: साफ महिला फुटसल च्याम्पियसिपमा नेपालले दोस्रो जित दर्ता गरेको छ। नोनथाबुरी स्टेडियमको फुटसल एरिनामा भएको खेलमा नेपालले पाकिस्तानलाई ५–१ ले हराएको हो।
पहिलो पिरियडमा ३ गोल गरेको नेपालले दोस्रो पिरियडमा २ गोल गर्दै १ गोल बेहोर्यो। नेपालका लागि मनिषा थापा मगरले दुई गोल गरिन्। रोशनी बोहोरा, दिपा राई र जेनिफर रानाले १–१ गोल गरे। पाकिस्तानका लागि आज्वा चौधरीले सान्त्वना गोल गरिन्।
नेपालले पहिलो खेलमा श्रीलंकासँग २–२ को बराबरी खेलेको थियो। दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ५–० ले हराएको थियो। तेस्रो खेलमा नेपाल भारतसँग पराजित भएको थियो। चौथो खेलमा नेपाल बंगलादेशसँग ३–० ले पराजित भएको थियो। यो जितसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।