोर्टिङ ३ अंक जोड्न सफल भयो ।


जितपछि स्पोर्टिङ ७ खेलमा १३ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । पराजित पीएसजी समान १३ अंकसहित पाँचौं स्थानमा छ ।

गएराति भएका अन्य खेलमा ओलम्पियाकसले बायर लेभरकुसनलाई २-० ले हरायो । कोपनहेगन र नापोलीले १-१ को बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पोखरामा हुने साफ यू-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार च्याम्पियनसिप खेल्ने २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । बन्द प्रशिक्षणमा रहेका ३५ खेलाडीबाट मुख्य प्रशिक्षक सुमन श्रेष्ठले अन्तिम टोली छनोट गरेका हुन् । यही जनवरी ३१ देखि फेब्रुअरी ७ सम्म पोखरा रंगशालमा हुने साफ यू-१९ ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलमा प्रिमियर लिगको शीर्ष क्लब आर्सनलले लगातार सातौं जित निकाल्दै अपराजित यात्रा कायमै राखेको छ । गएराति भएको खेलमा आर्सनलले इटालियन क्लब इन्टर मिलानलाई ३-१ ले हराउँदै शतप्रतिशत जितको यात्रा कायमै राखेको हो । आर्सनलको जितमा ग्याब्रियल जेससले २ गोल गर्दा भिक्टर ग्योकेरेसले १ गोल गरे । इन्टरका पेटार सुसिकले गोल गरे । खेलको ...
: साफ यु-१९ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। पोखरा रंगशालामा हुने यस प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्नेछन्। साफको प्रतियोगिता धेरै पछि काठमाडौंबाहिर हुँदैछ। नेपालले पहिलो खेल माघ १७ गते भारतसँग खेल्नेछ। प्रतियोगिताको लिग चरणको शीर्ष २ टिमले फाइनल खेल्नेछन्। नेपालको खेल तालिका माघ १७ : नेपाल भर्सेस भारत माघ १९ ...
। अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन कार्यक्रम अर्को सूचना नभएसम्मको लागि स्थगित भएको छ । एन्फा निर्वाचन समितिको मंगलबार बसेको बैठकले तत्कालका लागि एन्फाको निर्वाचन कार्यक्रम स्थगित गरिएको जानकारी एन्फालाई गराएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । एन्फाको माघ २८ गतेका लागि तोकिएको निर्वाचन सम्बन्धि उच्च अदालत पाटनले माघ ४ गते निर्वाचन सम्बन्धि प्रक्रिया ...
पाँच पटकको विजेता टोली पर्थ स्कोर्चर्स अस्ट्रेलियन बिग ब्यास लिग क्रिकेटको फाइनलमा प्रवेश