मुख्य समाचार
आईसीसीले टी–२० विश्वकप २०२६ मा बंगलादेशको सहभागिताबारे अन्तिम निर्णय लिनुअघिल्लो दिन पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले बंगलादेशको पक्षमा रहेको उल्लेख गर्दै आईसीसीलाई पत्र लेखेको छ
आईसीसीले टी–२० विश्वकप २०२६ मा बंगलादेशको सहभागिताबारे अन्तिम निर्णय लिनुअघिल्लो दिन पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले बंगलादेशको पक्षमा रहेको उल्लेख गर्दै आईसीसीलाई पत्र लेखेको छ

। आईसीसीले टी–२० विश्वकप २०२६ मा बंगलादेशको सहभागिताबारे अन्तिम निर्णय लिनुअघिल्लो दिन पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले बंगलादेशको पक्षमा रहेको उल्लेख गर्दै आईसीसीलाई पत्र लेखेको छ ।

आईसीसीलाई पत्र लेख्दै पीसीबीले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) को भारतमा खेल्न नचाहने अडानलाई समर्थन गरेको जनाएको छ। पीसीबीले उक्त पत्र आईसीसी बोर्डका सदस्यहरूलाई पनि पठाएको छ।


बीसीबीले भारतमा सुरक्षा चिन्ता रहेको भन्दै आफ्ना खेलहरू श्रीलंकामा सार्न माग गरेको छ। यस विषयमा आईसीसीले बुधबार बोर्ड बैठक बोलाएको भए पनि आईसीसीले अहिलेसम्म विश्वकपको तालिका नबदल्ने र बंगलादेशले भारतमै खेल्नुपर्ने अडान दोहोर्‍याएको छ।

बंगलादेश सरकारले पनि भारत भ्रमण नगर्ने निर्णयलाई समर्थन गरेको छ। दुबै पक्षबीच पटक–पटक छलफल भए पनि सहमति जुट्न सकेको छैन। बुधबारलाई अन्तिम निर्णयको म्याद तोकिएको छ, जुन प्रतियोगिता सुरु हुन तीन हप्ताभन्दा कम समय बाँकी रहँदा आएको हो।




बीसीसीआईको निर्देशनमा कोलकाता नाइट राइडर्सले बंगलादेशी खेलाडी मुस्तफिजुर रहमानलाई टोलीबाट हटाएपछि यो विवाद सुरु भएको थियो । त्यसपछि बंगलादेश सरकारले आधिकारिक रूपमा भारतमा खेल नखेल्ने अडान लिँदै आएको छ ।

-क्रिकइन्फोबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम