मुख्य समाचार
नेपाल भूराजनीतिक द्वन्द्वको पचेटामा पर्ने खतरा रहेको
नेपाल भूराजनीतिक द्वन्द्वको पचेटामा पर्ने खतरा रहेको

: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन अनन्तले नेपाल भूराजनीतिक द्वन्द्वको पचेटामा पर्ने खतरा रहेको बताएका छन्।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार गृह जिल्ला रोल्पाबाट उम्मेदवारी दर्ता गराएपछि सदरमुकाम लिवाङमा आयोजित सभालाई सम्बोधन गर्दै पुनले दक्षिण एसियाली मुलुकहरू श्रीलंका र बंगलादेशपछि नेपालमा विदेशी शक्तिको खिचातानी देखिएको बताए।


आगामी निर्वाचनमा राष्ट्रवादी शक्तिलाई विजयी गराएर सम्भावित भूराजनीतिक द्वन्द्व टार्न मतदाताले विवेकपूर्ण निर्णय गर्ने उनले विश्वास व्यक्त गरे। पुनले २३ भदौमा भएको नवयुवाको आन्दोलन जायज भए पनि २४ भदौको विध्वंशमा देशी विदेशी शक्तिको घुसपैठ भएको दाबी गरे। ‘२४ भदौको विध्वंशमा विदेशी विदेशी शक्तिको घुसपैठ भयो’, पुनले भने, ‘राष्ट्रिय स्वाधीनता चुनौतीपूर्ण बनेको छ। अग्रजहरूले बनाएको देश सग्लै राखेर भावी पुस्तालाई हस्तान्तरण गर्न सक्छौं कि सक्दैनौं ? आज त्यो चुनौती उभिएको छ।’

विश्व शक्तिहरूको खिचातानीले नेपाल भूराजनीतिक द्वन्द्वबाट प्रभावित भएको उनले बताए। आफ्नो उम्मेदवारी राष्ट्रिय स्वाधीनताको पक्षमा रहेको भन्दै उनले रोल्पाली जनताको शिर झुक्ने नदिने प्रतिबद्धता जनाएका छन्।

आफ्ना चिरपरिचित प्रतिद्वन्द्वी कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जिल्ला छाडेको र मुख्य चुनाव प्रचारक सन्तोष सुवेदी नै नेकपा प्रवेश गरेकाले आफ्नो जित सुनिश्चित भएको उनको भनाइ थियो। त्यहाँ नेत्रविक्रम चन्द विप्लवले उम्मेदवारी नदिने घोषणा गरेका छन्।

‘रोल्पा गणतन्त्र, संघीयता र समावेशीताका लागि सबैभन्दा धेरै बलिदान गरेको जिल्ला हो। यहाँ हाम्रो पार्टीको जग भत्काउँछु भनेर सबै पार्टी लागेका छन्। बलिदानबाट बनेको यो जग भत्काउन दिँदैनौं’, पुनले भने, ‘अमरसिंह पुनजी जिल्ला छाडेर अन्तै जानुभयो। विप्लवजीले चुनाव लड्ने घोषणा गर्नुभएको थियो। उहाँको प्रमुख चुनाव प्रचारक सन्तोष सुवेदी नै हाम्रो पार्टीमा प्रवेश गरेपछि उम्मेदवारी नदिने घोषणा गर्नुभएको छ। रोल्पामा हामीलाई जित्न कठिन छैन।’ उनले स्वच्छ र मैत्रीपूर्ण चुनावी प्रतिस्पर्धामा सहभागी हुन सबैलाई आग्रह पनि गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फागुन २१ हुने हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले उम्मेदवारी दिएका छन्। उनले झापा ३ बाट उम्मेदवारी दर्ता गराएका हुन्। भद्रपुरस्थित जिल्ला समन्वय समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर राप्रपा अध्यक्ष लिङ्देनले उम्मेदवारी दिएका हुन् । उनको समर्थकमा पुनम राजवंशी र प्रस्तावक अभिषेक ढुंगाना रहेका छन् ...
: नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेका छन्। मंगलबार नेता–कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर बस्नेतले उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेद्वारी दर्ता गर्ने क्रममा बस्नेतले निर्वाचन हुने दिशामा मुलुक अघि बढ्नु सकारात्मक भएको बताए। उनले संविधानमाथि भएको हमलाबाट जोगाउँदै जेनजी आन्दोलनमा क्षति भएका सार्वजनिक संरचनाको पुननिर्माणमा जुट्नुपर्ने उल्लेख ...
: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टीबाट सर्लाही क्षेत्र नम्बर २ मा राजेन्द्र महतोले आफ्नो मनोनयन दर्ता गराएका छन् । उनले तेस्रो पटक यस क्षेत्रबाट प्रतिनिधि सभाको लागि उम्मेदवारी दर्ता गराएका हुन्। २०६४ मा जित हासिल गरेका महतो २ पटक महेन्द्र राय यादवसँग पराजित भएका थिए ।
। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाही जिल्लाका चार निर्वाचन क्षेत्रमा गरी कुल १३३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न राजनीतिक दलका ६१ र स्वतन्त्र ७२ उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका हुन् । जिल्ला निर्वाचन कार्यालयका नायब सुब्बा मनिषकुमार साहका अनुसार निर्वाचन क्षेत्र नं १ ...
: नेपाली कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको पुत्ला जलाइएको छ। पूर्वगृहमन्त्री रमेश लेखकलाई टिकट नदिएको भन्दै उनका समर्थकहरूले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा सभापति थापा र उपसभापति शर्माको पुत्ला जलाएका हुन्। नेपाली कांग्रेसले कञ्चनपुर ३ मा लेखकलाई टिकट नदिएर हरि बोहरालाई उम्मेदवार बनाएको छ। यो क्षेत्रबाट २०५६, २०७० र २०७९ को निर्वाचनमा प्रतिनिधि ...