मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको पहिलो वर्ष पूरा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको पहिलो वर्ष पूरा

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको पहिलो वर्ष पूरा भएको छ । उनले २० जनवरी २०२५ मा दोस्रो कार्यकालको सपथ लिएका थिए ।

‘यो निकै शान्दार अवधि रहृयो,’ ट्रम्पले मंगलबार भने । झन्डै १ घण्टा ४० मिनेटसम्म उनले आफ्ना कार्यकालका उपलब्धिहरुको चर्चा गरे । जसमा आप्रवासन, अमेरिकाको आर्थिक वृद्धि, व्यापार, विदेश नीतिमा उल्लेख्य सुधारलगायत दाबी छन् ।

यद्यपी पछिल्लो समय पश्चिमा देश तथा युरोपेली सहयोगीहरुसाग ट्रम्पको सम्बन्ध बिग्रिएको छ । ग्रिनल्यान्डलाई जसरी पनि अमेरिकामा गाभ्ने योजना अघि सारेपछि उनीसाग युरोपेली देशहरु चिढिएका हुन् ।

मंगलबारै स्विचरल्यान्डको डाभोसस्थित विश्व आर्थिक फोरममा भेला भएका युरोपेली नेताहरुले ट्रम्पले ग्रिनल्यान्डमा निम्त्याएको खतराबारे छलफल गरे ।

अमेरिकाको छिमेकी देश क्यानडाका प्रधानमन्त्री मार्क कार्नेले पश्चिमा देशहरुले अमेरिकी नेतृत्व बिनाको भविष्यबारे सोच्नुपर्ने समय आइसकेको बताए । ‘हामी विघटनको मध्यमा छौं । रुपान्तरण होइन,’ उनले भने ।

ट्रम्पले यसअघि सामाजिक सञ्जालमा शेयर गरेको एउटा एआई निर्मित तस्बिरमा क्यानेडा, ग्रिनल्यान्ड र भेनेजुएलाको नक्सामा अमेरिकाको झन्डा पोतिएको थियो । अर्को पोस्टमा ग्रिनल्यान्डमा अमेरिकाको झन्डा फहर्राएको देखिएको थियो ।

आफ्नो दोस्रो कार्यकालमा ट्रम्प बिस्तारवादी नीतिबाट ग्रस्त रहेको संकेत यी तस्विर र उनका गतिविधिले गर्छन् ।



न्युज ब्रिफिङका क्रममा ट्रम्पले ग्रिनल्यान्डमा आफुले अघि बढाएको दबाब रणनीति सफल हुने आशा व्यक्त गरे ।

‘ग्रिनल्यान्डमा हामीले धेरै भेटघाट तय गरेका छन्,’ उनले भने,‘मलाई लाग्छ यसले निकै राम्रो काम गर्नेछ । ’

ट्रम्पले नाटोको सुदृढीकरणमा आफुले भूमिका खेलेको दाबी समेत गरेका छन् । जबकी उनले भन्सार शुल्क बढाएका युरोपेली देश नै नाटोको सदस्य छन् । र, उनले आाखा लगाइरहेको ग्रिनल्यान्ड पनि नाटोकै भूमि हो ।

राष्ट्रपति ट्रम्पले राष्ट्रसंघको भूमिका प्रभावशारी नरहेको दाबी गरेका छन् । उनलाई पत्रकारहरुले सोधेका थिए, ‘के युद्धग्रस्त गाजामा पुनर्निर्माणको निगरानी गर्न तपाईको नेतृत्वमा बनाइएको शान्ति कमिटीले राष्ट्रसंघलाई बिस्थापित गर्नसक्छ ।’

यस प्रश्नमा ट्रम्प निकै प्रफुल्लित देखिए । उनले भने,‘हुनसक्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । सीएनएनको सहयोगी सञ्चारमाध्यम बीएफएमटीभीका अनुसार प्रदर्शनमा सहभागीमाथि अतिदक्षिणपन्थी समूहका दर्जनौँ सदस्यले आक्रमण गरेका थिए । निसका मेयर एरिक सिओत्तीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको आक्रमणको कडा निन्दा गरेका ...
: इजरायली सेनाले कब्जा गरिएको पश्चिम किनारको हेब्रोन सहरमा घर, व्यवसाय तथा अन्य संरचना भत्काएपछि सयौँ परिवार विस्थापित भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार सैन्य कारबाहीका कारण एक हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् । इजरायली सेनाले हेब्रोनका ऐन देर बहा र फार्श अल–हावा क्षेत्रमा केन्द्रित रहेर घर, व्यावसायिक भवन, औद्योगिक स्थल तथा पूर्वाधारमा ...
: यमनका हुथी विद्रोहीहरूले साउदी अरबको रणनीतिक 'पूर्व-पश्चिम' तेल पाइपलाइन, विभिन्न तेल प्रशोधन केन्द्र तथा मुख्य अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेका छन्। हुथी सैन्य प्रवक्ता याह्या सारीले एक विज्ञप्ति जारी गर्दै साउदी अरबका धेरै संवेदनशील तथा रणनीतिक स्थानहरूमा आफ्नो समूहले ब्यालेस्टिक मिसाइल र ड्रोनमार्फत निशाना बनाएको जानकारी दिएका छन्। हुथी समूहका अनुसार यान्बुस्थित ...
: फ्रान्समा शनिबार भएका प्रदर्शनमा चार लाखभन्दा बढी मानिस सहभागी भएको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर करिब चार लाख १० हजार मानिस सडकमा उत्रिएका थिए । तीमध्ये करिब एक लाख १० हजार जना राजधानी पेरिसमा सहभागी भएका थिए । यो संख्या गत सप्ताहान्त पेरिसमा भएको प्रदर्शनमा सहभागी हुनेको हाराहारीमा रहेको मन्त्रालयले जनाएको ...
: फ्रान्समा सरकारविरोधी प्रदर्शन चर्किएपछि प्रहरीले विभिन्न सहरमा अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ । शनिबार देशभर भएका प्रदर्शनका क्रममा कम्तीमा एक हजार जनालाई नियन्त्रणमा लिइएको अधिकारीहरूले बताएका छन् । बिबिसि रिपोर्टका अनुसार फ्रान्सको आन्तरिक मन्त्रालयका अनुसार शनिबार देशभर करिब चार लाख मानिस प्रदर्शनमा सहभागी भएका थिए । तीमध्ये एक लाख १० हजार जना राजधानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम