मुख्य समाचार
भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानविन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप
भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानविन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप

— सरकारले २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानविन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ।

बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले यसका साथै सिद्धार्थ राजमार्ग बुटवल–पोखरा सडक खण्ड सुधार आयोजनाको तयारीका लागि एशियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गरेको बताए।

सञ्चारमन्त्रीका रुपमा रहेका जगदिश खरेलले राजिनामा दिएसँगै सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई नेपाल सरकारको प्रवक्ता तोकेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जिल्लाको तिलागुफा–९ भात्तडीस्थित स्याउ बगैंचामा आगलागी हुँदा चार जना कृषकका १ सय ३० रुख स्याउ र ८० रुख ओखरका बोट जलेका छन् । बिहीबार बिहान तिला नदीको किनाराबाट सल्किएको आगो गाल्जेपारिको पाखो हुँदै भात्तडीको स्याउ बगैंचामा पुगेर स्याउ, ओखर र २५ खात खर (सुख्खा घाँस)मा सल्किएको स्थानीय जितेन्द्रबहादुर शाहीले बताए । आगलागीबाट तिलागुफा–६ जुविथाका स्याउ बगैंचामा ...
— संखुवासभा-खाँदबारी नगरपालिकाभित्र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यसहित ‘लालीगुराँस पदमार्ग’ निर्माण सुरु गरिएको छ । खाँदबारी नगरपालिका–४ को छ्याङकुटीदेखि खाँदबारी–१० र ११ को सिमानामा पर्ने बतासेडाँडासम्म ९८ लाखको लागतमा साढे ११ किलोमिटर लामो पदमार्ग निर्माणको बुधबार औपचारिक शिलान्यास गरिएको हो । खाँदबारी नगरपालिकाका नगरप्रमुख महेश थपलियाले एक कार्यक्रमका बीच पदमार्ग निर्माणको शिलान्यास गरे । नगरप्रमुख ...
— मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ सानोगङ्टेमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार दिउँसो करिब २:०० बजेको समयमा विद्युत् ट्रान्सफर्मरमा काम गर्ने क्रममा करेन्ट लाग्दा मनहरी गाउँपालिका–५ बसन्तपुर निवासी अन्दाजी २७ वर्षीय निरज भन्ने आदर्श भट्टराई गम्भीर घाइते भएका थिए । उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको भट्टराईको दिउँसो २:४५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ...
— दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ अनारखोलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म १ त १०१३ नं को ट्याक्टर बिहीबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा परेर एकको घटनास्थलमै मृत्यु भएको र तीन जना घाइते भएका छन् । मृतक र घाइतेको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज ...
— निर्वाचनमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले १५ दिनभित्र हातहतियार बुझाउन आग्रह गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले अनुमति प्राप्त गरी घरमा राखेका त्यस्ता हातहतियार बुझाउन आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले बताए । पाल्पा जिल्लाभित्र व्यक्तिगत रुपमा ...