मुख्य समाचार
बार्सिलोनाले स्लाभिया प्राहालाई ४-२ गोलअन्तरले पराजित
बार्सिलोनाले स्लाभिया प्राहालाई ४-२ गोलअन्तरले पराजित

। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले जित हासिल गरेको छ ।

बार्सिलोनाले स्लाभिया प्राहालाई ४-२ गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा फर्मिन लोपेजले २ गोल गर्दा डानी ओल्मो र रोबर्ट लेवान्डोस्कीले एक-एक गोल गरे । स्लाभियाका लागि भासिल कुसेजले एक गोल गरे भने लेवान्डोस्कीबाट भएको आत्मघाती गोल उपहार पायो ।




खेलमा सुरुवाती अग्रता भने स्लाभियाले लिएको थियो । १०औं मिनेटमा कुसेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । फर्मिन लोपेजले ३४औं मिनेटमा बराबरी गोल फर्काए भने उनले ४२औं मिनेटमा गोल गरेपछि बार्सिलोना अगाडि आएको थियो ।

यद्यपी त्यसको दुई मिनेटपछि लेवान्डोस्कीबाट आत्मघाती गोल हुँदा पहिलो हाफअघि खेल फेरि बराबरीमा आएको थियो ।


दोस्रो हाफको ६३औं मिनेटमा ओल्मोले गोल गरेपछि बार्सिलोना ३-२ ले अगाडि आयो । ७०औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको ४-२ को जित पक्का गरे ।

जितपछि ७ खेलमा १३ अंक जोडेको बार्सिलोना नवौं स्थानमा उक्लिएको । स्लाभिया प्राहा ३ अंकसहित ३४औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई शृङ्खलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार राति सम्पन्न खेलमा नेपाल घरेलु टोली नेदरल्यान्डस्ससँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १५८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४४.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले अविजित ६१ रन बनाए । नोआ ...
: काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलंकासँग पराजित भएको छ । पाकिस्तानको इस्लामाबादमा भएको खेलमा नेपाल श्रीलंकासँग ३–२ ले पराजित भएको हो । नेपाल श्रीलंकासँग पहिलो, चौथो र पाँचौं सेटमा हार व्यहो¥यो । नेपालले दोस्रो र तेस्रो लगातार २ सेट जित्दा चौथो सेटमा निकै प्रतिस्पर्धात्मक खेलमा हार व्यहोर्‍यो । त्यसपछि पाँचौं सेटमा भने नेपालले ८ ...
: एसियन गेम्स–२०२६ को महिला भलिबल अन्तर्गत नेपालले समूह ‘ए’ मा रहेर खेल्ने भएको छ । जापानमा हुने प्रतियोगितामा नेपालले समूह ‘ए’ मा रहेर जापान र इन्डोनेसियासँग खेल्ने छ । समूह ‘बी’ मा चीन, काजाकिस्तान र फिलिपिन्स रहेका छन् । समूह ‘सी’ मा थाइल्यान्ड, चाइनिज ताइपेइ, कीर्गिस्तान र मंगोलिया रहेका छन् । समूह ‘डी’ मा ...
: आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १५८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। उट्रेचमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४४.४ ओभरमा १५७ रन बनाउँदै अलआउट भयो। आज पनि नेपालको ब्याटिङ चलेन। नेपालका लागि मध्य क्रममा आएका आरिफ शेखले सर्वाधिक ४१ रन बनाए। उनले ९० बलमा ४ ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेट लिग–टुअन्तर्गत नामिबियासँगको खेलमा नेपालको ब्याटिङमै समस्या देखिएको छ। नेदरल्यान्ड्समा मंगलबार भएको विश्वकप क्रिकेट लिग–टुको त्रिकोणात्मक शृंखलाको आफ्नो पहिलोे खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको हो। नेपालले दिएको १ सय ५८ रनको मध्यम लक्ष्य नामिबियाले ३७.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो। नामिबियालाई फराकिलो जित दिलाउन जान ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम