मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको पहिलो वर्ष पूरा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको पहिलो वर्ष पूरा

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको पहिलो वर्ष पूरा भएको छ । उनले २० जनवरी २०२५ मा दोस्रो कार्यकालको सपथ लिएका थिए ।

‘यो निकै शान्दार अवधि रहृयो,’ ट्रम्पले मंगलबार भने । झन्डै १ घण्टा ४० मिनेटसम्म उनले आफ्ना कार्यकालका उपलब्धिहरुको चर्चा गरे । जसमा आप्रवासन, अमेरिकाको आर्थिक वृद्धि, व्यापार, विदेश नीतिमा उल्लेख्य सुधारलगायत दाबी छन् ।

यद्यपी पछिल्लो समय पश्चिमा देश तथा युरोपेली सहयोगीहरुसाग ट्रम्पको सम्बन्ध बिग्रिएको छ । ग्रिनल्यान्डलाई जसरी पनि अमेरिकामा गाभ्ने योजना अघि सारेपछि उनीसाग युरोपेली देशहरु चिढिएका हुन् ।

मंगलबारै स्विचरल्यान्डको डाभोसस्थित विश्व आर्थिक फोरममा भेला भएका युरोपेली नेताहरुले ट्रम्पले ग्रिनल्यान्डमा निम्त्याएको खतराबारे छलफल गरे ।

अमेरिकाको छिमेकी देश क्यानडाका प्रधानमन्त्री मार्क कार्नेले पश्चिमा देशहरुले अमेरिकी नेतृत्व बिनाको भविष्यबारे सोच्नुपर्ने समय आइसकेको बताए । ‘हामी विघटनको मध्यमा छौं । रुपान्तरण होइन,’ उनले भने ।

ट्रम्पले यसअघि सामाजिक सञ्जालमा शेयर गरेको एउटा एआई निर्मित तस्बिरमा क्यानेडा, ग्रिनल्यान्ड र भेनेजुएलाको नक्सामा अमेरिकाको झन्डा पोतिएको थियो । अर्को पोस्टमा ग्रिनल्यान्डमा अमेरिकाको झन्डा फहर्राएको देखिएको थियो ।

आफ्नो दोस्रो कार्यकालमा ट्रम्प बिस्तारवादी नीतिबाट ग्रस्त रहेको संकेत यी तस्विर र उनका गतिविधिले गर्छन् ।



न्युज ब्रिफिङका क्रममा ट्रम्पले ग्रिनल्यान्डमा आफुले अघि बढाएको दबाब रणनीति सफल हुने आशा व्यक्त गरे ।

‘ग्रिनल्यान्डमा हामीले धेरै भेटघाट तय गरेका छन्,’ उनले भने,‘मलाई लाग्छ यसले निकै राम्रो काम गर्नेछ । ’

ट्रम्पले नाटोको सुदृढीकरणमा आफुले भूमिका खेलेको दाबी समेत गरेका छन् । जबकी उनले भन्सार शुल्क बढाएका युरोपेली देश नै नाटोको सदस्य छन् । र, उनले आाखा लगाइरहेको ग्रिनल्यान्ड पनि नाटोकै भूमि हो ।

राष्ट्रपति ट्रम्पले राष्ट्रसंघको भूमिका प्रभावशारी नरहेको दाबी गरेका छन् । उनलाई पत्रकारहरुले सोधेका थिए, ‘के युद्धग्रस्त गाजामा पुनर्निर्माणको निगरानी गर्न तपाईको नेतृत्वमा बनाइएको शान्ति कमिटीले राष्ट्रसंघलाई बिस्थापित गर्नसक्छ ।’

यस प्रश्नमा ट्रम्प निकै प्रफुल्लित देखिए । उनले भने,‘हुनसक्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्। 'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै समाप्त हुन सक्ने दाबी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान अब लामो समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको बताए। त्यसैगरी, निर्वाचन अघिसम्म इन्धनको मूल्य घट्ने सम्भावना नरहेको संकेत पनि उनले गरे। 'मलाई लाग्छ निर्वाचनको लगत्तै युद्ध सकिनेछ, किनभने उनीहरू ...
: पाकिस्तानले 'मक्का रक्षा सम्झौता' का तीन सदस्य राष्ट्रमध्ये कुनै एकमाथि आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको संयुक्त आक्रमण मानिने स्पष्ट पारेको छ। उक्त प्रावधानका विषयमा कसैलाई पनि कुनै अन्योल नरहन पाकिस्तानले चेतावनी दिएको छ। बीबीसी फारसीलाई उद्धृत गर्दै पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले साउदी अरबमाथि यमनका हुथी विद्रोहीहरूले शृङ्खलाबद्ध हमला गरेपछि यो सम्झौता लागू हुन सक्ने ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन मदिरा, केही दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यस कदमले भन्सार महसुलबाट सुरु भएको व्यापार युद्धलाई अझ उग्र बनाएको छ। दशकौंदेखि आपसमा जोडिएको दुई देशको व्यापारिक सम्बन्धमा यस निर्णयले गम्भीर खटपट ल्याएको छ। यसले सीमाका दुवैतर्फका व्यवसायी तथा उपभोक्ताहरूलाई ठूलो असर पुर्याउने सम्भावना बढाएको छ। यो आयात ...
। इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सीहरूले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल आक्रमण भएको दाबी गरेका छन् । इरानी मिसाइलहरूले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य आधार शिविरलाई निशाना बनाएको दाबी छ । इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् । तीमध्ये केही भिडियोमा ‘इरानी मिसाइलहरू ...