: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जामा ६ स्वतन्त्र र राजनीतिक दलसहित २८ जनाले उम्मेदवारी दर्ता गरेका छन्। दुईवटा संघीय निर्वाचन क्षेत्र रहेको स्याङ्जामा स्याङ्जा क्षेत्र नं.१ मा ११ वटा राजनीतिक दल र २ स्वतन्त्र उम्मेदवारको उम्मेदवारी दर्ता भएको छ।
मुख्य निर्वाचन कार्यालयका अनुसार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शेलेन्द्र घिमिरे,राष्ट्रिय स्वतन्त्र पार्टीका डा.धनञ्जय रेग्मी,नेशनल रिपब्लिक नेपालका अर्जुनकुमार गुरुङ, नेकपा एमालेका मीनप्रसाद गुरुङ,मंगोल नेशनल अर्गनाइजेशनबाट यामबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका हुन्।
नेपाली कांग्रेसका भरतराज ढकाल,राष्ट्रिय प्रजातन्त्र पार्टीका हुकुमसिंह राना, उज्यालो नेपालका रविन्द्र मल्ल, नेकपा माओवादीका सोमबहादुर परियार, प्रगतीशिल लोकतान्त्रिक पार्टीका रनबहादुर परियारलेले उम्मेदवारी दर्ता गराएका हुन। अशोक बिष्ट र मनोज नेपाली दर्जीले भने स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरी, क्षेत्र नं. २ मा ११ वटा राजनीतिक दल र ४ स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसका उम्मेदवार भागवतप्रकाश मल्ल, नेकपा (एमाले) का खिमबहादुर थापा, नेपाली कम्युनिष्ट पाटीका पदमबहादुर विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रे, राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन पाठक रहेका छन्।
राष्ट्रिय जनमुक्ति पार्टीका हरिदेव थापा,जयमातृ भूमी पार्टीका धनबहादुर थापा, नेशनल रिपब्लिक नेपालका तेजबहादुर थापा, मंगोल नेशनल अर्गनाईजेशनका खर्कबहादुर थापा, राष्ट्रिय जनमोर्चाका राजेन्द्रप्रसाद गैह्रे,प्रगतीशील लोकतान्तिक पार्टीका टिकाराम रेग्मीले मनोनयन दर्ता गराएका छन्। यसैगरी,दिलिप श्रेष्ठ, खिमबहादुर क्षेत्री,घनश्याम पाण्डे र सागर थापा मगरले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।