मुख्य समाचार
साउदीका उच्च पदबाट बाहिरिँदै नेपाली श्रमिक
साउदीका उच्च पदबाट बाहिरिँदै नेपाली श्रमिक

— साउदी अरेबियाले विभिन्न क्षेत्रमा आफ्नै नागरिकलाई अनिवार्य राख्नुपर्ने नीति (साउदीकरण)लाई कडाईका साथ कार्यान्वयन गर्न थालेपछि उच्च पदमा पुगेका नेपालीसहित आप्रवासी श्रमिकको रोजगारी संकटमा पर्न थालेको छन् । उनीहरुको भिसा नै नवीकरण गर्न छाडेको छ ।

साउदीले निजी क्षेत्रका कम्पनीले उच्च तह र विशेषज्ञ तहमा साउदीकै नागरिकलाई राख्ने नीति लिएको छ । एक इन्जिनियरीङ कम्पनीमा कार्यरत नेपाली इन्जिनियर रमण शाहले आफ्नो ठाउँमा साउदी नागरिकले अवसर पाएको बताए । ‘म यो कम्पनीमा ८ वर्षदेखि काम गरिरहेको थिएँ । कम्पनीले मलाई निरन्तरता राख्न नसकिने जानकारी दिएको छ । हाम्रो कम्पनीले अनिवार्य रुपमा ३० प्रतिशत साउदीको इन्जिनियर पुर्‍याउनुपर्ने बाध्यता छ,’ उनले भने,‘त्यसपछि भारतीय इन्जिनियरहरुको दवदवा छ ।’

गत डिसेम्वर ३१ मा मानव शंशाधन तथा सामाजिक विकास मन्त्रालयले ६ महिनाभित्र ३० देखि ४६ प्रतिशत इन्जिनियर साउदी नागरिक नै हुनुपर्ने नियम सार्वजनिक गरेको थियो । यसलाई कम्पनीहरुले कार्यान्वयनमा लैजान थालेको छ । ‘साउदीमा कति नेपाली इन्जिनियरहरु छ भन्ने यकिन तथ्याङ छैन । तर जहा साउदी इन्जिनियर कम छ । त्यहा भएका विदेशी इन्जिनियरले छोड्नुपर्नेछ,’ शाहले भने ।

साउदीले प्राविधिक क्षेत्रमा मात्रै नभएर प्रशासनिक र स्वास्थ्य क्षेत्रमा पनि साउदीकरणको नीति छ । प्रशासनिक क्षेत्र र मानव शंशाधनमा पनि शतप्रतिशत साउदीकरण छ । मानव शंशाधन व्यवस्थापक, मानव संशाधन सहायक, कम्पनी प्रतिनिधि (पिआरओ), सुरक्षा गार्ड साउदी नै हुनुपर्ने छ ।

सिभिल इन्जिनियर, आर्किटेक्ट, विद्युत उत्पादन इन्जिनियर, औद्योगिक इन्जिनियर, विद्युतीय/मेकानिकल इन्जिनियर, प्राविधिक इन्जिनियरिङ टेक्निसियन कम्तीमा ३० प्रतिशत राख्नुपर्ने बाध्यकारी नियम छ ।


स्वास्थ्य सेवा तथा फार्मेसी क्षेत्रमा ८० प्रतिशतसम्म साउदी नागरिक नै राख्नुपर्ने नीति छ । जसमा मेडिकल ल्याबोरोटरी ७० प्रतिशत, फिजियोथेरापी ८० प्रतिशत, रेडियोलोजी ६५ प्रतिशत, दन्तचिकित्सा ५५ प्रतिशत र फार्मेसीमा ६५ प्रतिशत र पर्यटन तथा आतिथ्य क्षेत्रमा सत प्रतिशत साउदी नागरिक नै राख्नुपर्ने छ । २०२७ को जनवरीसम्म सेफ भने ३० प्रतिशत राख्नुपर्ने नीति लिएको छ ।

खरिद क्षेत्रमा पनि ७० प्रतिशत राख्नुपर्ने नीति ल्याएको छ । कारका स्पेयर पार्ट्स, कपडा, इलेक्ट्रोनिक्स लगायत विभिन्न खुद्रा क्षेत्र साउदी नागरिकका लागि मात्र सीमित गरिएको छ । लेखापाल पनि खुम्चाइएको छ ।



रोजगार विज्ञ युवराज वस्नेत नेपाली श्रमिक सीपमा ध्यान नदिए रोजगार अवसर खुम्चिने बताउँछन् । ‘साउदीकरण नीतिले आफ्ना नागरिकलाई नै पहिलो प्राथमिकता दिएको देखिन्छ । यसले अब साउदीको श्रम बजारमा साउदी नागरिक नै अब्बल हुँदै गएको भन्ने देखाउँछ,’ उनले भने,‘अब नेपालीसहित विदेशी श्रमिक निश्चित पेशा र क्षेत्रमा मात्रै अवसर पाइन्छ भन्ने हो ।’

साउदीले अदक्ष बजारमा पनि सीपयुक्त श्रमिक नै लैजाने नीति लिएको छ । उसले सीप प्रमाणीकरण भएका मात्रै श्रमिक लैजाने योजना छ । नेपालबाट साउदीले प्रत्येक बर्ष ८० हजारदेखि एकलाख जनासम्म श्रमिक लगिरहेको छ । नेपाल र साउदीबीच जनवरीको अन्तिम साता हुन गइरहेको श्रम सम्झौता पनि सामान्य श्रमिकमा मात्रै केन्द्रित छ । श्रम मन्त्रालयको श्रम प्रतिवेदन २०२४ अनुसार सामान्य श्रमिकको हैसियतमा ६७.७ प्रतिशत, सेवा तथा बिक्री क्षेत्रमा ८. ७ प्रतिशत र चालक/मेसिन अपरेटर क्षेत्रमा १२.२ प्रतिशत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवाको भोटेकोशी बाढीबाट जीवन गुमाएकाहरूको सम्झनामा लन्डनस्थित नेपाली दूतावासमा स्मृति सभा आयोजना गरिएको छ । मंगलबार बेलुका दीप प्रज्वलनसहित सुरु गरिएको स्मृति सभामा मृतकहरूको सम्झनामा मौन धारण गरिएको थियो । स्मृति सभामा हाल बेलायतमा अध्ययनरत युवा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो । स्मृति सभालाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपाल सरकारले खोजी, उद्धार तथा ...
। नेपाली कला संस्कृति र पहिचानको उत्सव मानिने ‘लन्डन नेपाली मेला’ आइतबार केम्पटन पार्क रेस कोर्स प्राङ्गणमा सम्पन्न भएको छ । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा तमुधिं यूकेले मेला आयोजना गरेको हो । नेपालका बाढी पीडितको सहयोगका लागि समर्पित उक्त मेला हेर्न झण्डै १० हजार सहभागी भए । तमुधिं यूकेले बाढी पीडितका लागि आर्थिक संकलन सुरु भइसकेको र ...
। भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै रक्षामन्त्री सिंहले भारतीय सरकार र जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका हुन्। गत भदौ १० गते आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली ...
। सन् २०२१ मा बेलायती विश्वविद्यालय योर्क सेन्ट जोन युनिभर्सिटीबाट एमबीए उत्तिर्ण गरेपछि मेलिसा थापा (नाम परिवर्तन) ले दुई वर्ष पोष्ट स्टडी वर्क (पिएसडब्लु) भिजा लिएर फुलटाइम काम गरिन् । यो स्किम सकिएपछि उनी कि त नेपाल फर्कनु पर्दथ्यो कि बेलायतमै स्पोन्सर खोजेर वर्क परमिटमा रहनु । फर्किंदा नेपालमा खासै भविष्य नदेखेकी उनले सन् २०२४, ९ ...
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपालीमध्ये ९११ जना विभिन्न मुद्दामा जेलमा रहेका छन् । दुतावास रियादका अनुसार ११ अगस्ट २०२६ सम्मको विवरणअनुसार जेलमा रहेका नेपालीमध्ये ४९९ जनाको फैसला भइसकेको छ भने ४१२ जनाको मुद्दा अझै विचाराधीन रहेको छ । जेलमा रहेका नेपालीमध्ये सबैभन्दा धेरै पूर्वी क्षेत्रमा ३७७ जना, केन्द्रीय क्षेत्रमा ३३४ जना ...