मुख्य समाचार
फागुन २१ मा हुने निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिलासुस्ती नगर्न निर्देशन
फागुन २१ मा हुने निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिलासुस्ती नगर्न निर्देशन

— कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले फागुन २१ मा हुने निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन्। कर्णाली प्रदेश सरकारअन्तर्गतका मन्त्रालयहरूको बुधबारदेखि शुरू भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री कँडेलले निर्वाचन आचारसंहिताले नियमित काम गर्न नरोक्ने हुँदा निर्वाचन देखाएर विकास निर्माण र सेवा प्रवाहका काम रोकिन नहुने बताएका हुन्।

उनले भने, ‘हाम्रोमा बहाना चाहिएको छ, निर्वाचन देखाएर विकासका काम रोकिनु हुँदैन।’ मुख्यमन्त्री कँडेलले मन्त्रालयअन्तर्गतका कामहरूको समयतालिका निर्माण भए पनि तालिकाअनुसार काम नभएकामा असन्तुष्टि व्यक्त गरे।

उनले कार्यालय प्रमुखलाई आफ्नो योग्यता, क्षमता र लगनशीलता परिणामसहित देखिने गरी काम गर्न निर्देशन दिएका छन् । विकास निर्माण र सेवा प्रवाहमा ढिलासुस्ती स्वीकार्य नहुने भन्दै उनले जनताको अपेक्षाअनुसार कामबाटै उत्कृष्टता प्रदर्शन गर्नु पर्ने बताए। उनले निर्वाचन आचारसंहिताले सही नयाँ कामलाई रोके पनि नियमित वार्षिक नीति तथा कार्यक्रममा समावेश भई स्वीकृत भइसकेका योजना तथा कार्यक्रमको कार्यान्वयनमा कुनै अवरोध नहुने स्पष्ट पारे ।

मुख्यमन्त्री कँडेलले स्वीकृत योजना समयमै सम्पन्न गर्न नसक्दा सरकारप्रति जनविश्वास कमजोर बन्ने उल्लेख गरे । विकास आयोजनामा गुणस्तर, समयसीमा र पारदर्शितामा कुनै सम्झौता नगर्न निर्देशन दिँदै मुख्यमन्त्री कँडेलले समन्वय र अनुगमनलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले बजेट कार्यान्वयनमा देखिएका समस्याको पहिचान गरी समाधानतर्फ लाग्नुपर्ने बताए । उनले समयमै खर्च र लक्ष्यअनुसार प्रगति हासिल गर्न मन्त्रालय तथा मातहतका कार्यालयबीच समन्वय आवश्यक रहेको उल्लेख गरे ।


जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले ऊर्जा र जलस्रोत क्षेत्र कर्णालीको समग्र विकासको आधार भएको उल्लेख गर्दै योजनाको प्रभावकारी कार्यान्वयनमा मन्त्रालय प्रतिबद्ध रहेको बताइन् ।

कार्यक्रममा प्रमुख सचिव वीरेन्द्रकुमार यादव, अर्थ सचिव, ऊर्जा सचिव तथा मन्त्रालयअन्तर्गतका १० जिल्लाका कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा गर्दै आगामी कार्ययोजनाका विषयमा समेत छलफल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा जनताले विनाश होइन निर्माण चाहने शक्तिलाई मत दिने बताएका छन्। दाङको घोराहीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका पोखरेलले सिंहदरबार जलाउने सोच र कार्यशैलीले देश बनाउन नसकिने स्पष्ट पारेका हुन्। उनले भने,'सिंहदरबार जलाउनेहरूले देश बनाउँदैनन्। जनताले अब त्यस्ता शक्तिलाई ...
: झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापामा नेता तथा कार्यकर्तासँगको भेटघाटमा व्यस्त छन् । काठमाडौं महानगरका निवर्तमान मेयर बालेनले रास्वपाबाट झापा २ मा उम्मेदवारी दिएकी निवर्तमान उपसभामुख इन्दिरा राना मगरसँग भेटघाट गरेका हुन् । बालेन मंगलबार दमकमा उम्मेदवारी दर्ता गरेपछि साँझ बिर्तामोड आएर बसेका थिए ...
: स्याङ्जा प्रहरीले लुकाइछिपाए राखेको अवस्थामा बन्दुक र गोलीगठ्ठा नियन्त्रणमा लिएको छ। प्रहरी चौकी विरूवाबाट खटि गएको ’विशेष सर्च अप्रेसन’ टोलीले विरूवा गाउँपालिका-३ सिउँडीबाट ४ नाले भरुवा बन्दुकसहित तीनजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिउँडीका ७७ वर्षीय तिलबहादुर पुलामी,मिनबहादुर पुलामी र रणबहादुर थापा रहेका छन्। तीलबहादुरको घरबाट २ नाल भरुवा बन्दुक, २२३ ग्राम ...
— पश्चिम नवलपरासीमा २ जना प्रतिनिधिसभा सदस्यका लागि ५ जना महिला सहित ५७ जनाले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीबाट सिन्धु जलेसा बुढाथोकी, आम आदमी पार्टीबाट माया कुमारी थापा, राष्ट्रिय जनमोर्चाबाट पार्वता पौड्याल तथा नेपाल मजदुर किसान पार्टीबाट रञ्जना सुवाल र गङ्गा देवी थारु महतोले मनोनयन दर्ता गराएकी छन् । क्षेत्र ...
: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जामा ६ स्वतन्त्र र राजनीतिक दलसहित २८ जनाले उम्मेदवारी दर्ता गरेका छन्। दुईवटा संघीय निर्वाचन क्षेत्र रहेको स्याङ्जामा स्याङ्जा क्षेत्र नं.१ मा ११ वटा राजनीतिक दल र २ स्वतन्त्र उम्मेदवारको उम्मेदवारी दर्ता भएको छ। मुख्य निर्वाचन कार्यालयका अनुसार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शेलेन्द्र घिमिरे,राष्ट्रिय स्वतन्त्र पार्टीका ...