मुख्य समाचार
जिल्ला प्रशासन कार्यालय डोल्पाले हातहतियार बुझाउन आग्रह
जिल्ला प्रशासन कार्यालय डोल्पाले हातहतियार बुझाउन आग्रह

। जिल्ला प्रशासन कार्यालय डोल्पाले हातहतियार बुझाउन आग्रह गरेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय रुपमा सम्पन्न गराउन जिल्लाभित्र रहेका हातहतियार बुझाउन आग्रह गरेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ।




जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जिल्लाभित्र इजाजत प्राप्त हातहतियार तथा खरखजाना २०८२ साल माघ १५ गतेभित्र जिल्ला प्रहरी कार्यालय डोल्पा वा नजिकैको प्रहरी चौकीमा बुझाउन आग्रह गरेको हो।

निर्वाचनको समयमा सम्भावित सुरक्षा जोखिम न्यूनीकरण गर्न यस्तो व्यवस्था गरिएको र सूचनाको अवज्ञा गरी हातहतियार नबुझाएमा हातहतियार खरखजाना ऐन, २०१९ तथा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही गरिने




डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेलले जानकारी दिए। आगामी निर्वाचनलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन सबै सरोकारवाला सबैको सहयोग आवश्यक रहेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयले तोकिएको समयसीमाभित्र सम्बन्धित सबैले हातहतियार बुझाउनसमेत आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। झापाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार यसपटक थपिएका ५० हजार नयाँ मतदातासहित जिल्लामा सात लाख १३ हजार ५३७ मतदाता रहेका छन् । उनले क्षेत्र नम्बर ५ मा मात्र ८१ हजार ८१ पुरुष, ८२ हजार २९६ र अन्य दुई ...
। प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरीका लागि कर्णाली प्रदेशमा १८ हजार १६४ जनाको आवदेन परेको छ । निर्वाचन प्रहरीका लागि कर्णाली प्रदेशबाट १० हजार ७५२ जना माग भएको छ । माग भएको भन्दा ७ हजार ४१२ जनाको बढी आवेदन परेको हो । सुर्खेत जिल्लामा नेपाल प्रहरीबाट १ हजार ६२८ जना सश्स्त्र प्रहरीमा २१२ जना कुल ...
। कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन् । मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार सर्लाहीबाट काठमाडौंतर्फ गइरहेको मधेश प्रदेश ०३–००१ च ६७२१ नम्बरको गाडी आज बिहान दुर्घटना हुँदा सर्लाहीको वरथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डलको मृत्यु ...
। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको बताएका छन् । बिहीबार मोरङ क्षेत्र नम्बर ६ सुन्दरहरैंचामा आयोजित पार्टी अगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा नेता कोइरालाले पार्टीलाई जोगाउनका लागि आफूले शान्त र सौम्य पक्षलाई रोजेको बताएका हुन् । प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी अघि बढिसकेको बताउँदै नेता कोइरालाले निर्वाचनले मुलुकलाई ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताको आयु लामो नहुने भन्दै आपराधिक क्रियाकलापमा संलग्नहरू कारबाहीको दायरामा आउनुपर्ने बताएका छन् । बिहीबार झापाको दमक-८ स्थित जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको कम्युनिस्ट नेता गगन पुरीको घर अवलोकनको क्रममा यस्तो बताएका हुन् । विध्वंश मच्चाउनेहरु कानुनी दायरामा आउने उनको भनाइ छ । ‘सधैं अराजकता कहाँ टिक्छ र, एक दिन त ...