मुख्य समाचार
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जामा ६ स्वतन्त्र र राजनीतिक दलसहित २८ जनाले उम्मेदवारी दर्ता
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जामा ६ स्वतन्त्र र राजनीतिक दलसहित २८ जनाले उम्मेदवारी दर्ता

: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जामा ६ स्वतन्त्र र राजनीतिक दलसहित २८ जनाले उम्मेदवारी दर्ता गरेका छन्। दुईवटा संघीय निर्वाचन क्षेत्र रहेको स्याङ्जामा स्याङ्जा क्षेत्र नं.१ मा ११ वटा राजनीतिक दल र २ स्वतन्त्र उम्मेदवारको उम्मेदवारी दर्ता भएको छ।

मुख्य निर्वाचन कार्यालयका अनुसार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शेलेन्द्र घिमिरे,राष्ट्रिय स्वतन्त्र पार्टीका डा.धनञ्जय रेग्मी,नेशनल रिपब्लिक नेपालका अर्जुनकुमार गुरुङ, नेकपा एमालेका मीनप्रसाद गुरुङ,मंगोल नेशनल अर्गनाइजेशनबाट यामबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका हुन्।


नेपाली कांग्रेसका भरतराज ढकाल,राष्ट्रिय प्रजातन्त्र पार्टीका हुकुमसिंह राना, उज्यालो नेपालका रविन्द्र मल्ल, नेकपा माओवादीका सोमबहादुर परियार, प्रगतीशिल लोकतान्त्रिक पार्टीका रनबहादुर परियारलेले उम्मेदवारी दर्ता गराएका हुन। अशोक बिष्ट र मनोज नेपाली दर्जीले भने स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी, क्षेत्र नं. २ मा ११ वटा राजनीतिक दल र ४ स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसका उम्मेदवार भागवतप्रकाश मल्ल, नेकपा (एमाले) का खिमबहादुर थापा, नेपाली कम्युनिष्ट पाटीका पदमबहादुर विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रे, राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन पाठक रहेका छन्।

राष्ट्रिय जनमुक्ति पार्टीका हरिदेव थापा,जयमातृ भूमी पार्टीका धनबहादुर थापा, नेशनल रिपब्लिक नेपालका तेजबहादुर थापा, मंगोल नेशनल अर्गनाईजेशनका खर्कबहादुर थापा, राष्ट्रिय जनमोर्चाका राजेन्द्रप्रसाद गैह्रे,प्रगतीशील लोकतान्तिक पार्टीका टिकाराम रेग्मीले मनोनयन दर्ता गराएका छन्। यसैगरी,दिलिप श्रेष्ठ, खिमबहादुर क्षेत्री,घनश्याम पाण्डे र सागर थापा मगरले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतीय गोर्खा सैनिक (गोर्खा रेजिमेन्ट इन्डिया) मा नेपालीलाई पुन: भर्ती खुलाउन माग गर्दै पोखरामा प्रदर्शन गरिएको छ । भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल, पोखराले बुधबार पोखरामा प्रदर्शन गरेको हो । प्रदर्शनमा नेपाली युवाहरूलाई भारतीय सेनामा पुन: भर्ती खुालाउनुपर्ने र भूतपूर्व सैनिक संघसंस्थाहरूको नवीकरण सुचारु गर्न माग गरिएको छ । पोखराका विभिन्न ठाउँमा भूतपूर्व भारतीय सैनिक ...
। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्वसभापति शेरबहादुर देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागतको तयारी गरेको छ । झण्डै ६ महिनापछि बिहीबार स्वदेश फर्किन लागेको देउवालाई इतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्न लागिएको हो । इतर समूहले राष्ट्रिय भेलाका लागि गठन गरेको सांस्कृतिक समिति संयोजक विद्या तिमिल्सिनाले पूर्वसभापति देउवाको स्वागतका लागि बाजागाजासहित ...
। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले नेपाल प्रहरीको पोसाक तथा सामाग्री खरिदमा भएको भनिएको अनियमितताबारे छलफल गर्न थालेको छ । बुधबार बसेको समिति बैठकले १५ दिनभित्र प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदको विवरण पेस गर्न निर्देशन जारी गरेको छ । यसअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदको विवरण सरकारले १५ ...
। विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने विषयमा निर्वाचन आयोगले अध्ययन थालेको छ । यो विषयमा बुधबार निर्वाचन आयोगको बैठक बसेको थियो । जसले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न अलग अलग दुई वटा समिति नै गठन गरेको छ । कानुनी तथा सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेस गर्न आयोगका आयुक्तज्यूहरूको सयोजकत्वमा ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले युवाको नेतृत्वमा रहेको सरकारले परिणाम दिन नसके युवाहरूले पनि नहुने भाष्य बन्न सक्ने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले राखेको कार्यक्रममा बोल्ने क्रममा सभापति लामिछानेले हाल युवाले चलाएको सरकार, पार्टी, सदन रहेको बताए । ‘युवा भनेर पनि नहुने भन्ने भाष्य बन्न सक्ने अवस्था आउनसक्छ । अहिले यो ...