मुख्य समाचार
बंगलादेशले अर्को महिना हुने ट्वान्टी–२० विश्वकपका लागि भारत जान अस्वीकार
बंगलादेशले अर्को महिना हुने ट्वान्टी–२० विश्वकपका लागि भारत जान अस्वीकार

— बंगलादेशले अर्को महिना हुने ट्वान्टी–२० विश्वकपका लागि भारत जान अस्वीकार गरेको छ । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले बिहीबार यसको जानकारी गराउँदै प्रतियोगिताबाट आफ्नो टोलीको नाम हटाउने निश्चित गरेको हो ।

‘हाम्रो माग विश्वकप खेल्ने मात्र हो, तर भारतमा गएर होइन,’ बीसीबीका अध्यक्ष अमिनुल इस्लाम बुलबुलले पत्रकार सञ्चारकर्मीसँग भने । बंगलादेशले विश्वकपका आफ्ना खेलहरू श्रीलंकामा आयोजना गर्न गरेको अनुरोधलाई विश्व क्रिकेटको सर्वोच्च संस्था आईसीसीले अस्वीकार गरेको एक दिनपछि बीसीबीले यस्तो निर्णय गरेको हो ।

‘हाम्रो निर्णय परिवर्तन गर्ने कुनै सम्भावना नै छैन,’ बंगलादेशको अन्तरिम सरकारका युवा तथा खेलकुद हेर्ने सल्लाहकार असिफ नाजरुलले भने । ट्वान्टी–२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा आयोजना हुँदै छ । बंगलादेशले आफ्नो सबै खेल भारतीय सहर कोलकाता र मुम्बईमा खेल्दै छ । बंगलादेशको समूहमा इंग्ल्यान्ड, वेस्ट इन्डिजसहित नेपाल र इटाली रहेको छ । बंगलादेशसँग नेपालले फेब्रुअरी १८ मा मुम्बईमा खेल्ने कार्यक्रम थियो ।

बंगलादेशका तीब्र गतिका बलर मुस्ताफिजुर रहमानलाई भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को निर्देशनमा इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली कोलकाता नाइट राइडर्सले हटाएपछि यी दुई राष्ट्रबीचको विवाद बढेको थियो । यसअघि पनि आईपीएलको विभिन्न फ्रेन्चाइज टोलीबाट खेलिसकेका मुस्ताफिजुरलाई कोलकाता नाइट राइडर्सले डिसेम्बरमा १० लाख डलरमा अक्सनबाट लिएको थियो । तर भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को निर्देशनमा कोलकाताले रहमानलाई आफ्नो टोलीबाट हटाएको थियो ।

बंगलादेशमा अल्पसंख्यक समुदायमाथि चरम दमन भइरहेको पृष्ठभूमिमा भारतले यो निर्णय गरेको थियो । भारतीय मिडियाले यसको निकै बढाइचढाइ गरेको दाबी बंगलादेशको छ । तर रहमानलाई आईपीएलमा हटाउँदा ढाकामा आक्रोश उर्लिंदै आएको छ । यसै कारण जनाउँदै भारतमा खेल्दा आफ्नो टोली असुरक्षित हुने बंगलादेशको भनाई थियो ।


आईसीसीले बुधबार स्वतन्त्र सुरक्षा निकायले समेत बंगलादेश क्रिकेट टोलीलाई भारतमा कुनै खतरा नरहेको रिपोर्टका आधारमा श्रीलंकामा बंगलादेशको खेल सार्न नसकिने जनाइसकेको थियो । आईसीसीको बुधबार बसेको भर्चुअल बैठकले बंगलादेशलाई विश्वकपमा आफ्नो स्थिति सुनिश्चित गर्न २४ घन्टाको समय दिइएको थियो । अन्यथा अर्को टोलीलाई बंगलादेशको स्थानमा खेलाउने जानकारी गराएको थियो । उच्च वरीयताका आधारमा विश्वकपमा छनोट हुन नसकेको स्कटल्यान्डले बंगलादेशको स्थान लिने सम्भावना छ ।

भारतका लागि पनि यो ठूलो मुद्दा बन्न सक्नेछ । भारत २०३० को राष्ट्रमण्डल खेलकुद आयोजना गर्दै छ, जसले भारतको २०३६ मा ओलम्पिक आयोजना गर्ने महत्त्वाकांक्षामा सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।



‘बंगलादेश क्रिकेटलाई अत्यधिक मन पराउने राष्ट्र हो, यदि २० करोड जनताले विश्वकप हेरेनन् भने आईसीसीले ठूलो संख्यामा दर्शक गुमाउने छ,’ बीसीबी अध्यक्ष बुलबुलले भने, ‘क्रिकेट २०२८ को ओलम्पिकबाट पुनः प्रवेश गर्दै छ, ब्रिसबेन २०३२ को ओलम्पिकमा पनि हुनेछ र भारतले २०३६ को ओलम्पिक आयोजनाको दाबी गरिरहेको छ । यस्तो अवस्थामा बंगलादेश जस्तो क्रिकेट मन पराउने राष्ट्र नहुनु असफल हुनु हो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
नेदरल्यान्ड्स महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको सुपर सिक्समा
। सरकारले कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ । सहरी विकास मन्त्रालयले यो आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाम सूचीकृत गरेको हो । वर्तमान सरकारले असोज अन्तिम साता त्रिवि क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गर्दै नयाँ सम्झौताका लागि सरोकारवाला निकायलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद् बैठकले गुरुयोजना बमोजिम आवश्यक जग्गा प्राप्ति गर्न कानुन अनुसार त्रिवि, ...
। आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग भएको दोस्रो अभ्यास टी-२० खेलमा पनि हार बेहोरेको छ । बिहीबार कोल्ट्स मैदानमा भएको खेलमा नेपाल ७३ रनले पराजित भएको हो । श्रीलंका ‘ए’ ले दिएको २२३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४९ रन मात्र बनाउन सक्यो । नेपालका ...
। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले पनि इयू टी–२० लिग बेल्जियमका लागि नाम दर्ता गराएका छन्। सन्दीपले बुधबार आफ्नो नाम दर्ता गराएका हुन् । यसअघि अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पनि नाम दर्ता गराइसकेका छन् । युरोपियन टी–२० लिगको बेल्जियम संस्करण २०२६ मे ३० देखि जुन ७ सम्म आयोजना हुने तालिका छ। प्रतियोगितामा एन्टवर्प, ब्रुज, लुभेन, लियेज, गेन्ट ...
। छैटौं टाइगर कप भलिबलको खेलतालिका सार्वजनिक भएको छ । आयोजक टाइगर ग्रुप अफ पोखराले बुधबार टाइगर कपको खेलतालिका सार्वजनिक गरेको हो । यसअघि महिला र पुरुष दुवैमा ६-६ टोली सहभागी हुने भनिएकोमा खेलतालिका सार्वजनिक हुँदा महिलातर्फ ५ टोली मात्र सहभागी हुने भएको छ । एभरेस्ट भलिबल क्लबले नखेल्ने भएपछि महिलातर्फ ५ टोली मात्र सहभागी हुने भएका ...