मुख्य समाचार
बार्सिलोनाले स्लाभिया प्राहालाई ४-२ गोलअन्तरले पराजित
बार्सिलोनाले स्लाभिया प्राहालाई ४-२ गोलअन्तरले पराजित

। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले जित हासिल गरेको छ ।

बार्सिलोनाले स्लाभिया प्राहालाई ४-२ गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा फर्मिन लोपेजले २ गोल गर्दा डानी ओल्मो र रोबर्ट लेवान्डोस्कीले एक-एक गोल गरे । स्लाभियाका लागि भासिल कुसेजले एक गोल गरे भने लेवान्डोस्कीबाट भएको आत्मघाती गोल उपहार पायो ।




खेलमा सुरुवाती अग्रता भने स्लाभियाले लिएको थियो । १०औं मिनेटमा कुसेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । फर्मिन लोपेजले ३४औं मिनेटमा बराबरी गोल फर्काए भने उनले ४२औं मिनेटमा गोल गरेपछि बार्सिलोना अगाडि आएको थियो ।

यद्यपी त्यसको दुई मिनेटपछि लेवान्डोस्कीबाट आत्मघाती गोल हुँदा पहिलो हाफअघि खेल फेरि बराबरीमा आएको थियो ।


दोस्रो हाफको ६३औं मिनेटमा ओल्मोले गोल गरेपछि बार्सिलोना ३-२ ले अगाडि आयो । ७०औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको ४-२ को जित पक्का गरे ।

जितपछि ७ खेलमा १३ अंक जोडेको बार्सिलोना नवौं स्थानमा उक्लिएको । स्लाभिया प्राहा ३ अंकसहित ३४औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले पनि इयू टी–२० लिग बेल्जियमका लागि नाम दर्ता गराएका छन्। सन्दीपले बुधबार आफ्नो नाम दर्ता गराएका हुन् । यसअघि अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पनि नाम दर्ता गराइसकेका छन् । युरोपियन टी–२० लिगको बेल्जियम संस्करण २०२६ मे ३० देखि जुन ७ सम्म आयोजना हुने तालिका छ। प्रतियोगितामा एन्टवर्प, ब्रुज, लुभेन, लियेज, गेन्ट ...
। छैटौं टाइगर कप भलिबलको खेलतालिका सार्वजनिक भएको छ । आयोजक टाइगर ग्रुप अफ पोखराले बुधबार टाइगर कपको खेलतालिका सार्वजनिक गरेको हो । यसअघि महिला र पुरुष दुवैमा ६-६ टोली सहभागी हुने भनिएकोमा खेलतालिका सार्वजनिक हुँदा महिलातर्फ ५ टोली मात्र सहभागी हुने भएको छ । एभरेस्ट भलिबल क्लबले नखेल्ने भएपछि महिलातर्फ ५ टोली मात्र सहभागी हुने भएका ...
स्पानिस क्लब बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगन लोनमा स्पेनकै अर्को क्लब जिरोनमा जाने भएका छन्
। आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज दोस्रो अभ्यास टी-२० खेल खेल्दै छ । नेपाल र श्रीलंका ‘ए’ बीचको अभ्यास खेल दिउँसो सवा २ बजेदेखि कोल्ट्स क्रिकेट क्लब ग्राउन्डमा हुनेछ । यसअघि मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो । त्यस खेलमा नेपालले दिएको १८६ रनको ...
। आईसीसीले टी–२० विश्वकप २०२६ मा बंगलादेशको सहभागिताबारे अन्तिम निर्णय लिनुअघिल्लो दिन पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले बंगलादेशको पक्षमा रहेको उल्लेख गर्दै आईसीसीलाई पत्र लेखेको छ । आईसीसीलाई पत्र लेख्दै पीसीबीले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) को भारतमा खेल्न नचाहने अडानलाई समर्थन गरेको जनाएको छ। पीसीबीले उक्त पत्र आईसीसी बोर्डका सदस्यहरूलाई पनि पठाएको छ। बीसीबीले भारतमा सुरक्षा चिन्ता ...