— युरोपेली च्याम्पियन्स लिगमा मंगलबार आर्सनलको शतप्रतिशत प्रदर्शन कायम रह्यो । तर म्यानचेस्टर सिटी र डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) भने पराजित रहे ।
आर्सनलले इन्टर मिलानलाई उसकै घरमा ३–१ ले हराएको हो ।
सानसिरोमा भएको खेलमा आर्सनलका लागि ग्याब्रिल जेससले दुई गोल गरे । उसको सात खेलबाट २१ अंक भएको छ र शीर्ष स्थानमा छ । यस्तै रियल म्याड्रिडले मोनाकोलाई ६–१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लेका छ । रियलको १५ अंक भएको छ ।
त्यसमा केयलिन एमबापेले आफ्नो पुरानो क्लबविरुद्ध दुई गोल गरे । खराव लयमा रहेको टोटनहमले भने बोरुसिया डर्टमुन्डलाई २–० ले हरायो ।
प्रतियोगिताको इतिहासकै एक स्तब्धपूर्ण नतिजाका रूपमा सिटी बोडो/गिल्म्टहो हातबाट ३–१ ले पराजित रह्यो ।
स्पोर्टिङ लिस्वनले भने पीएसजीमाथि २–१ को जित निकालेको हो । अन्य खेलमा क्लब ब्रुगले काइराट अल्माटीलाई ४–१, ओलम्पियाकोजले बायर लेभरकुजनलाई २–० र आयाक्सले भिल्लारियललाई २–१ हरायो । कोपनहेगन र नेपोलीले १–१ को बराबरी खेले ।