मुख्य समाचार
अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन स्थगित
अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन स्थगित

: अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन स्थगित भएको छ। एन्फा निर्वाचन समितिको मंगलबार बसेको बैठकले तत्कालका लागि एन्फाको निर्वाचन कार्यक्रम तत्कालका लागि निर्वाचन समितिका सदस्यसचिव लोकेन्द्र ओलीले एक सूचना जारी गर्दै जानकारी दिएका हुन्।

‘उच्च अदालत पाटनले माघ ४ गते निर्वाचन सम्बन्धि प्रक्रिया यथास्थितिमा राख्नु भनी जारी भएको अन्तरिम आदेशको म्याद सूचना माघ ६ मा निर्वाचन समितिलाई प्राप्त भएकाले माघ ६ गतेदेखिका निर्वाचनका कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ’, निर्वाचन समितिले जारी गरेको सूचनामा भनिएको छ।


एन्फाले साधारणसभा र निर्वाचन आगामी माघ २८ गते झापामा गर्ने तयारी थालेको थियो। चार वर्षको कार्यकाल ६ महिना बाँकी छँदै एन्फाले ‘अर्ली इलेक्सन’ गर्न लागेको थियो। एन्फाको यो निर्णय विधान विपरित भएको भन्दै सर्वत्र विरोध भएको थियो भने निर्वाचन प्रक्रिया तत्काल रोक्न अदालतमा मुद्दा पनि दायर भएको थियो।

एन्फाको माघ २८ गतेका लागि तय भएको ‘अर्ली इलेक्सन’ रोक्न अमित खत्रीले दायर गरेको रिटमा गत पुस २८ नै अदालतले अन्तरिम आदेश दिएको थियो। अदालतले अन्तरिम आदेश दिँदादिँदै पनि एन्फाले निर्वाचन प्रक्रिया अगाडि बढाएको थियो। गत माघ ३ गते अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सदस्यका लागि मनोनयन दर्ता गरिएको थियो।

‘अर्ली इलेक्सन’कै लागि बुधबार तय गरिएको ‘बी’ डिभिजन क्लबको निर्वाचनलाई पनि एन्फाले स्थगित गरेको छ। एन्फाले प्राविधिक कारण देखाउँदै निर्वाचन स्थगित भएको जानकारी ‘बी’ डिभिजनका क्लबहरूलाई दिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: टी–२० विश्वकप २०२६ खेल्न भारतमा रहेको वेस्ट इण्डिजले आफ्नो खेलाडीलाई व्यवसायिक उडानमार्फत स्वदेश फर्काउने भएको छ । मध्य पूर्वमा चलिरहेको तनावको अवस्थाका कारण मार्च १ मा विश्वकपबाट बाहिरिएको वेस्ट इण्डिज कोलकातामा अड्किरहेको थियो । जसका कारण खेलाडी तथा अफिसियलहरु स्वदेश फर्कन ढिलाइ भएको थियो । विशेषतः दक्षिण अफ्रिका र वेस्ट इण्डिजको टिम यो समस्याका ...
: नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर दिपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रियको अलराउण्डरतर्फ चौंथो स्थानमा यथावत रहेका छन् । अन्तर्राट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले मंगलबारसम्मको नतिजा सम्मिलित सूची बुधबार सार्वजनिक गरेको हो । पुरुषतर्फको टी–२० अलराउण्डर वरियतातर्फ दिपेन्द्र चौंथो स्थानमा यथावत रहेका हुन् । टी–२० विश्वकप अगाडि छैटौं स्थानमा रहेका दिपेन्द्र टी–२० विश्वकपमा गरेको प्रदर्शनपछि चौथो स्थानमा यथावत ...
: प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको आठौँ संस्करण चारवटा भेन्युमा हुने भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले एक प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौंका दुईवटा भेन्यु संलग्न गरी विशेषत पर्सा र जनकपुरमा यो संस्करणको खेलहरू हुने जानकारी दिएको हो। नेपाल क्रिकेट संघले सोमबार प्रधानमन्त्री कपको तालिका सार्वजनिक गरेको हो । जसमा काठमाडौंका दुईवटा स्थान (त्रिभुवन अन्तर्राष्ट्रिय ...
: अखिल नेपाल फुटबल संघ (एन्फा) र फुटबल खेलाडी संघबीच लामो रस्साकस्सीपछि ए डिभिजन लिग हजाभन्दा बढी दिनपछि मैदानमा फर्कने भएको छ। मंगलबार एन्फा र खेलाडी संघले यस विषयमा सम्झौता गर्दै ए डिभिजन लिगको मिति टुंगो लगाएका हुन्। टप टायरको लिग नियमित सञ्चालन हुनुपर्ने लगायतका माग राख्दै पछिल्ला केही महिनायता खेलाडी संघले भौतिक रूपमा नै एन्फामा ...
। अस्ट्रेलियाले इरानको महिला फुटबल टोलीका पाँच खेलाडीलाई शरण (आश्रय) दिने निर्णय गरेको छ। इरान फर्किएपछि सजाय हुन सक्ने डरका कारण उनीहरूलाई अस्ट्रेलियामा बस्न अनुमति दिइएको हो। अस्ट्रेलियाका गृहमन्त्री टोनी बुर्कले सोमबार पत्रकार सम्मेलनमा ती खेलाडीलाई अस्ट्रेलियामा सुरक्षित रूपमा बस्न सक्ने जानकारी दिएको बताए। ‘खेलाडीहरू यहाँ सुरक्षित छन् र अस्ट्रेलियामै बस्न चाहे स्वागत छ’ उनले भनेका ...