मुख्य समाचार
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुर सूर्यविनायकमा सञ्चालित एक पानी उद्योगमा अनुगमन गरी कारबाही प्रक्रिया अघि बढाएको छ
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुर सूर्यविनायकमा सञ्चालित एक पानी उद्योगमा अनुगमन गरी कारबाही प्रक्रिया अघि बढाएको छ

। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुर सूर्यविनायकमा सञ्चालित एक पानी उद्योगमा अनुगमन गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।

सूर्यविनायक नगरपालिका-९ मा रहेको नन्दीकेश्वर बोतल ब्लोइङ प्रालिले दूषित पानी बिक्री वितरण गरिरहेको भन्ने उजुरीका आधारमा विभागले आकष्मिक निरीक्षण गरेको हो ।


विभाग प्रवक्ता डा. बालकुमारी शर्माका अनुसार २९ पुसमा प्राप्त उजुरीको तत्काल सम्बोधन गर्दै ३० पुसमा विभागको टोलीले उक्त उद्योगको स्थलगत अनुगमन गरेको थियो ।

अनुगमन क्रममा उक्त उद्योगमा गम्भीर लापरबाही र न्यूनतम मापदण्ड समेत पालना नभएको पाइएको छ । निरीक्षण टोलीले उद्योगको समग्र सरसफाइ र कामदारको व्यक्तिगत स्वच्छताको अवस्था सन्तोषजनक नरहेको फेला पारेको छ ।


त्यसैगरी पानी प्रशोधन गर्ने कक्षमा रहेका ट्यांकी र पाइपहरूमा चुहावट (लिकेज) भएको, भुइँका टायलहरू फुटेको र प्रशोधन कक्षमा अनावश्यक सरसामान राखेर भद्रगोल बनाइएको अवस्थामा भेटिएको विभागले जनाएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम गरिएको उक्त कारबाहीमा विभागले उद्योगमा फेला परेका पुराना, कुच्चिएका र कोत्रिएका १० वटा जार तत्कालै नष्ट गरेको छ ।

विभागले उक्त उद्योगबाट प्रशोधित पिउने पानीको नमुना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाउनुका साथै प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ अनुसार मात्र कार्य गर्न सचेत गराएको छ ।

प्रवक्ता शर्माले उद्योगमा देखिएका यी कैफियत तत्काल सुधार गर्न र १५ दिनभित्र सुधार भएको प्रमाणसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले फागुण २१ गते हुने निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन दिएका छन् । कर्णाली प्रदेश सरकार अन्तगतका मन्त्रालयहरूको बुधबारदेखि शुरू भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री कँडेलले निर्वाचन आचारसंहिताले नियमित काम गर्न नरोक्ने हुँदा निर्वाचन देखाएर विकास निर्माण र सेवा प्रवाहका काम रोकिन नहुने बताएका हुन् । उनले भने, ...
। नेपाल र भारतबीच निकासी गरिने वस्तुको अग्रिम सूचना दिनेबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ । बुधबार भारत नयाँदिल्लीमा भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र भारतका तर्फबाट केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड अध्यक्ष विवेक चतुर्वेदीले हस्ताक्षर गरेका हुन् । सोही अवसरमा महानिर्देशक भण्डारीले भारतीय पक्षलाई धन्यवाद दिँदै सम्झौतालाई जतिसक्दो छिटो कार्यान्वयनमा लैजान जोड दिए । यसले ...
। नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित जोडिएको पतञ्जलि भ्रष्टाचार प्रकरणको मुद्दाको पेसी तोकिएको छ । यो मुद्दाको सुनुवाइपछि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले गत बुधबार नेपालसहित माथिको अनुसन्धान फाइल झिकाउन आदेश दिएको थियो । यसअघिको आदेशअनुसार अख्तियारले फाइल नपठाएपछि विशेषले पुन: आदेश गर्‍यो । आज (बुधबार) फाइलहरू आएपछि उक्त ...
। आगामी २१ फागुनमा हुने निर्वाचन नजिकिएसँगै इजाजत प्राप्त हतियार बुझाउन प्रशासनले सूचना जारी गरेको छ । गृह मन्त्रालयको निर्देशनपछि ७७ वटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै हतियार बुझाउन भनेका हुन् । निर्वाचनका बेला लाइसेन्स प्राप्त हतियारसमेत चुनौतीपूर्ण बन्न सक्ने भन्दै प्रशासन हतियार बुझाउन भनेको हो । यसअघि पनि प्रशासनले हरेक निर्वाचनको समयमा लाइसेन्सप्राप्त हतियार बुझाउन ...
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप २०२६ हालको तालिकाअनुसार नै अघि बढ्ने स्पष्ट पारेको छ