मुख्य समाचार
विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा जाने भएका छन्
विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा जाने भएका छन्

। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा जाने भएका छन् । महामन्त्री प्रदीप पौडेलले भोलि (शुक्रबार) पार्टी कार्यालय जाने जानकारी दिए । ‘भोलि दिउँसो १ बजे सानेपा जाँदैछौँ,’ उनले अनलाइनखबरसँग भने ।

पुस ३० गते विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
सभापति निर्वाचित भए पनि गगन थापाले पहिलो र दोस्रो कार्यसमितिको बैठक होटलमै गरे । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार छनोट गर्न गठित संसदीय बोर्डको बैठक पनि होटलमै गरे ।

थापा नेतृत्वको कार्यसमिति अहिलेसम्म पार्टी केन्द्रीय कार्यालय गएको छैन । प्रवक्ता देवराज चालिसेले भने, ‘भोलि केन्द्रीय कार्यालयमै केन्द्रीय समितिको बैठक बस्छौं ।’

उनका अनुसार धेरै नेताहरू काठमाडौं बाहिर भएकोले काठमाडौंमा उपलब्धहरू मात्रै भोलिको बैठकमा सहभागी हुनेछन् ।

पार्टी स्रोतका अनुसार सोही बैठकले सभापति गगनकुमार थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्नेछ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका अन्य दलले पनि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर होमिएका छन् । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ ।

कांग्रेसमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहितका नेताहरूले विशेष महाधिवेशन आह्वान गरेपछि शेरबहादुर देउवा सहितले असहमति जनाएका थिए । निवर्तमान सभापति देउवा समूहका नेताहरूले विशेष महाधिवेशनलाई अस्वीकार गरेको बताए पनि सभापति गगन थापाकै हस्ताक्षर भएको टिकट लिएर धमाधम उम्मेदवारी दिएका छन् ।

तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित देउवा समूहले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिकता नदिन माग गर्दै सर्वोच्चमा रिट समेत दायर गरेको छ । सर्वोच्चले उनीहरूको मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ ।

विशेष महाधिवेशनबाट गगन थापासहितको कार्यसमिति निर्वाचित भएपछि देउवा समूहका केही केन्द्रीय सदस्य तथा तरुण दलका नेताहरूले केन्द्रीय कार्यालयमा अरुलाई प्रवेश नदिने भन्दै त्यहीं बसेका थिए ।

अहिले भने उनीहरूले केन्द्रीय कार्यालय छोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जिल्ला प्रशासन कार्यालय डोल्पाले हातहतियार बुझाउन आग्रह गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय रुपमा सम्पन्न गराउन जिल्लाभित्र रहेका हातहतियार बुझाउन आग्रह गरेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जिल्लाभित्र इजाजत प्राप्त हातहतियार तथा खरखजाना २०८२ साल माघ १५ गतेभित्र जिल्ला ...
। झापाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार यसपटक थपिएका ५० हजार नयाँ मतदातासहित जिल्लामा सात लाख १३ हजार ५३७ मतदाता रहेका छन् । उनले क्षेत्र नम्बर ५ मा मात्र ८१ हजार ८१ पुरुष, ८२ हजार २९६ र अन्य दुई ...
। प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरीका लागि कर्णाली प्रदेशमा १८ हजार १६४ जनाको आवदेन परेको छ । निर्वाचन प्रहरीका लागि कर्णाली प्रदेशबाट १० हजार ७५२ जना माग भएको छ । माग भएको भन्दा ७ हजार ४१२ जनाको बढी आवेदन परेको हो । सुर्खेत जिल्लामा नेपाल प्रहरीबाट १ हजार ६२८ जना सश्स्त्र प्रहरीमा २१२ जना कुल ...
। कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन् । मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार सर्लाहीबाट काठमाडौंतर्फ गइरहेको मधेश प्रदेश ०३–००१ च ६७२१ नम्बरको गाडी आज बिहान दुर्घटना हुँदा सर्लाहीको वरथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डलको मृत्यु ...
। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको बताएका छन् । बिहीबार मोरङ क्षेत्र नम्बर ६ सुन्दरहरैंचामा आयोजित पार्टी अगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा नेता कोइरालाले पार्टीलाई जोगाउनका लागि आफूले शान्त र सौम्य पक्षलाई रोजेको बताएका हुन् । प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी अघि बढिसकेको बताउँदै नेता कोइरालाले निर्वाचनले मुलुकलाई ...