मुख्य समाचार
बंगलादेशले अर्को महिना हुने ट्वान्टी–२० विश्वकपका लागि भारत जान अस्वीकार
बंगलादेशले अर्को महिना हुने ट्वान्टी–२० विश्वकपका लागि भारत जान अस्वीकार

— बंगलादेशले अर्को महिना हुने ट्वान्टी–२० विश्वकपका लागि भारत जान अस्वीकार गरेको छ । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले बिहीबार यसको जानकारी गराउँदै प्रतियोगिताबाट आफ्नो टोलीको नाम हटाउने निश्चित गरेको हो ।

‘हाम्रो माग विश्वकप खेल्ने मात्र हो, तर भारतमा गएर होइन,’ बीसीबीका अध्यक्ष अमिनुल इस्लाम बुलबुलले पत्रकार सञ्चारकर्मीसँग भने । बंगलादेशले विश्वकपका आफ्ना खेलहरू श्रीलंकामा आयोजना गर्न गरेको अनुरोधलाई विश्व क्रिकेटको सर्वोच्च संस्था आईसीसीले अस्वीकार गरेको एक दिनपछि बीसीबीले यस्तो निर्णय गरेको हो ।

‘हाम्रो निर्णय परिवर्तन गर्ने कुनै सम्भावना नै छैन,’ बंगलादेशको अन्तरिम सरकारका युवा तथा खेलकुद हेर्ने सल्लाहकार असिफ नाजरुलले भने । ट्वान्टी–२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा आयोजना हुँदै छ । बंगलादेशले आफ्नो सबै खेल भारतीय सहर कोलकाता र मुम्बईमा खेल्दै छ । बंगलादेशको समूहमा इंग्ल्यान्ड, वेस्ट इन्डिजसहित नेपाल र इटाली रहेको छ । बंगलादेशसँग नेपालले फेब्रुअरी १८ मा मुम्बईमा खेल्ने कार्यक्रम थियो ।

बंगलादेशका तीब्र गतिका बलर मुस्ताफिजुर रहमानलाई भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को निर्देशनमा इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली कोलकाता नाइट राइडर्सले हटाएपछि यी दुई राष्ट्रबीचको विवाद बढेको थियो । यसअघि पनि आईपीएलको विभिन्न फ्रेन्चाइज टोलीबाट खेलिसकेका मुस्ताफिजुरलाई कोलकाता नाइट राइडर्सले डिसेम्बरमा १० लाख डलरमा अक्सनबाट लिएको थियो । तर भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को निर्देशनमा कोलकाताले रहमानलाई आफ्नो टोलीबाट हटाएको थियो ।

बंगलादेशमा अल्पसंख्यक समुदायमाथि चरम दमन भइरहेको पृष्ठभूमिमा भारतले यो निर्णय गरेको थियो । भारतीय मिडियाले यसको निकै बढाइचढाइ गरेको दाबी बंगलादेशको छ । तर रहमानलाई आईपीएलमा हटाउँदा ढाकामा आक्रोश उर्लिंदै आएको छ । यसै कारण जनाउँदै भारतमा खेल्दा आफ्नो टोली असुरक्षित हुने बंगलादेशको भनाई थियो ।


आईसीसीले बुधबार स्वतन्त्र सुरक्षा निकायले समेत बंगलादेश क्रिकेट टोलीलाई भारतमा कुनै खतरा नरहेको रिपोर्टका आधारमा श्रीलंकामा बंगलादेशको खेल सार्न नसकिने जनाइसकेको थियो । आईसीसीको बुधबार बसेको भर्चुअल बैठकले बंगलादेशलाई विश्वकपमा आफ्नो स्थिति सुनिश्चित गर्न २४ घन्टाको समय दिइएको थियो । अन्यथा अर्को टोलीलाई बंगलादेशको स्थानमा खेलाउने जानकारी गराएको थियो । उच्च वरीयताका आधारमा विश्वकपमा छनोट हुन नसकेको स्कटल्यान्डले बंगलादेशको स्थान लिने सम्भावना छ ।

भारतका लागि पनि यो ठूलो मुद्दा बन्न सक्नेछ । भारत २०३० को राष्ट्रमण्डल खेलकुद आयोजना गर्दै छ, जसले भारतको २०३६ मा ओलम्पिक आयोजना गर्ने महत्त्वाकांक्षामा सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।



‘बंगलादेश क्रिकेटलाई अत्यधिक मन पराउने राष्ट्र हो, यदि २० करोड जनताले विश्वकप हेरेनन् भने आईसीसीले ठूलो संख्यामा दर्शक गुमाउने छ,’ बीसीबी अध्यक्ष बुलबुलले भने, ‘क्रिकेट २०२८ को ओलम्पिकबाट पुनः प्रवेश गर्दै छ, ब्रिसबेन २०३२ को ओलम्पिकमा पनि हुनेछ र भारतले २०३६ को ओलम्पिक आयोजनाको दाबी गरिरहेको छ । यस्तो अवस्थामा बंगलादेश जस्तो क्रिकेट मन पराउने राष्ट्र नहुनु असफल हुनु हो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम