मुख्य समाचार
निर्वाचन प्रहरीका लागि कर्णाली प्रदेशमा १८ हजार १६४ जनाको आवदेन परेको छ
निर्वाचन प्रहरीका लागि कर्णाली प्रदेशमा १८ हजार १६४ जनाको आवदेन परेको छ

। प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरीका लागि कर्णाली प्रदेशमा १८ हजार १६४ जनाको आवदेन परेको छ । निर्वाचन प्रहरीका लागि कर्णाली प्रदेशबाट १० हजार ७५२ जना माग भएको छ ।

माग भएको भन्दा ७ हजार ४१२ जनाको बढी आवेदन परेको हो । सुर्खेत जिल्लामा नेपाल प्रहरीबाट १ हजार ६२८ जना सश्स्त्र प्रहरीमा २१२ जना कुल १ हजार ८४० जना ‍‍माग हुदाँ ४ हजार १२८ जना नेपाल प्रहरी र २५० जना सश्स्त्र प्रहरी गरी कुल ४ हजार ३७८ जनाको आवेदन परेको छ ।


यस्तै गरी दैलेख जिल्लामा १ हजार ३७८ जना नेपाल प्रहरी १७९ जना सश्स्त्र प्रहरी गरी १ हजार ५५७ माग हुदाँ नेपाल प्रहरीतर्फ १ हजार ९४९ जना २ जना सश्स्त्र प्रहरी गरी कुल १ हजार ९५१ जनाको आवेदन परेको छ ।

जाजरकोट जिल्लामा ८८६ जना नेपाल प्रहरी र ९६ जना सश्स्त्र प्रहरी गरी कुल ९८२ माग हुदाँ १हजार ४१३ नेपाल प्रहरीमा र १७३ जना सश्स्त्र प्रहरी कुल १ हजार ४१५ जनाको आवेदन परेको छ ।




रुकुमपश्चिममा ५३ जना नेपाल प्रहरी र ९६ सश्स्त्र प्रहरी कुल ९४९ को माग हुदाँ १ हजार ३०२ नेपाल प्रहरी, ११३ जना सश्स्त्र प्रहरी गरी कुल १ हजार ४१५ आवेदनको परेको छ ।

सल्यान जिल्लामा १ हजार ३१० जना नेपाल प्रहरी र ९६ सशस्त्र प्रहरी गरी १ हजार ४०६ जनाको माग हुदाँ १ हजार ६९१ नेपाल प्रहरी र ११६ जना सश्स्त्र प्रहरी गरी कुल १ हजार ६०८ जनाको आवेदन परेको छ ।

कालिकोट जिल्लामा १ हजार १०२ नेपाल प्रहरी र ९६ जना सश्स्त्र प्रहरीको कुल १ हजार १९८ जनाको मागमा १ हजार ३२० नेपाल प्रहरी र १६७ सश्स्त्र प्रहरी गरी १ हजार ४८७ जनाको आवेदन परेको छ ।

यस्तै गरी जुम्ला जिल्लामा ८७८ जना नेपाल प्रहरी र ९६ जना सश्स्त्र प्रहरी गरी कुल ९७४ जनाको माग छ । भने १ हजार ८१८ जना नेपाल प्रहरी र ७६ जना सश्स्त्र प्रहरी गरी कुल १ हजार ९४ जनाको आवेदन परेको छ ।

मुगु जिल्ला ५० नेपाल प्रहरी र ४६ जना सशस्त्र प्रहरी कुल ६२६ माग छ । भने १ हजार १८० जना नेपाल प्रहरी र १०९ जना सश्स्त्र प्रहरी गरी १ हजार १ हजार २८९ जनाको आवेदन परेको छ ।

डोल्पा जिल्लामा ५७९ नेपाल प्रहरी र ४६ जना सश्स्त्र प्रहरी गरी ६२५ जनाको निर्वाचन प्रहरीको माग छ भने १ हजार ११५ नेपाल प्रहरी र १२६ जना सश्स्त्र प्रहरी गरी कुल १ हजार १४१ जनाको निर्वाचन प्रहरीमा आवेदन परेको छ ।

यस्तै गरी हुम्ला जिल्लामा ५४९ जना नेपाली प्रहरी र ४६ जना गरी कुल ५९५ जनाको निर्वाचन प्रहरी माग हुदाँ १ हजार २१६ जना नेपाल प्रहरीको निर्वाचन प्रहरीमा आवेदन परेको छ । भने सश्स्त्र प्रहरीतर्फबाट आवेदन गरेको छैन ।

यसरी सुर्खेत जिल्लामा निर्वाचन प्रहरी मागभन्दा २ हजार ५३८ बढी र दैलेख जिल्लामा माग भन्दा ३९४ जना र जाजरकोटमा ६०४ जना निर्वाचन प्रहरी बढी आवेदन दिएका छन् ।

भने यस्तै गरी रुकुम पश्चिम ४६६ जना बढी र सल्यानमा ४०१ बढी र कालिकोट जिल्लामा २८९ जना, जुम्ला जिल्लाबाट ९२० जना, निर्वाचन प्रहरी बढी आवेदन परेको छ ।

यस्तै गरी मुगु जिल्लाबाट ६६३ जना डोल्पा ५१६ जना र हुम्लाबाट ६२१ जना गरी कुल ७ हजार ४१२ जना निर्वाचन प्रहरी बढीले आवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जिल्ला प्रशासन कार्यालय डोल्पाले हातहतियार बुझाउन आग्रह गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय रुपमा सम्पन्न गराउन जिल्लाभित्र रहेका हातहतियार बुझाउन आग्रह गरेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जिल्लाभित्र इजाजत प्राप्त हातहतियार तथा खरखजाना २०८२ साल माघ १५ गतेभित्र जिल्ला ...
। झापाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार यसपटक थपिएका ५० हजार नयाँ मतदातासहित जिल्लामा सात लाख १३ हजार ५३७ मतदाता रहेका छन् । उनले क्षेत्र नम्बर ५ मा मात्र ८१ हजार ८१ पुरुष, ८२ हजार २९६ र अन्य दुई ...
। कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन् । मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार सर्लाहीबाट काठमाडौंतर्फ गइरहेको मधेश प्रदेश ०३–००१ च ६७२१ नम्बरको गाडी आज बिहान दुर्घटना हुँदा सर्लाहीको वरथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डलको मृत्यु ...
। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको बताएका छन् । बिहीबार मोरङ क्षेत्र नम्बर ६ सुन्दरहरैंचामा आयोजित पार्टी अगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा नेता कोइरालाले पार्टीलाई जोगाउनका लागि आफूले शान्त र सौम्य पक्षलाई रोजेको बताएका हुन् । प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी अघि बढिसकेको बताउँदै नेता कोइरालाले निर्वाचनले मुलुकलाई ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताको आयु लामो नहुने भन्दै आपराधिक क्रियाकलापमा संलग्नहरू कारबाहीको दायरामा आउनुपर्ने बताएका छन् । बिहीबार झापाको दमक-८ स्थित जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको कम्युनिस्ट नेता गगन पुरीको घर अवलोकनको क्रममा यस्तो बताएका हुन् । विध्वंश मच्चाउनेहरु कानुनी दायरामा आउने उनको भनाइ छ । ‘सधैं अराजकता कहाँ टिक्छ र, एक दिन त ...